Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

पूर्वधार विना हतारमा पर्सा जिल्ला खुल्ला दिसामुक्त घोषणा

spot_img
spot_img

वीरगंज । पूर्वधार विना नै पर्सा जिल्ला खुल्ला दिसामुक्त घोषणा भएको छ । नेपालको ७० औं खुला दिसामुक्त जिल्लाको रुपमा पर्सा जिल्लालाई शानिबार खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

वीरगन्जको नगर सभा गृहमा शनिवार जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति पर्साले आयोजना गरेको कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले पर्सा जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेका हुन् ।

घोषणा सभालाई सम्बोधन गर्दै मुख्य मन्त्री गद्दीले खुल्ला दिसामुक्त जिल्ला घोषणा भए पछि पनि सडक दिसापिसाब गर्नेलाई सोच्नु पर्ने वताए । जिल्लामा केही घरदुरी वाहेक शौचालय बनाउन सबैको सामर्थ रहेको वताउदै उनले सामर्थ नभएकाको लागि स्थानिय सरकारले शौचालय बनाईदिन आग्रह गरे । स्थानिय तहका प्रमुखहरुले गर्न नसकेको अवस्थामा आफु बनाईदिने मुख्य मन्त्री गद्दीको भनाई थियो ।

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले नेपाल सरकाले खुल्ला दिसामुक्त गर्न हतार गरेको वताए । कुनै ठाउँमा सार्वजनिक शौचालय नभएकोले खुल्ला दिसामुक्त घोषणा गर्न हतार भएको धारणा राखे । खुल्ला दिसामुक्त क्षेत्र घोषणा भए पछि ठाउँ ठाउँमा सार्वजनिक शौचालय नभएको अवस्थामा शौच गर्न कठिनाई हुने उनको भनाई थियो ।

जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति पर्साका अध्यक्ष नेक महम्मद अन्सारीको अध्यक्षतामा भएको घोषणा सभामा पर्सा क्षेत्र नम्बर ३ का निलम्बित सांसद हरिनारायण रौनीयार, प्रदेश सभा सदस्यहरु करिमा बेगम, जन्नत अन्सारी, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी, उपप्रमुख शान्ति कार्की, नेकपा प्रभु हजरा पासवान, युएनहैविटेन्टका माधव बराल, युनिसेफका बोधनारायण श्रेष्ठ, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटराई, प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, जिल्लाका पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायतको उपस्थिति थियो । कार्यक्रममा नेपाली कांगेसको कुनै पनि नेता अथवा प्रतिनिधिको सहभागिता रहेको थिएन । यस अघि वीरगन्जको घण्टाघर चोकबाट रयाली पनि निकालिएको थियो ।

सोही कार्यक्रममा वीरगंज महानगरपालिकालाई पनि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो । महानगरपालिकाको वडा नं. १, १५, १९, २५, २३ र २७ सहित महानगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गिरियो । मेयर सरावगीले ६ वटा वडालाई खुल्ला दिसामुक्त घोषणा गर्नुको गर्दै सम्बन्धीत सबै वडालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको प्रमाण प्रत्र प्रदान गरेका थिए ।
पर्सा जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषणा भए पनि जिल्ला अन्तर्गतका सबै घरदुरीमा शौचालय नरहेको र धेरै जसो सडकमा अझै पनि खुल्ला रुपमा स्थानियहरुले दिसापिसाब गर्ने गरेका छन ।

यसकै साथै वीरगंज महानगरपालिकाको घण्टाघर वाहेक पर्साको कुनै ठाउँमा एउटा पनि सार्वजनिक शौचालय छैन । लामो समय देखी खुल्ला दिसामुक्त अभियान संचालन भए पनि र अभियानमा मोटो रकम खर्च भए पनि एउटा पनि सार्वजनिक शौचालय निर्माण हुन सकेको छैन । यसका साथै प्रदेश सरकारले सरसफाई स्वच्छता अभियान संचालन गरे ता पनि एउटा सार्वजनिक शौचालय निर्माण गर्न सकेको छैन । ठाउँ ठाउँमा सार्वजनि शौचालय विनाको खुल्ला दिसामुक्त जिल्ला घोषणाले समस्या हुने र लागु गर्ने कठिनाई हुने बुद्धिजिविहरु वताउँछन । पूर्वधार विना नै हतारमा खुल्ला दिसामुक्त घोषणा भएको उनीहरुको बुझाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...