Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

अहिले भ्रष्टाचार गर्न चाहन्नु हुन्छ भने त्यो सम्भव छैन : जालिम मियाँ

spot_img
spot_img

वीरगंज । किशोरी सशक्तिकरणका लागी शिक्षा कार्यक्रम मंगलबार बिरगंजमा सम्पन्न भएको छ । दिब्य युवा क्लबको आयोजनामा वीरगंज लिंक रोड स्थित रहेको कुमु प्यालेस होटलमा भएको कार्यक्रम सम्पन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले गत र यस बर्षको काममा परिवर्तन देखिएन भने काम नगर्दा पनि हुने वताए । अहिलेको युगमा बसेर खान या भ्रष्टाचार गर्न चाहन्नु हुन्छ भने त्यो सम्भव नरहेको उनको भनाई थियो ।

उनले अहिलेको अवस्थामा ईमान्दारी र नयाँ खाले काम गरे मात्रै तपाईको र कुनै पनि निकायको फाईदा धारणा राखे । कार्यक्रममा कार्यक्रम संयोजक गणेशबहादु ठकुरीले कार्यक्रमको प्रगती, समस्या र चुनौतीको बारेमा प्रस्तुती गरेका थिए । सरोकारवालाहरुले किशोरी शिक्षाका लागी आ आफ्ना संघसंस्थाबाट के गर्न सक्छन भने प्रतिबद्धता पनि गरेका थिए ।

कार्यक्रम प्रमुख रामाकान्त पटेलको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्थाका छठु साह, पत्रकारको तर्फबाट निरजपिठाकोठे, जनस्वस्थ्य कार्यालयका प्रतिनिधि नवलकिशोर साह लगायतकाले मन्तब्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...