Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
Home Blog Page 1096

पाेखरियामा मध्य रातमा अागलगी

पाेखरिया, ७ कात्तिक । पोखरिया नगरपालिकाको वडा नं. ६, श्रीसियामा गए राति अागलगी भएकाे छ । अागलगीमा परि स्थानिय मोजाहिर मियाँँकाेे घर जलेर नष्ट भएकाे प्रहरीले जनाएको छ ।

विजुलीको सर्ट लागेर आगलगी भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नायब निरीक्षक प्रहलाद प्रसाद केशरीले वताए । राती १२ बजेको करिबमा भएको आगलगी स्थानिय, प्रहरी र पोखरिया नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।

बाईपास दैनिकका प्रकाशक दारुका माथि तेजाब प्रहार

बीरगंज ६ कार्तिक ।
बाईपास दैनिकका प्रकाशक तथा प्रबन्ध निर्देशक धिरेन्द्र कुमार दारुका माथि आज सांझ तेजाब प्रहार भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १० स्थित बाईपास दैनिकको कार्यालय तथा दारुका निवासमा प्रवेश गरी  मनिता सिंहले दारुका माथि सांझ तेजाब प्रहार गरेकी थिईन ।

तेजाब प्रहारबाट दारुकाको शरिरको अघिल्लो तथा पछाडीको भागमा जलेको छ । दारुकाको अवस्था खतरा मुक्त रहेको जनाईएको छ । यता तेजा प्रहार गर्ने महिला लाई निजको डेराबाटै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको महिला प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।

प्रदेश नंं. २ का मुख्य मन्त्रीलाई प्रचण्डको चेतावनी : ‘ओभरटेक’ गरे दुर्घटना हुन्छ

जनकपुरधाम, ६ कात्तिक । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संघीय सरकारलाई ‘ओभरटेक’ गरे मुलुकमा दुर्घटना हुने बताएका छन् । प्रदेश २ को सरकारले संघीय ऐन आउनु अघि प्रदेश प्रहरी ऐन ल्याएर मुलुकमा दुर्घटनाको निम्ता गरेको बताउँदै दाहालले भने, ‘मुख्यमन्त्रीजी ओभरटेक गर्न थाल्नुभयो भने दुर्घटनाको खतरा हुन्छ । दुर्घटना न निम्त्याउनुस्, तपाईंको मागप्रति म गम्भीर छु ।’

जनकपुरमा मंगलबार आयोजित नेकपाकाे शुभकामना आदानप्रदान तथा प्रदेश नं. २ काे पार्टी कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष दाहालले प्रदेश प्रहरी ऐनले राष्ट्रिय चर्चा पाएको बताए।

संविधानमा पहिले संघीय सरकारले प्रहरी ऐन ल्याउने भए पनि प्रदेश सरकारले पहिले प्रदेश प्रहरी ऐन ल्याए मुलुकमा दुर्घटना हुन सक्ने उनले सचेत गराए । ‘संघीयपछि त्यसअन्तर्गत प्रदेशले प्रहरी ऐन बनाउने प्रावधान छ’, दाहालले भने ‘मौलिक अधिकारसम्बन्धी जरुरी ऐन पारित गर्नुपरेकोले संघीय प्रहरी ऐन ल्याउन केही ढिलो भएको छ। ढिलो भयो भन्दैमा उछिनापाछिन गरी ओभरटेक गर्न मिल्दैन। ओभरटेक गरे दुर्घटना हुन्छ। ’

नेकपा अध्यक्ष दाहालले अलग मधेस बनाउन खोजिए मधेसीले धोखा पाउने बताए । ‘काठमाडौंबाट मधेस अलग गरी मधेसीको माग पूरा हुँदैन’ दाहालले भने, ‘विखण्डनले मधेसको माग पूरा हुँदैन ।’ विखण्डनले डाकाहरुको माग मात्र पूरा हुने उनले टिप्पणी गरे। विखण्डनले शत्रुको माग पूरा हुन्छ मित्रको माग पुरा हुँदैन उनले भने।

प्रभु साहको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेल, शिक्षा मन्त्री गिरी राजमणी पोखरेल, भौतिक पूर्वाधार तथायातायात मन्त्री रघुवीर महासेठ, प्रदेश नंं. २ का मुख्य मन्त्री लालबाबु राउत गद्दी लगायतको सहभागिता रहेको थियो ।

शसस्त्र प्रहरी द्वारा अबैध सामान तथा बलेरो जिप बरामद

वीरगंज, ५ कात्तिक ।
शसस्त्र प्रहरीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली ल्याउदै गरेको रु ३ लाख २७ हजार बराबरको कपडा, हार्डवयर र किराना सामान बरामत गरेको छ । शसस्त्र प्रहरी गुल्मबाट प्रहरी नायब उपरिक्षक तिलक बहादुर खड्काको कमाण्डमा खटिएको गाडी मोबाईल डियुटी टोलीले वीरगंज १६, रजतजयन्ती इलाकाबाट चेकजाच गर्ने क्रममा दुइटा मोटरसाइकल बोकी ल्याउदै गरेको सामान बरामत गरेको हो ।

बि.आर. २२ आई. सि. २२६२ हिरो हुण्डा र बा. १६ प. ९९७३ नम्बरको मोटरसाइकलमा लोड गरि पैठारी गरी ल्याउदै गरेको सामान विहान ७ बजेको समयमा बरामत गरिएको शसस्त्र प्रहरीले जनाएको छ । बरामत गरिएको सामान भन्सार कार्यालय वीरगंज बुझाएको प्रहरी नायब उपरिक्षक खड्काले वताए ।

यस्तै शसस्त्र प्रहरीले भारतिय नम्बरको एक थान बलेरो जिप समेत बरामद गरेको छ । बि.आर.९ जि. ४५४६ नम्बरको बलेरो जिप आज विहान ९ बजे वीरगंज १६, भन्सार मुल गेट एरियाबाट बरामत गरिएको शसस्त्र प्रहरीले जनाएको छ ।

मिति २०७५/५/२६ गते देखि मिति २०७५/५/२७ गते २ दिनको नेपाल प्रबेश प्रज्ञापनपत्र लिई उक्त अवधि देखि मिति २०७५/७/६ गते सम्म ४० दिन अबैध रुपमा नेपाल बसी भारत तर्फ जादै गर्दा उक्त स्थानमा गाडी मानिस भागेको अवस्थामा रु २० लाख बराबरको बलेरो जिप बरामत गरि भन्सार कार्यालय वीरगंज बुझाइएको खड्काले वताए ।

रौतहटमा मेला हेर्न गएकी किशोरीको सामूहिक बलात्कार

रौतहट, ६ कात्तिक ।  दशैंको अवसरमा मेला हेर्न गएकी एक किशोरीको सामूहिक बलात्कार भएको छ । गुजरा नगरपालिकाको मनर्वा टोलमा मेला हेर्न गएकी १७ वर्षकी किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ ।

पीडित युवतीले सोमबार साँझ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएकी छन् । राति मेला हेर्न जाँदा आफूलाई छिमेकी युवकले मोटरसाइकलमा राखेर घर पुर्‍याइदिने भन्दै नहरको डिलमा पुर्‍याएको र तीन जनाले बलात्कार गरेको उनले प्रहरीसामू बताएकी छन् ।

त्यही समूहले आफूलाई जंगलतर्फ लग्ने क्रममा भागेको उनले बताइन् । घटनामा संलग्न रहेका तीनै जना फरार छन् । घटनामा संलग्नहरुको खोजी भइरहेको र पीडित किशोरीको स्वास्थ्य परीक्षण गराइएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

पाेखरियामा आयोजित कुश्ती प्रतीयोगिता सम्पन्न

पोखरिया, ५ कात्तिक ।
पर्साकाे पाेखरियामा साेमबार कुश्ती प्रतीयोगिता सम्पन्न भएको छ । नवदुर्गा पूजा समिति पोखरियाद्वारा आयोजित प्रतियोगिता श्री रामदेव कलवार मावि परिसरमा भएको थियाे ।

प्रतियोगिता उद्घाटन प्रदेशसभा सदस्य मंजुर आलम र पोखरिया नगरका मेयर दीपनारायण रौनियारले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा पूर्व सांसद प्रद्युम्न चौहान, रामेश्वर रौनियार, उपमेयर सलमा खातुन, प्रमुख प्रशासकिय अधिकृत नथु साह, वडा अध्यक्ष लक्ष्मण ठाकुर लगायतको सहभागिता थियो ।

प्रतीयोगिताको फाइनल राउन्डमा भारतको पडौनाका बच्चन पहलवानले बनारसका मन्जित पहलवानलाई पराजित गरेका थिए । विजेता बच्चन पहलवानलाई पोखरियाका नागरिक अगुवा नौशाद आलमले १२ हजार नगद पुरस्कार प्रदान गरिएको स्थानिय दिनानाथ साहले वताए  ।

कालिकामाई गाउँपालिकाको वोर्ड बैठकमा जनप्रतिनिधिहरु विच हात हालाहाल

वीरगंज, ५ कात्तिक ।
कालिकामाई गाउँ कार्यपालिको बैठकमा आज हातपात भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७५/०७६ को गाउँ सभा सम्बन्धमा बसेको बैठकममा दुई पक्ष बिच भनाभन हुदा हातपात समेत भएको हो ।

गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहा र वडा अध्यक्ष संजय पटेल पक्ष विच हात हलाहाल भएको वताइएको छ ।

महिला सदस्यका श्रिमानलाई बैठकमा नवस्न अध्यक्ष नथुनि प्रसाद पक्षले अाग्रह गर्दा पनि नमानेपछि गाउँ कार्यपालिका सदस्य रञ्जिता देवि पासवानका पति कमलेश कुमार पासवान र वडा नं १ का वडा अध्यक्ष शिवनाथ प्रसाद कुर्मि विच हातपात भएकाे बैठक स्रोतले जनाएको छ ।

त्यस पक्षी तनाव पुर्ण बनेको बैठक स्थलमा गाउँपालिका अध्यक्ष कुशवाहा पक्षका वडा नं. १ का अध्यक्ष शिवनाथ राउत कुर्मी र वडा नं. ३ का अध्यक्ष संजय पटेल विच हात हलाहाल समेत भएकाे बुझिएको छ ।

दुई जनप्रतिनिधि बिच हात हलाहाल भए पक्षी बैठक स्थल गाउँ कार्यपालिकाको कार्यालय मुडली केही बेर तनाव पुर्ण बनेको थियो । सामान्य हातपात पछि मारपिट हुने ठुलाे झगडाकाे रूप लिने अवस्था सृजना भएको स्थानियहरुस्थानियहरुले बताए ।

नेपाल संघिय समाजवादी पार्टीबाट निर्वाचित अध्यक्ष कुशवाहाको पक्षमा नेपाली कांग्रेसबाट निर्वाचित गाउँ कार्यपालिका सदस्य गरी ६ जना रहेका छन भने संघिय समाजवादी फोरम नेपालबाट निर्वाचित ७ जना गाउँ कार्यपालिका सदस्य एक पक्षमा रहेका छन ।

यस भन्दा पहिला पनि यहि विषयमा छ्लफल गर्न ४ पटक बोर्ड बैठक बसिसकेको छ तर विवाद कै कारण कुनै पनि निर्णय हुन सकेको छैन ।

जगरनाथपुरमा एकल महिलाको घरमा आगलगी, एक दर्जन पशु चौपया जलेर नष्ट

वीरगंज, ५ कात्तिक ।
पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं. २, पाण्डेपुरमा आइतबार राती आगलगी भएको छ । लामखुट्टे धपाउन बालिएको आगो सल्केर भएको आगलगीमा स्थानिय एकल महिला रमावती देवीको घर पूर्ण रुपले जलेर नष्ट भएको छ ।

आगलगीमा परी एक दर्जन जति पशु चौपया जलेको प्रहरीले जनाएको छ । राती २ बजेको करिबमा भएको आगलगीमा परी भैसी २ ओटा, बाख्रा १ ओटा, खसी २ ओटा र कुखरा ५ वटा जलेको प्रहरी चौकी पाडेपुरका प्रहरी सहायक निरिक्षक बिशुनदेव यादवले वताए ।

यस्तै घरमा रहेको धान, चामल, कपडालता पनि जलेर नष्ट भएको पिडितले वताएका छन । आगलगीमा परी करिब दुई लाख ५० हजार बराबारको क्षति भएको प्रहरीले जनाएको छ ।

आधुनिक होटल अन्नपुर्ण आइतबार देखि संचालनमा

0

प्रणय साह/वीरगंज,५ कात्र्तिक ।
वीरगंज विर्ता बजार नजिकै ७ करोडको लागतमा बनेको छ ।नवनिर्मित आधुनिक होटल अन्नपुर्णको कात्तिक ४ गते आइतबार होटलका संचालकका मातापिता बाट उदघाटन भएको छ ।

विगत दुई वर्ष देखी सो होटलका काम पछिलो एक महिनामा भएपनि आर्को महिना उदघाटन् भएको छ ।१५ धुरी जग्गामा निर्माण भएको ६ तल्ला होटलमा करीब २० वटामा एसी आरामदायी कोठा,दुईवटा छुटाछुटै रेस्टुरेन्ट तथा सेमिनार हल रहेको छ ।भुइँतल्लामा पार्किगं र होटलमा लिफ्ट रहेको छ ।

होटलको नामाकरण भने होटलका संचालकका माताकोनाम बाट होटल अन्नपूर्ण भनेर नामाकरण गरिएको छ । वीरगंजमा तीन तारे होटल भिस्वा,एक तारे मकालु लगायत करिव ४० वटा होटल रहेका छन् ।होटल अन्नपूर्णको उदघाटनमा सँगैं होटलमा ३५ जना रोजगारी पाउने र थ्री स्टार होटल को जस्तै सेवा उपलब्ध गराउने होटलका संचालक आनन्द चौरसीयाले बताए ।

दशैंको मोउका छोपी झिझिया प्रतियोगीता समपन्न

प्रेम नारायण यादव

बारा ४ कात्तिक ।
बारा जिल्लाको परवानीपुर गाउँपालिकामा दशैंको मोउका छोपी कात्तिक ४ गते आइतबार झिझिया प्रतियोगीता समपन्न भएको छ । परवानीपुर गाउँपालिका दृारा आयोजीत कार्यक्रममा बारा र धनुषाको २९ जना किशोरी तथा महिलाहरुको समुह सहभागीता रहेको थियो । सबै समूहबाट तराई तथा मदेशमा लोप हुदैं गरेको संस्कृती झिझिया र जाटजटिन नृत्य प्रदर्शन गरेका थिए ।प्रतियोगीतामा लिपनी ,परवानीपुर ,चैनपुर बुनियाद,रामपुरटोकनी,हेरिटेज इगंलिस बोर्डिगं स्कुल सहभागी रहेको थियो ।

तराई का बिभिन्न जिल्लाहरुमा मधेशी किशोरी तथा महिलाहरु प्रतिभावान रहेपनि अवसर तथा मञ्च नपाएर सो क्षेत्रका रहेका कला प्रतिभाले स्थान नपाएको वक्ताहरुबाट मन्तव्य व्याक्त गरेका थिए ।

कायक्रमको सभापतित्व तथा सहजीकरण परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण रौनियारको गरेका थिए भने कार्यक्रममा प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल,जिल्ला समन्वय समितिका सभापति नवलकिशोर सिंह वडा अध्यक्ष गजेन्द्र पटेललगाएतको सहभागीता रहेको थियो ।प्रतियोगीताको नतिजा अनुसार सरस्वती स्कुल पहिलो , रामपुरटोलीको प्रिती कुमारको समुह दोस्रो,बहुअरीको हेरी टेज स्कुल तेस्रो भएको थियो ।

प्रथम समुहले २० हजार,दिृतीयाले १५ हजार,तृतीयले १० हजार तथा हरेक सहभागीले ४ ४ हजारको दरले पुरस्कार दिएका थिए ।