Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

बहुदरमाईका आन्दोलित विद्यार्थीहरुद्वारा नगरपालिका कार्यालयमा तोडफोड

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाको वडा नं. ४ स्थित रहेको श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय डकैला बहुअरीका विद्यार्थीहरु आन्दोलित भएका छन । शिक्षकहरु पढाउन छाडे पछि अन्दोलनमा उत्रेका विद्यार्थीहरु मंगलबार नगरपालिका कार्यालयमा तोडफोड समेत गरेका छन ।

विद्यालयको समस्या बारे मेयर नितेन्द्र साह संग छलफल गर्न मंगलबार १२ बजे नगरपालिका कार्यालय विद्याथीहरु पुगेका थिए । नगरपालिका कार्यालयमा मेयर साह संग भेट नभए पछि र नगरापालिकाका शिक्षा तथा स्वास्थ्य शाखा हेर्ने शिक्षा संयोजक बिदुर उप्रेतीले मंगलबार समस्या सामाधान गर्न ११ बजेको समय दिए पनि नगरपालिका पुग्दा उनी पनि नभेटेका कारण आक्रोशित बिद्यार्थीहरु नगरपालिका कार्यालय अगाडी टायर बालेर प्रदर्शन गर्नुको साथै तोडफोडमा समेत गरेका थिए ।

बिधार्थीहरुले कार्यालमा प्रबेश गरी कुर्सी, टेबल, उपमेयरको नेम प्लेट, नगरपालिकाको बोर्ड, सिसि क्याम्रा लगायतका सरसमानहरु तोडफोड गरी क्षती पुर्याएको नगरपालिका कार्यालयले जनाएको छ । शिक्षक सेवा आयोगबाट नाम निकालेर आएका २ जना शिक्षकहरुलाई विद्यालयमा हाजीर पनि नगराएको र विद्यालयमा भएका स्थानिय शिक्षकहरु पढाउन छाडेकोले आफुहरु आन्दोलित भएको विद्याथीहरुले वताएका छन ।

यसका साथै शैक्षिक सत्र सुरु भएको ६ महिना सकन लाग्दा पनि हाल सम्म आफुहरु सबै किताब नपाएको, विद्यालयमा शौचालयको समस्या र कम्पयुटर भए पनि पढाई नभएका कारण आन्दोलित हुनु परेको विद्यार्थीहरुको भनाई छ । विद्यालय व्यवस्थापन समिति विहिन रहेका विद्यालयको थुप्रै समस्याको बारेमा विद्यालका प्रअ सुभाकर पण्डित लगायतकालाई जानकारी गराउदा पनि समस्या समधान नभएको विद्यार्थीहरुको गुनासो छ ।

नगरपालिकामा रहेका कर्मचारीहरु कार्यालय विद्यार्थीहरु तोडफोड गर्न थाले पछि कार्यालय छोडी फरार भएका थिए । घटना स्थल पुगेको प्रहरीले विद्यार्थीहरुलाई समझाई बुझाई विद्यायको समस्या विद्यालयमा समधान गर्न भनि लगे पछि स्थीती समान्य भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...