Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

बिन्दवासिनी गापा बिरोधका विच खुल्ला दिसामुक्त घोषणा

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका बिरोधका बिच पनि शुक्रबार खुल्ला दिसामुक्त घोषणा भएको छ । गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुको अध्यक्षतामा रामसवरुप रामपृत चौरसिया माध्यमिक विद्यालय कमपाउन्ड भित्र भएको कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका संयोजक नेकमहम्मद अंसारीले खुल्ला दिसामुक्त गाउँपालिका घोषणा गरे ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुजित साह, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि शाखा अधिकृत प्राणा मेहता, वडा नं. १ वडाध्यक्ष सगिर मियाँ, २ का अध्यक्ष संजय चौहान, ३ का सलमा खातुन लगायतकाको सहभागिता रहेको थियो ।

विद्यालय कमपाउन्ड भित्र घोषणा सभा भईरहदा बाहिर स्थानिय जनताहरुले घोषणाको बिरोध गरि रहेका थिए । कार्यक्र स्थल बाहिर सयौंको संख्यामा जम्मा भएका स्थानियहरुले शौचालय विनाको ओ.डि.एफ. किन र कसरी ?, कागजमा ओडिएफ घोषणा गर्ने जनप्रतिनिधि मुर्दाबाद, पूर्वाधार विनाको ओडिएफ मान्य छैन लगायतको नारा लेखिएको प्लेकार्ड सहितको प्रदर्शन गर्दै थिए ।

प्रदर्शन गर्नेहरु कार्यक्रम स्थल भित्र प्रबेश गर्न खोज्दा बाक्लो संख्यामा रहेको प्रहरीले रोकन खोज्दा केही बेर तनाव समेत सृजना भएको थियो । पछि प्रहरीले बल प्रयोगे प्रदर्शन गर्नेहरुलाई कार्यक्रम स्थलबाट हटाई विद्यालयको गेट बन्द गरी कार्यक्रम गराएको थियो । विद्यालय प्राङ्गण भित्र घोषणा सभा भइरहदा बाहिर टायर बालेर प्रदर्शन समेत भएको थियो ।

गाउँपालिकाको वडा नं. ४ र ५ पहिला नै खुल्ला दिसामुक्त घोषणा भइसकेको छ भने शुक्रबार वडा नं. १, २ र ३ सहित गाउँपालिका समेतलाई एकै ठाउँमा घोषणा गरिएको हो । तिन वटा वडालाई एकै ठाउँमा खुल्ला दिसामुक्त घोषणा नगरी अरु ठाउँमा भए जस्तै प्रत्येक वडामा गर्नु पर्ने स्थानिय जगत साह कानुले वताए ।

अझै ३ सय जति घरमा शौचालय छैन
खुल्ला दिसामुक्त घोषणा भएको वडा नं. १, २ र ३ मा अझै पनि ३ सय जति घरदुरीमा शौचालय नरहेको स्थानियहरुले वताएका छन । यसका साथै गाउँपालिका अन्र्गत पर्ने झौवा देखी पूर्व र पश्चिम पट्टिको मुल सडकमा, गर्दौल देखी बहुअर्वा जाने बाटोमा, गर्दौलको दक्षिण तर्फको गाउँको मुल सडकमा, प्रसौनीको मुल सडकको पश्चिम पट्टी र हांसवाको पूर्व तिरको सडकमा समेत अझै पनि पहिला जस्तै दिसा देख्न सकिन्छ भने मुख थुनेर सडक भएर आवतजावत गर्ने अवस्था रहेको स्थानिय अरबिन्द चौरसियाले वताए ।

घोषणा सभा बारे उपाध्यक्ष सहित वडाध्यक्षलाई समेत जानकारी गराईएन
घोषणा सभा बारे गाउँपालिका उपाध्यक्ष लगायत २ वडाध्यक्षलाई समेत जानकारी गराइएको थिएन । गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ता, वडा नं. ४ का वडाध्यक्ष अनोज कुमार चौरसिया र वडा नं. ५ का वडाध्यक्ष सुकदेव राउत अहिरले आफुहरुलाई कार्यक्रम बारे कुनै जानकारी नभए कारण आफुहरु घोषणा सभामा सहभागि नभएको वताए । वडा सदस्यहरुलाई घोष्णा सभामा सहभागि हुन चिठी आए पनि आफुहरुलाई मौखिक जानकारी समेत नगराइएकोले आफुहरु कार्यक्रममा सहभागि नभएको वडा नं. ४ का वडाध्यक्ष चौरसियाले वताए । घोषणा सभाको नाममा मोटो रकम हिनामिना गर्न गाउँपालिका अध्यक्षले एकलौटी गरेको कार्यक्रम सहभागि नभएका जनप्रतिनिधिको आरोप समेत रहेको छ । यस्तै गाउँपालिकाको विभिन्न वडामा खुल्ला दिसामुक्त अभियान संचालन गर्ने गैर सरकारी संस्थाकाहरुलाई पनि घोषणा सभा बारे कुनै जानकारी गराइएको थिएन भने कार्यक्रममा सहभागि हुन निमन्त्रणा समेत नगरिएको वताइएको छ ।

अभियानमा लागेकाहरुलाई सम्मानित नगरी आसपासेलाई गरियो
खुल्ला दिसामुक्त अभियानमा लामो समय देखी लागेकाहरुलाई कार्यक्रममा सम्मानित नगरी आसपासे पार्टीका कार्यकर्तालाई मात्र सम्मानित गरिएको छ । अभियानमा लागेका गैर सरकारी संस्था, स्वयंसेविका, सामाजिक परिचालक लगायतकालाई समानित नगरी गाउँपालिका अध्यक्ष र ३ वटै वडाध्यक्षको नजिकका केही व्यक्तिलाई सम्मानित गरिएको वताइएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...