Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

एक लाख घुस लिदै गरेको अवस्थामा वीरगन्जबाट प्रधानाध्यापक सहित ६ जना पक्राउ

spot_img
spot_img

वीरगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले वीरगन्जबाट प्रधानाध्यापक सहित ६ जनालाई पक्राउ गरेको छ।

अख्तियारको टोलीले एक लाख घुस रकम सहित वीरगन्ज ८ घण्टाघर स्थित गजुरेल गल्लीमा रहेको चिया पसलबाट वीरगन्ज ३१ वेल्वा प्रसौनीमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सचिन्दर कुमार कापर सहित ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा विद्यालयका सहायक प्रधानाध्यापक बारा परवानीपुर गाउँपालिका वडा नम्बर १ का मनिर मियाँ, शिक्षक जितपुर सिमरा नगरपालिका वडा नम्बर १० का सुरेश महतो, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू वीरगन्ज ३१ वेल्वाकै ईलियास मियाँ अन्सारी, सदिया खातुनका श्रीमान् जमिल मियाँ र नजमुदिन मियाँ देवान रहेका छन्।

विद्यालयले गणित शिक्षकको लागि करारमा नियुक्त गर्न विज्ञापन निकालेको थियो । तर अनुदानको कोटामा समेत नियुक्त गर्न एक जनासँग १ लाख घुस रकम लिएको अवस्थामा रंगेहात पक्राउ गरेको आयोग हेटौडाका अधिकृत नर बहादुर चन्दले बताए।

पक्राउ परेका ६ जनालाई आवश्यक अनुसन्धानको लागि हेटौडा लगेको अख्तियारले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...