Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

पूर्वधार विना हतारमा पर्सा जिल्ला खुल्ला दिसामुक्त घोषणा

spot_img
spot_img

वीरगंज । पूर्वधार विना नै पर्सा जिल्ला खुल्ला दिसामुक्त घोषणा भएको छ । नेपालको ७० औं खुला दिसामुक्त जिल्लाको रुपमा पर्सा जिल्लालाई शानिबार खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

वीरगन्जको नगर सभा गृहमा शनिवार जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति पर्साले आयोजना गरेको कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले पर्सा जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेका हुन् ।

घोषणा सभालाई सम्बोधन गर्दै मुख्य मन्त्री गद्दीले खुल्ला दिसामुक्त जिल्ला घोषणा भए पछि पनि सडक दिसापिसाब गर्नेलाई सोच्नु पर्ने वताए । जिल्लामा केही घरदुरी वाहेक शौचालय बनाउन सबैको सामर्थ रहेको वताउदै उनले सामर्थ नभएकाको लागि स्थानिय सरकारले शौचालय बनाईदिन आग्रह गरे । स्थानिय तहका प्रमुखहरुले गर्न नसकेको अवस्थामा आफु बनाईदिने मुख्य मन्त्री गद्दीको भनाई थियो ।

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले नेपाल सरकाले खुल्ला दिसामुक्त गर्न हतार गरेको वताए । कुनै ठाउँमा सार्वजनिक शौचालय नभएकोले खुल्ला दिसामुक्त घोषणा गर्न हतार भएको धारणा राखे । खुल्ला दिसामुक्त क्षेत्र घोषणा भए पछि ठाउँ ठाउँमा सार्वजनिक शौचालय नभएको अवस्थामा शौच गर्न कठिनाई हुने उनको भनाई थियो ।

जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति पर्साका अध्यक्ष नेक महम्मद अन्सारीको अध्यक्षतामा भएको घोषणा सभामा पर्सा क्षेत्र नम्बर ३ का निलम्बित सांसद हरिनारायण रौनीयार, प्रदेश सभा सदस्यहरु करिमा बेगम, जन्नत अन्सारी, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी, उपप्रमुख शान्ति कार्की, नेकपा प्रभु हजरा पासवान, युएनहैविटेन्टका माधव बराल, युनिसेफका बोधनारायण श्रेष्ठ, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटराई, प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, जिल्लाका पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायतको उपस्थिति थियो । कार्यक्रममा नेपाली कांगेसको कुनै पनि नेता अथवा प्रतिनिधिको सहभागिता रहेको थिएन । यस अघि वीरगन्जको घण्टाघर चोकबाट रयाली पनि निकालिएको थियो ।

सोही कार्यक्रममा वीरगंज महानगरपालिकालाई पनि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो । महानगरपालिकाको वडा नं. १, १५, १९, २५, २३ र २७ सहित महानगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गिरियो । मेयर सरावगीले ६ वटा वडालाई खुल्ला दिसामुक्त घोषणा गर्नुको गर्दै सम्बन्धीत सबै वडालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको प्रमाण प्रत्र प्रदान गरेका थिए ।
पर्सा जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषणा भए पनि जिल्ला अन्तर्गतका सबै घरदुरीमा शौचालय नरहेको र धेरै जसो सडकमा अझै पनि खुल्ला रुपमा स्थानियहरुले दिसापिसाब गर्ने गरेका छन ।

यसकै साथै वीरगंज महानगरपालिकाको घण्टाघर वाहेक पर्साको कुनै ठाउँमा एउटा पनि सार्वजनिक शौचालय छैन । लामो समय देखी खुल्ला दिसामुक्त अभियान संचालन भए पनि र अभियानमा मोटो रकम खर्च भए पनि एउटा पनि सार्वजनिक शौचालय निर्माण हुन सकेको छैन । यसका साथै प्रदेश सरकारले सरसफाई स्वच्छता अभियान संचालन गरे ता पनि एउटा सार्वजनिक शौचालय निर्माण गर्न सकेको छैन । ठाउँ ठाउँमा सार्वजनि शौचालय विनाको खुल्ला दिसामुक्त जिल्ला घोषणाले समस्या हुने र लागु गर्ने कठिनाई हुने बुद्धिजिविहरु वताउँछन । पूर्वधार विना नै हतारमा खुल्ला दिसामुक्त घोषणा भएको उनीहरुको बुझाई छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...