Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

बिन्दवासिनी गापा बिरोधका विच खुल्ला दिसामुक्त घोषणा

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका बिरोधका बिच पनि शुक्रबार खुल्ला दिसामुक्त घोषणा भएको छ । गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुको अध्यक्षतामा रामसवरुप रामपृत चौरसिया माध्यमिक विद्यालय कमपाउन्ड भित्र भएको कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका संयोजक नेकमहम्मद अंसारीले खुल्ला दिसामुक्त गाउँपालिका घोषणा गरे ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुजित साह, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि शाखा अधिकृत प्राणा मेहता, वडा नं. १ वडाध्यक्ष सगिर मियाँ, २ का अध्यक्ष संजय चौहान, ३ का सलमा खातुन लगायतकाको सहभागिता रहेको थियो ।

विद्यालय कमपाउन्ड भित्र घोषणा सभा भईरहदा बाहिर स्थानिय जनताहरुले घोषणाको बिरोध गरि रहेका थिए । कार्यक्र स्थल बाहिर सयौंको संख्यामा जम्मा भएका स्थानियहरुले शौचालय विनाको ओ.डि.एफ. किन र कसरी ?, कागजमा ओडिएफ घोषणा गर्ने जनप्रतिनिधि मुर्दाबाद, पूर्वाधार विनाको ओडिएफ मान्य छैन लगायतको नारा लेखिएको प्लेकार्ड सहितको प्रदर्शन गर्दै थिए ।

प्रदर्शन गर्नेहरु कार्यक्रम स्थल भित्र प्रबेश गर्न खोज्दा बाक्लो संख्यामा रहेको प्रहरीले रोकन खोज्दा केही बेर तनाव समेत सृजना भएको थियो । पछि प्रहरीले बल प्रयोगे प्रदर्शन गर्नेहरुलाई कार्यक्रम स्थलबाट हटाई विद्यालयको गेट बन्द गरी कार्यक्रम गराएको थियो । विद्यालय प्राङ्गण भित्र घोषणा सभा भइरहदा बाहिर टायर बालेर प्रदर्शन समेत भएको थियो ।

गाउँपालिकाको वडा नं. ४ र ५ पहिला नै खुल्ला दिसामुक्त घोषणा भइसकेको छ भने शुक्रबार वडा नं. १, २ र ३ सहित गाउँपालिका समेतलाई एकै ठाउँमा घोषणा गरिएको हो । तिन वटा वडालाई एकै ठाउँमा खुल्ला दिसामुक्त घोषणा नगरी अरु ठाउँमा भए जस्तै प्रत्येक वडामा गर्नु पर्ने स्थानिय जगत साह कानुले वताए ।

अझै ३ सय जति घरमा शौचालय छैन
खुल्ला दिसामुक्त घोषणा भएको वडा नं. १, २ र ३ मा अझै पनि ३ सय जति घरदुरीमा शौचालय नरहेको स्थानियहरुले वताएका छन । यसका साथै गाउँपालिका अन्र्गत पर्ने झौवा देखी पूर्व र पश्चिम पट्टिको मुल सडकमा, गर्दौल देखी बहुअर्वा जाने बाटोमा, गर्दौलको दक्षिण तर्फको गाउँको मुल सडकमा, प्रसौनीको मुल सडकको पश्चिम पट्टी र हांसवाको पूर्व तिरको सडकमा समेत अझै पनि पहिला जस्तै दिसा देख्न सकिन्छ भने मुख थुनेर सडक भएर आवतजावत गर्ने अवस्था रहेको स्थानिय अरबिन्द चौरसियाले वताए ।

घोषणा सभा बारे उपाध्यक्ष सहित वडाध्यक्षलाई समेत जानकारी गराईएन
घोषणा सभा बारे गाउँपालिका उपाध्यक्ष लगायत २ वडाध्यक्षलाई समेत जानकारी गराइएको थिएन । गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ता, वडा नं. ४ का वडाध्यक्ष अनोज कुमार चौरसिया र वडा नं. ५ का वडाध्यक्ष सुकदेव राउत अहिरले आफुहरुलाई कार्यक्रम बारे कुनै जानकारी नभए कारण आफुहरु घोषणा सभामा सहभागि नभएको वताए । वडा सदस्यहरुलाई घोष्णा सभामा सहभागि हुन चिठी आए पनि आफुहरुलाई मौखिक जानकारी समेत नगराइएकोले आफुहरु कार्यक्रममा सहभागि नभएको वडा नं. ४ का वडाध्यक्ष चौरसियाले वताए । घोषणा सभाको नाममा मोटो रकम हिनामिना गर्न गाउँपालिका अध्यक्षले एकलौटी गरेको कार्यक्रम सहभागि नभएका जनप्रतिनिधिको आरोप समेत रहेको छ । यस्तै गाउँपालिकाको विभिन्न वडामा खुल्ला दिसामुक्त अभियान संचालन गर्ने गैर सरकारी संस्थाकाहरुलाई पनि घोषणा सभा बारे कुनै जानकारी गराइएको थिएन भने कार्यक्रममा सहभागि हुन निमन्त्रणा समेत नगरिएको वताइएको छ ।

अभियानमा लागेकाहरुलाई सम्मानित नगरी आसपासेलाई गरियो
खुल्ला दिसामुक्त अभियानमा लामो समय देखी लागेकाहरुलाई कार्यक्रममा सम्मानित नगरी आसपासे पार्टीका कार्यकर्तालाई मात्र सम्मानित गरिएको छ । अभियानमा लागेका गैर सरकारी संस्था, स्वयंसेविका, सामाजिक परिचालक लगायतकालाई समानित नगरी गाउँपालिका अध्यक्ष र ३ वटै वडाध्यक्षको नजिकका केही व्यक्तिलाई सम्मानित गरिएको वताइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...