Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

‘हाम्रा छोरी कतिको सुरक्षित’ विषयक वीरगंजमा अन्तरक्रिया समपन्न

spot_img
spot_img

वीरगंज २६ पर्सा ।

वीरगंजमा ‘हाम्रा छोरी कतिको सुरक्षित’ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।ग्लोबल विजनश क्लेजले आयोजना गरेको कार्यक्रममा सहभागिहरुले छोरी सुरक्षाका लागी संघ, प्रदेश र स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताएका थिए ।

क्लेजको सभाहलमा आयोजित कार्यक्रममा सरकारले समान्य लाग्ने नियम कानुन समेत बनाउन नसकेकाले महिला सुरक्षित हुन चुनौति बनेको अधिकारकर्मीहरुको भनाई थियो । महिला नेतृ मोनिका सिंहले एसिड, किटनाशक औषधी लगायत अति सम्बेदनशिल वस्तु खरिदका लागी निति नियम नबनाईदा सजिलै पहुच भएकाले एसिड आक्रमण भएको उनले बताईन् । उनी जस्तै अर्का महिला नेतृ कमला घिमिरेले भने, असुरक्षित भनिएका स्थानहरुमा विजुलि बति, सिसि क्यामरा लगायतको उपकरण जडान संगै चोकहरुमा प्रहरी समेत नदेखिने गरेकाले पछिल्लो समय वीरगंजमा यस्ता घटनाहरु बढेको उनको तर्क थियो ।

कार्यक्रममा अधिवक्ता कमल मोहन पोखरेलले कानुनमा एसिड आक्रमणबाट अनुहार नै कुरुप हुने गरेको छ भने ५ लाख जरिवाना र ३ वर्षको कैद जरिवना तोकेको छ भने, शरिरको अन्य भागमा भए २ लाख र डेढ वर्ष कैद सजाए तोकेको छ । तर यस कैद जरिवाना पिडितको हकमा निकै थोरै सजाए भएकाले नियम संशोधन गरि यसको कैद सजाय र जरिवाना बढाउनुपर्ने उनको सुझाव थियो । कार्यक्रममा प्रहरी नायब उपरिक्षक आनन्तराम शर्माले कहि कतै जादाँ आउदाँ वा कोही कसैले जिस्काउँदा आफ्नो अभिभावक वा प्रहरीलाई उजुरी दिन आग्रह गरे । मुस्कान बहिनिलाई एसिड प्रहारमा संलग्न भनिएकाहरु पक्राउ परिसकेकाले पिडितले न्याय पाउने उनले बताए ।
गत शुक्रबार गणेशमान चोक मै भएको यस घटनाले अपराधि मनोस्थति बोकेका व्यक्तिहरु कतिसम्म मनोबल उच्च रहेको कुरा देखिएकाले सेफर वीरगंजले सञ्चालन गर्ने सिसि क्यामरा, वीरगंज महानगरपालिकाले पोल पोलमा जडान गर्ने विजुलि बति त्यसैगरी प्रहरी प्रशासनले गर्ने डिउटि ईमान्दारीताको साथ निर्वाह गरिदिए वीरगंजमा महिला सुरक्षित हुन सक्ने प्रदेश सांसद ओम प्रकाश शर्माले बताएका थिए ।

यसैगरी अर्का सांसद प्रहलाद गिरीले भने, महिला महिलाबाटै पिडित हुने गरेकाले लामो समयदेखी महिला हिंसाको कुरा चलिरहदा पनि निर्कोल हुन नसकेको बताएका थिए । प्रदेश सरकारले ल्याएको बेटी बचाऊ बेटी पढाऊ अभियान अन्तर्गत नै प्रदेश सरकारले हरेक छोरा छोरीलाई समान अधिकार दिलाउन खोजेकाले सोही अनुसार हामी काम गरिरहेको उनको भनाई थियो । प्रदेश दुई मै भएको यस घटनाले प्रदेश सरकार गम्भीर हुँदै तत्काल एसिड पिडित मुस्कान बहिनिको राहतका लागी ५ लाख रुपैयाँ खर्च दिने र उपचारको व्यवस्थापन गरिएको उनले बताए ।

यसैगरी कार्यक्रमका वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले एसिड आक्रमण लग्तै मेरो पहलमा ती बहिनिलाई तत्कालै काठमाडौँ पु¥याई थप उपचार गराउन लगाएको बताए । यस्ता घटना हुन नदिन जनचेतनाको खाचो आफुहरुले देखेकाले यसतर्फ इच्छुक विद्यालय, कलेज वा संघ संस्थाका लागी महानगरले प्रशिक्षक उपलब्ध गराउने जानकारी गराएका थिए ।

महानगरमा विजुलि बति तथा उज्यालो कार्यक्रम अन्तरर्गत हाललाई प्रत्येक वार्डमा बति जडान गर्न बजेट पठाएकाले जडान गराउन आ–आफ्नो वडा कार्यालयमा घचघच्याउन आग्रह गरेका थिए । कार्यक्रममा चेलि कृषि सहकारी संस्थाकी निना कार्की, आफन्त नेपालको तारा सापकोटा, डा. अशोक दास, ग्लोबल बिजनस क्लेजकी निर्देशक निभा दास, अशोक सरार्फ, भिजिट मधेशका संयोजक ओम प्रकाश शर्मा, सञ्चारकर्मी कविता खड्का, विमला गुप्ता, शोभा धमला, सन्ध्या पौडेल, राधेश्याम पटेल लगायतको उपस्थिति रहेको थियो ।
ग्लोबल विजनस क्लेजका डाईरेक्टर ओम प्रकाश श्रेष्ठले सहजिकरण गरेको कार्यक्रम क्लेजका प्रधानाध्यापक श्रीराम दासको सभापतित्वमा समपन्न भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...