Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

भेडिहारीमा परम्परा देखी लाग्दै आएको मेला अन्यौल

spot_img
spot_img

१० भदौ
पर्साको कालिकामाई गाउपालिका वडानम्बर २ भेडिहारीमा परम्परा देखी लाग्दै आएको मेला यस बर्ष ओझेलमा परेको छ । प्रत्येक बर्ष अष्टमी तिथीको सातौ दिन लाग्दै आएको मेला जनप्रतिनिधीको दोधारे चरित्रका कारण अन्यौल भएको हो । यहि भदौ ६ गतेका दिन गाउपालिका अध्यक्ष नथुनी कुश्वाहाको अध्यक्षतामा बसेको गाउ भेलाबाट मेला नलगाउने निर्णय गरेको थियो । बैठकमा गाउपालिका उपाध्यक्ष राजेश चौरसिया, वडाअध्यक्ष सोनालाल चौरसिया लगायत बिभिन्न पार्टीका अगुवा तथा भद्रभलादमीहरु मेला नगलाउन निर्णय गरेको थियो । अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षले सुरक्षाको अवस्था देखाउदै मेला नलगाउने निर्णय गरे तापनि आआफना पार्टीका कार्यकर्ता र अगुवाहरुलाई भित्री रुपमा निर्णय नमान्न संकेत दिए पछि निर्णय भएको भोली पटक भदौ ७ गते नै युवाहरु निर्णय बदर गर्न गाउ परिक्रमा गरी प्रदर्शन गरेका थिए । प्रदर्शनको समर्थन कि असमर्थन केही टुगो आज सम्म नलाग्दा यहि बिहिबार १२ गते मेला लाग्ने की नलाग्ने अन्यौलता बढेको छ । निर्णयमा मेला नलगाउने र मेला लगाउन पहल पनि नगर्ने निर्णय भएता पनि गाउघरमा झण्डामेलाको भित्रि रुपमा त्यारी दुबै तर्फ भईरहेको स्थानियवासीहरु बताएका छन । बाहिर पटि मेला नलगाउने निर्णयको हला छ भने भित्रि रुपमा मेलाको त्यारी भईरहेको र राती राती खेलतामासा साबिकको ४ वटा वडाहरुमा भईरहेको जनाईएको छ । न निर्णय फिर्ता भईरहेको छ न त मेलाको त्यारी र खेलतामासा गर्ने माथी कार्यवाही नै भईरहेको छैन । जनप्रतिनिधी अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षको दोधारे नितीले गाउमा अप्रिय दिन आउन सक्ने भएकोले त्यस माथी ध्यान जान जरुरी देखिएको भेडिहारीका बुद्धिजीवीहरु बताएका छन । सा्रेतका अनुसार एक ठाउमा मेला लगाउन सर्तका कारण गाउपालिका जनप्रतिनिीधीहरुले मेलालाई बन्द गर्न निर्णय गरेको बताएका छन । भने यता तिर गाउको उतरपटि र दक्षिणपटि २ वटा मेला लाग्ने भएका कारण सो निर्णयको खोजतलास नगरिएको सा्रेतोको दावी छ । पार्टीगत स्वार्थ पुरा हुने भएकोले मेला २ वटा लागे जनप्रतिनिधीहरु चुपचाप बस्ने भएका छन । यदि कोई गाउका भद्रभलादमी तथा अगुवाले एक ठाउमा मेला लगाउन फेरी पहल गरे मेला नलाग्ने सा्रेतको दावी छ । यस बिषयमा ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र सिंह संग बुझदा मेला लाग्ने कि नलाग्ने बिषयमा अहिले सम्म कुनै पनि जनप्रतिनिधी र स्थानिय अगुवा जानकारी नदिएको बताएका छन । जनप्रतिनिीधीहरुले सुरक्षाको कारण मेला एक ठाउमा नलाग्ने बताए पनि सुरक्षा दिने निकाय तथा प्रमुख सित सल्लाह नै नगरेको पोल खुलेको छ । सोही दिन सोही गाउमा एक ठाउमा नै मेला लाग्यो सबै भन्दा उतम हुने स्थानियवासीहरुको मांग छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...