Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

मुलुकमा सम्बृद्धि ल्याउँन राजासहित हिन्दुराष्ट्र हुनै पर्छ —बक्ताहरु

spot_img
spot_img

वीरगन्ज । राजतन्त्र ल्याउँ देश बचाउँ भन्ने नाराका साथ राजसंस्था पुनरस्थापना संघर्ष समिति नेपालले वीरगन्जमा हिन्दुराष्ट्र र राजसंस्थाको महत्व बिषयक खुल्ला अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

वीरगन्जको घण्टाघरचौकमा आयोजित अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले मुलुकमा हिन्दु राष्ट्रसहित राजसंस्था स्थापना नभएर सम्बृद्धि राष्ट्र बन्न नसक्ने दावी गरेका छन ।

अहिले मुलुकमा राजाको आवश्यकता, राजा विना देशमा सम्बृद्धि हुनै सक्दैन, जेष्ठ नागरिक एवं समाजसेवी पशुपति विक्रम शाहले भने, नेताहरुले आफनो र आफनो परिवारको सम्बृद्धि तर्फ लागेका छन जनताको होईन ।

अहिले जतातै हत्याहिंसा, भ्रष्ट्रचार, बलात्कार, एसिड जस्ता जघन्य अपराधको बृद्धि भईरहेको हुदाँ पनि सरकारले आँखामा पट्टी हालेर बसेको छ । बलात्कारी, भ्रष्ट्रचारी, हत्याहिंसा जस्ता अपराध गर्ने अपराधीहरु सरकारकै संरक्षणमा छन, यसले मुलुकमा शान्ति स्थापना हुदैन, देश सम्बृद्धि तर्फ पनि जान सक्दैन त्यसैले अहिलेको आवश्यकता राजा र हिन्दुराष्ट्र हुनै पर्छन उनले भने ।

कार्यक्रममा नेपाल राष्ट्रवादी समृहका विरेन्द्र थापाले होली वाईन खाएर ल्याएको सविधान नेपाली जनताको हितमा रहेको दावी गरे । उनले भने, विदेशीको ईसारामा हिन्दुराष्ट्र र राजसंस्था समाप्त गर्नको लागि नै २०४७ सालको सविधान खारेज गरेर होली वाईन खाएर गणतन्त्रवादी सविधान ल्याएका छन जुन नेपाली जनताको हितको लागि होइन नेताहरुको हितमा मात्र छ ।

हामी नेपाली हौं, गणतन्त्रको नाममा नेपाललाई टुत्रिन दिदैनौ, उनले भने, अखण्ड नेपाल र राजा सहितको हिन्दु राष्ट्र स्थापनाको निम्ती आफनो प्राण समेत त्याग्न तयार छौ । अहिले नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल(प्रचण्ड)ले राजा विरुद्ध दिएको बयान प्रति घोर आपत्ती जनाउँदै राजा विरुद्ध केहि कदम चाले प्रचण्डलाई गोली समेत मार्ने चेतावनी समेत दिए ।

संघर्ष समितिका उपाध्यक्ष राजकिशोर चौवेको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा समाजसेवी राम बहादुर थापा, शिवंशकर कुशवाहा, अध्यानन्द प्रसाद कलवार, विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य पृथ्वी झा, नागरिक संघर्ष समितिका अंचल संयोजक सतार अंसारी, विद्धवत परिषद पर्साका अध्यक्ष्ाँ रामनारायण साह लगायतले सम्बोधन गर्दै हिन्दुराष्ट्र र राजसंस्था अहिलेको अपरिहार्य भएको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...