Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

बी.पि. जयन्तीको अवसरमा तरुण दल पर्साद्वारा फलफुल बितरण

spot_img
spot_img

वीरगंज । १०६ औं बी.पि. जयन्तीको अवसरमा नेपाल तरुण दल पर्साले बुधबार एक कार्यक्रमका बिच फलफुल बितरण गरेको छ । वीरगंज महानगरपालिकाको वडा नं. २१ परवानिपुरमा अवस्थित आवर संसार नेपाल नामक अनाथ आश्रममा फलफुल तथा खद्यान सामाग्री वितरण गरिएको तरुण दल पर्साका सचिव विवेक चौरसियाले वताए ।

फलफुल वितरण कार्यक्रममा बिरगंज महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष हबिब मियाँ, तरुण दलका केन्द्रिय पार्षद हुकुम सिंह, नेपाली कांग्रेस बुथ सभापति अनिल श्रीवास्तव, तरुण दलका महाधिवेशन प्रतिनिधिहरु सहरुम राउत गद्दी, साबिर अहमद, जिल्ला सदस्यहरु मिकु सिंह, अमरेश सिङ, क्षेत्रीय अध्यक्ष फनिन्द्र पटेल, क्षेत्रीय उपाध्यक्ष म. आरिफ, महानगर उपाध्यक्ष जङ्बहादुर पटेल, क्षेत्रीय कोषाध्यक्ष श्याम चौधरी, धिरज पटेल, त्रीलोकी कुशवाहा लगायतका तरुण दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

तरुण दल पर्साका कार्यवाहक अध्यक्ष आनन्द चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव विवेक चौरसियाले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...