Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

पर्सामा प्राम्भिक कक्षा पढाई कार्यक्रम संतोषजनक

spot_img
spot_img

१२ भदौ
पर्सामा संचालित प्राम्भिक कक्षा पढाई कार्यक्रममा पर्सामा संतोष गर्ने खाले सुधार देखिएको र यस कार्यक्रम अहिले धेरै सुधार गर्ने ठाउ रहेको जिल्ला समन्वय टिमका वक्ताहरुले निस्कर्ष निकालेका छन । बुधवार जिल्ला शिक्षा विकास समन्वय ईकाई पर्साको आयोजनामा बसेको बिरगंजको भिस्वा होटलको बैठकले यस्तो निस्कर्ष निकालेको छ ।

बैठकमा बिगतका दिनमा भएका प्रगती, समस्या र सुधार गरी अगाडी बढने कुरामा पनि छलफल गरिएको थियो । बिगत ३ महिनाको प्रगती र कामको बारेमा यस कार्यक्रमका जिल्ला संयोजक भरत सहनी र समाजिक संस्था जिल्ला समन्वय समितीका कार्यक्रम संयोजक नरेश गुप्ताले प्रस्तुतीकरण गरेका थिए ।

प्रस्तुतीमा आर्थिक बर्ष २०७५।०७६ को अवस्था, ३ महिनाको मुख्य उपलब्धी, ३६० बिधालयमा शिक्षक सामग्री बितरण, ३५६ जना प्रध्यानाध्यापकहरुलाई शिक्षक पेशागत सहयोग तालिम, ३४४ जना शिक्षक र अन्य १२ जनालाई तालिम दि दक्ष बनाइएको, प्रगतीको साथै ११५ बिधालयको बिधालय ब्यवस्थापन समिती गठन र ३३ बिधालयमा बाकी रहेको जनाइएको छ । यसै गरी १४ वटा पालिका मध्ये धोबिनी र जगरनाथपुर गाउपालिकाले रकम खर्च नै नगरी रकम फ्रिज भएको जनाएको छ भने पर्सागडीको रकम बिचाराधिन अवस्थामा रहेको प्रस्तुतीकरण गरिएको थियो ।

बुधवारको बैठकले जिल्ला समन्वय टिममा रिक्त रहेको २ वटा रिक्त पदलाई पदपुर्ती गर्ने निर्णय गरेको छ । शशिलता गीरी र जवाहर गुप्तालाई मनोनित गर्ने निर्णय गरेको हो । बैठकले अनुगमनलाई बिशेष प्राथमिक्तामा राख्दै , बिधालय ब्यवस्थापन समितीको अनुदानको प्रगती समन्बधमा बिशेष जोड दिएको छ । बैठक जिल्ला शिक्षा विकास समन्यव ईकाईका प्रमख फतबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको हो । बैठकमा ईकाईका हरि राउत कुर्मी, शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादव, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, शिक्षक अभिभावक संघका अध्यक्ष अमर गौतम लगायतका सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

वीरगंज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गरी जमरा राखेका छन् । यस अवसरमा नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको आह्वान गर्दै विधिपूर्वक...