Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

संविधान दिवस पर्सामा पनि भव्यताको साथ मनाउने निर्णय

spot_img
spot_img

वीरगंज । पर्सामा यस बर्ष भब्यताको साथमा संबिधान दिवस मनाउने निर्णय गरिएको छ । जिल्ला समन्वय समिती पर्साका उपप्रमुख ठाकुर न्यौपानेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आश्विन २ गते सममपुर्ण सरकारी तथा गैरसरकारी संस्थाहरुको कार्यालय सरसफाई गर्ने, पर्साका निजी, सामुदायि तथा सरकारी बिधालयहरुमा २ गते र ४ गते विविघ कार्यक्रम गर्ने, नेपाल रेडक्रस सोसाईटीले आश्विन ४ गते बृहत रक्तदान गर्ने र असोज ३ गते बिभिन्न ठाउँबाट बाजागाजा र बैनर तथा जुलुसका सहित रैली गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटराईले बताए ।

बैठकमा बिरगंज महानगरपालिकाका मेयर बिजय सरावगी, नेपाली कांग्रेस पर्साका सभापति अजय द्धवेदी, नेकपाका प्रभु हाजरा पासवान, समाजवादी पार्टीका रामनरेश यादव, नेपाल रेडक्रस सोसाईटी प्रदेश नम्बर २ का अध्यक्ष फुलमहम्मद मियाँ, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्का लगायत बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...