Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

घुस लिएको आरोपमा अख्तियारद्वारा वीरगन्जबाट एक प्रहरी पक्राउ

spot_img
spot_img

वीरगन्ज। जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले प्रहरी जवान गम्हीरा साह तेलीलाई सोमबार दिउसो पक्राउ गरेको हो । प्रहरी जवान गम्हीराले सेवाग्राहीसँग ५ हजार घुस लिइरहेको अवस्थामै रंगेहात पक्राउ परेको अख्तियारले जनाएको छ ।

वीरगञ्जको माईस्थान मन्दिर अगाडि रहेको भरत दही एण्ड स्वीट्स पसलमा सेवाग्राहीसँग जबरजस्ती घुस वापतको रकम असुली गरिरहेको विशेष सूचनाको आधारमा प्रहरी जवान गम्हीरालाई अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

पक्राउ परेको गम्भीरालाई स्थानिय वडा अध्यक्ष ध्रुव प्रसाद नेपालको रोहबरमा मुचुल्का उठाई घुसको रकमसहित आवश्यक अनुसन्धानको लागि आयोगको कार्यालय हेटौँडा लगिएको आयोगका शाखा अधिकृत कृष्ण सुवेदीले बताए ।

पक्राउ परेका प्रहरी जवान गम्भीरा जिल्ला प्रहरी कार्यालय पर्साको सहायता कक्षमा कार्यरत थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...