Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

पक्राउ परेको सामग्री छुटाउन भिस्वा बजार बन्द

spot_img
spot_img

वीरगंज । इलाका प्रहरी कार्यालय पोखरियाले एक टे«क्टर छोहरा, मरिच र मटर पक्राउ गरेको छ । वीरगंजबाट भारत तर्फ लगि रहेको शंकाको अधारमा अनुसन्धानको लागि छोहरा ३१ क्विन्टल, मटर २७ क्विन्टल र मरिच २७ क्विन्टल पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए ।

ना. ४ त. ५३२२ नम्बरको ट्रेक्टरमा लोड गरि लागि रहेको अवस्थामा मरिच, मोटर र छोहरा पक्राउ गरिएको प्रहरी निरीक्षक सिंहले जानकारी गराए । पक्राउ परेको सामग्री सिमावर्ती भिस्वा बजारको व्यापारीको रहेको छ ।

यता सामग्री पक्राउ परेको विरुद्धमा पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं. ५ मा पर्ने सिमावर्ती भिस्वा बजार आज व्यापारीहरुले बन्द गराएका छन । भिस्वा बजार समितिले केही समय भिस्वाको मेन बाटो अवरोध गरी गाउँपालिका कार्यालय समेत घेराउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट पुगेको प्रहरी टोलीले अवरुद्ध बाटो खोलाउदै व्यापारीहरुलाई छलफलको लागि प्रहरी कार्यालय पोखरियामा बोलाए पछि बन्द बाटो सुचारु भए पनि बजार बन्द नै रहेको हाम्रा सम्वाददाता आलोक कुशवाहले वताए छन ।

व्यापारीहरुले बाटोमा टे«क्टरको टेलर खडा गरी बाटो अवरुद्ध गरेको थियो । वीरगंजबाट भिस्वा बजारको लागि लगिने सामग्री इलाका प्रहरी कार्यालय पोखरियाले पक्राउ गरी दुःख दिने काम गरेकोले बाध्य भई आफुहरु बजार र बाटो बन्द गरी स्थानिय सरकारको कार्यालय घेराउ गरेको भिस्वा बजार समितिका अध्यक्ष गणेश जयसवालले वताए ।

भिस्वा बजार नै बन्द गरिदिनु पर्ने नत्र सामग्री आउन दिनु पर्ने व्यापारीहरुको माग रहेको छ । त्यसको लागि गाउँपालिकाले बातावरण बनाईदिनु पर्ने दबावको लागि गाउँपालिका कार्यालय समेत घेराउ गरिएको व्यपारीहरुले वताएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...