Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पक्राउ परेको सामग्री छुटाउन भिस्वा बजार बन्द

spot_img
spot_img

वीरगंज । इलाका प्रहरी कार्यालय पोखरियाले एक टे«क्टर छोहरा, मरिच र मटर पक्राउ गरेको छ । वीरगंजबाट भारत तर्फ लगि रहेको शंकाको अधारमा अनुसन्धानको लागि छोहरा ३१ क्विन्टल, मटर २७ क्विन्टल र मरिच २७ क्विन्टल पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए ।

ना. ४ त. ५३२२ नम्बरको ट्रेक्टरमा लोड गरि लागि रहेको अवस्थामा मरिच, मोटर र छोहरा पक्राउ गरिएको प्रहरी निरीक्षक सिंहले जानकारी गराए । पक्राउ परेको सामग्री सिमावर्ती भिस्वा बजारको व्यापारीको रहेको छ ।

यता सामग्री पक्राउ परेको विरुद्धमा पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं. ५ मा पर्ने सिमावर्ती भिस्वा बजार आज व्यापारीहरुले बन्द गराएका छन । भिस्वा बजार समितिले केही समय भिस्वाको मेन बाटो अवरोध गरी गाउँपालिका कार्यालय समेत घेराउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट पुगेको प्रहरी टोलीले अवरुद्ध बाटो खोलाउदै व्यापारीहरुलाई छलफलको लागि प्रहरी कार्यालय पोखरियामा बोलाए पछि बन्द बाटो सुचारु भए पनि बजार बन्द नै रहेको हाम्रा सम्वाददाता आलोक कुशवाहले वताए छन ।

व्यापारीहरुले बाटोमा टे«क्टरको टेलर खडा गरी बाटो अवरुद्ध गरेको थियो । वीरगंजबाट भिस्वा बजारको लागि लगिने सामग्री इलाका प्रहरी कार्यालय पोखरियाले पक्राउ गरी दुःख दिने काम गरेकोले बाध्य भई आफुहरु बजार र बाटो बन्द गरी स्थानिय सरकारको कार्यालय घेराउ गरेको भिस्वा बजार समितिका अध्यक्ष गणेश जयसवालले वताए ।

भिस्वा बजार नै बन्द गरिदिनु पर्ने नत्र सामग्री आउन दिनु पर्ने व्यापारीहरुको माग रहेको छ । त्यसको लागि गाउँपालिकाले बातावरण बनाईदिनु पर्ने दबावको लागि गाउँपालिका कार्यालय समेत घेराउ गरिएको व्यपारीहरुले वताएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...