Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

प्रदेश स्तरिय खानेपानी र सरसफाई अधिकार, नितिगत आवश्यक्ता र चुनौती सम्बन्धी १ दिने कार्यशाला सम्पन्न

spot_img
spot_img

वीरगंज । प्रदेश स्तरिय खानेपानी तथा सरसफाईको अवस्था, खानेपानी र सरसफाई अधिकार, नितिगत आवश्यक्ता र चुनौती सम्बन्धी १ दिने कार्यशाला आज प्रदेेेश  नंं. २  को  रौतहटमा सम्पन भएको छ ।

रौतहटको चन्द्रपुरको गौेतम होटलमा भएकाे कार्यक्रममा सरोकारवालाहरुले समन्वय, सहकार्य, र अधिकारलाई बाडफाड नगर्दा सम्म अवस्था नसुधिरने बताएका छन । केन्द्रिकृत कानुनले गर्दा चाहेर पनि काम अगाडी नबढेको आरोप लगाएका छन ।

पर्साकाे पोखरीया नगरपालिकाका प्रमुख दिपनारायण रौनियारले पर्सामा दर्जनौ पानीटयांकीमा लगानी गरिएको तर जनताले उपयोग गर्न नसकेको दोषी केन्द्रिय सरकारको बाझने कानुन भएको जिकिर गर्नु भयो । नेपाललाई समृद्ध बनाउन नेपालको पानी र जवानीलाई रोकेर राखियो भने हामा्रे देश अवश्य नै समृद्ध हुने जोड दिनु भयो ।

प्रदेश नम्बर २ का ८ वटा जिल्लाका एक एक जनाले जिल्लाको प्रतिनिधित्व गर्दै आआफना जिल्लाका कुराहरु प्रस्तुत गरेका थिए । प्रदेशनम्बर २ का गाउँपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुख, कर्मचारी र गैरसरकारी संस्थाका प्रतिनिधीहरुको सहभागीतामा कार्यक्रमले भएकाे थियाे।

युनिसेफको सहयोग र खानेपानी तथा सरसफाई उपभोग्ता महासंघ नेपाल र जिल्ला महासंघ रौतहटकको आयोजनामा भएको कार्यक्रममा महासंघका केन्द्रिय उपाध्यक्ष जनक गिरी, खानेपानी तथा ढल निकास ब्यवस्थापन बिभागका उपनिर्देशका रामाकान्त गिरीले केन्द्रिय तथा प्रदेश स्तरको अवस्था, समस्या र चुनौती, मानव अधिकार, पानीको अधिकार र अब के गर्न सकिन्छ भने बारेमा प्रस्तुतीकरण गरेका थिए ।

खानेपानी तथा सरसफाई उपभोग्ता महासंघ नेपाल प्रदेशनम्बर २ का संयोजक रामकल्याण यादवको अध्यक्षतामा भएको कार्यक्रममा स्वागतमन्तब्य जिल्ला महासंघ रौतहटकका उपाध्यक्ष रामबाबु सोनुले गर्नु भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...