Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

खातुनमाथि एसिड प्रहार गर्ने दोषीलाई कारवाहीको माग गर्दै युवाहरुले गरे प्रदर्शन

spot_img
spot_img

२० भादौ ।

कक्षा ९ मा अध्ययनरत छात्रा मुस्कान खातुनमाथि एसिड प्रहार गर्ने दोषीलाई कारवाहीको माग गर्दै वीरगञ्जका युवाहरुले प्रदर्शन गरेका छन् । उनलाई शुक्रबार बिहान ६स्३० बजे विद्यालय जाने क्रममा माजिद मिया हजामले एसिड प्रहार गरेका थिए ।

युवा नेता शेख मुन्नाको अगुवाइमा युवाहरुको एक समुहले वीरगञ्जको घण्टाघर चौकमा शुक्रबार दिउँसो प्रदर्शन गरेका हुन् ।
उनीहरुले एसिड पीडित खातुनको दोषीलाई कडा कारवाही गर्नु पर्ने, महिला दिदीबहिनीहरुको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, फरार दोषीलाई यथाशिघ्र पक्राउ गरी कारवाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शन पश्चात् आयोजित कोणसभामा बोल्दै समाजिक अभियान्ता ओम प्रकाश सरार्फले दोषीलाई हदैसम्म कारवाही हुनुपर्ने माग गरे । उनले प्रदेश २ मा प्रदेश सरकारले लागू गरेको ‘बेटी पढाउ बेटी बचाउ’ अभियान प्रभावकारी नभएका कारण महिला हिंसा बढ्दै गएको आरोप लगाए ।

अभियानको गलत नीतिका कारण अझै महिला, बालिका हिंसामा पर्दै गएको हुनाले प्रदेश सरकारले लागू गरेको ‘बेटी पढाउ बेटी बचाउ’ अभियानको नीति मै परिवर्तन गर्नुपर्ने उनले बताए ।
त्यस्तै राजपाकी महिला नेतृ रम्भा मिश्र, कांग्रेसकी सुस्मा तिवारी, देशभक्त लोकतान्त्रिक पार्टी जलेश्वर सरार्फ, समाजिक अभियान्ता मोनिका सिंह लगायतले एसिड प्रहार घटनाको कडा रुपमा निन्दा गर्दै दोषीलाई कारवारहीको माग गरे ।

घटनामा समलग्न वीरगञ्ज २ छपकैयाकै सम्साद मिया हजामलाई प्रहरीले पक्राउ गरी सकेको छ भने घटनाको मुख्य दोषी माजिद भने फरार रहेका छन् ।

फरार माजिदलाई पक्राउ गर्न प्रहरी परिचालन गरि सकेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...