Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

दोस्रो मोडल ५ दिने एनिमेटर तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । किशोरी संवाद कार्यक्रम अन्तर्गत वीरगंजमा संचालित संवाद सहजिकरणको लागि दोस्रो मोडल ५ दिने एनिमेटर तालिम आज सम्पन्न भएको छ । युरोपियन युनियनको सहयोेगमा चाईलड नेपाल र संरक्षण नेपालको सहकार्यमा नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आर.आर.एन.) ले आयोजनामा गरेको तालिम सम्पन्न भएको हो ।

होटल विजय ज्योति वीरगंजमा भएको तालिमको समापन समारोहमा वोल्दै जिल्ला समन्वय समिति पर्साका सह संयोजक ठाकुर प्रसाद न्यौपानेले नेपाल सरकारले लिएको समृद्ध नेपालको नारा पुरा गर्न किशोरीहरुको भुमिका महत्वपूर्ण रहेको वताए । उनले किशोरीहरुले तालिमबाट सिखेको कुरा समुदायमा लागु गरे समृद्ध नेपालको अभियानमा सहयोग पुग्ने धारणा राखे ।

समापन समारोहका प्रमुख अतिथी समेत रहेका सह संयोजक न्यौपानेले किशोरीहरुले संचालन गर्ने गतिविधिबाट समाजमा रहेको विकृति अन्तय भई समाज सुधार भए पछि समृद्ध नेपालको अभियानमा पनि सहयोग पुग्ने भएकोले अगाडी बढन सहभागिहरुलाई आग्रह गरे ।

कार्यक्रम व्यवस्थापक भानु पराजुलीको अध्यक्षतामा भएको समापन समारोहमा पर्साका सहभागिहरुको तर्फबाट एनिमेटर शान्ति बन्जारा र बाराबाट कञ्चन साहले वोल्दै तालिमबाट सिखेको कुरा व्यवहारमा लागु गर्न प्रतिवद्धता जनाए ।

तालिममा संस्थाका संवाद अधिकृत प्रशिक्षक भिम कुमार राई, प्रकाश पाण्डे, उमा राय माझी, पुर्जा बर्मा, सुनेश्वर साह, महिला अधिकारकर्मी निभा साह, स्वास्थ्यकर्मी अनिशकान्त कुशवाहाले प्रशिक्षण दिएका थिए । तालिमका सहभागिहरुलाई संवाद संचालन निर्देशिका भाग २ किताब पनि वितरण गरिएको थियो । तालिममा बारा, पर्साका २ दर्जन जति एनिमेटरहरुको सहभागिता रहेको थियो ।

तालिममा बालअधिकार, नेपालको संविधानमा बालअधिकार बारेको कानुनी प्रावधान, महिला अधिकार, अपाङ्गता भएका व्यक्तिहरुको सेवासुविधा र बिशेष अधिकार, बैदेशिक रोजगारको लागि युवाहरुको आप्राबासन, सुरक्षित अप्रवासन, जन्मदर्ता, नागरिकता, विवाहदर्ता, सम्बन्ध विच्छेद, मेलमिलाप, प्रजनन स्वास्थ्य लगायतका बिषयमा प्रशिक्षण दिइएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...