Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

सुरक्षा निकायको प्रभावकारी परिचालनको माग राख्दै किशोरीहरुद्वारा ज्ञापन

spot_img
spot_img

वीरगंज । बढ्दो हत्या, हिंसा र बलात्कारका विरुद्ध बुधबार वीरगंजमा किशोरीहरुले जनचेतना तथा खबरदारी र्याली निकालेका छन । बारा, पर्साका संवाद र सञ्जालका किशोरीहरुको आयोजनामा वीरगंजको घण्टाघरबाट निकालिएको र्याली वीरगंज बजार क्षेत्रको परिक्रममा पक्षि पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो ।

“समृद्धिका लागि लैंगिक हिंसा अन्त्य गरौं, बालबालिका, किशोरी तथा महिला मैत्री समाजको निर्माण गरौं” नारा लेखिएको व्यानरमा निस्केको र्यालीमा बारा, पर्साका सयौं किशोरीहरुको सहभागिता रहेको थियो ।

raily_kalikatimes

कोण सभा सम्पन्न पश्चात किशोरीहरु जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाराई मार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको थियो । वीरगंजका मुस्कान माथी एसिड आक्रमण र रौतहटकी संजुु देवीको दाइजको कारण हत्या भएको लगायतको घटना हुन नदिन सुरक्षा निकायको प्रभावकारी परिचालनको माग राख्दै किशोरीहरुले ज्ञापन पत्र बुझाएका हुन ।

gayapanpatra_kalikatimes

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...