Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
Home Blog Page 1087

पर्साको ग्रामीण क्षेत्रमा पटका आतंक रोकिएन प्रहरी प्रशासन मुख दर्शक

मेघराज राय\जिराभवानी, २४ कार्तिक ।
तिहार र छठमा पटका पड्काउन प्रतिबन्ध लगाईएपनि कार्यान्वयन हुन सकेन । भारतिय सिमावर्ती बजार बाट लुकाईछिपाई ल्याएका पटका अहिले पर्साको ग्रामीण क्षेत्रको सवै बजारहरुमा छ्याप्छ्याप्ती पाईन्छ ।प्रहरीले पटका नियन्त्रण गर्नका लागि सिमावर्ती क्षेत्रमा सक्रियता समेत बढाएको थियो ।
सक्रियता संगै सिमा क्षेत्रबाट नेपाल प्रहरी र शसस्त्र प्रहरीले पटकाहरु समेत बरामद गरेर नष्ट गरेको थियो । प्रशासनले पटका खरिद विक्रि गर्न र पड्काउन प्रतिबन्ध लगाएपनि अहिले बजारहरुमा ब्यापारीहरुले लुकाई छिपाई पटका विक्रि गरिहेका छन् भने बालबालिका तथा यूवाहरु समेत चोक चोकमा पटका पड्काएर रमाईरहेका छन् ।
जथाभावी रुपमा पटका पड्काउदा अंगभंग हुने देखि आंखाको ज्योति सम्म गुम्ने खतरा हुनेगर्दछ । पर्सामा पटका पड्काउदा आगलागिका घटनाहरु समेत घट्ने गरेका छन् । तिहार सकिए पनी छठ नजिकिदै जांदा पटका आतंक पनि बढ्दै गएको छ । सांझ परे संगै लगातार रुपमा पड्कीने पटकाको आवाजले दिक्क बनाउने गरेको छ ।
रातको समयमा समेत पटका पड्काउदा घरमा सुत्ने बस्नेहरुले निदाउन समेत नपाईने गुनासो गर्दछन् । पटका पड्काउनका लागि रोक लगाउने प्रशासन खुल्लेआम पटका पड्काईरहदा भने प्राय मुखदर्शक बन्ने गरेको छ । नत पटका किनबेच गर्ने ब्यापारीहरुलाई अनुगमन गर्दछ नत पड्काउनेहरुलाई कारबाहि गर्दछ ।
अभिभावकहरुले पनि आफ्ना बालबालिका हरुलाई पटका पड्काउन रोक लगाउने गरेका छन् । जताततै पड्कीने पटकाले आतंक नै मच्चाएको छ । जथाभावी रुपमा पटका पड्काउदा अहिले धान स्याहार्ने सिजनमा आगलागिका घटना हुन सक्ने जोखीम समेत बढ्दै गैरहेको छ ।

 

सांसद प्रदीप यादव द्वारा छठघाटहरुको निरीक्षण तथा अवलोकन

वीरगञ्ज, २४ कार्तिक /
हिन्दुहरुको महान पर्व छठको अवसरमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले आज छठघाटहरुको निरीक्षण तथा अवलोकन गर्नु भएको छ । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष तथा सांसद यादवले रानीघाट, पिपरा लगायतका छठघाटहरुको अवलोकन तथा निरीक्षण गर्नुभएको हो ।
अवलोकनको क्रममा सांसद यादवले खासगरी नेपालको तराई–मधेशमा भव्यताका साथ मनाइने छठ पर्वको विशेष धार्मिक महत्व रहेको बताउनु भयो । विशेषगरी नेपालको तराई–मधेशमा मात्र मनाइने छठ पर्व अहिले राजधानी काठमाडौँ लगायत मुलुकभर  मनाइने गरिन्छ ।
यस्तै यो पर्व मुस्लिमलगायत अन्य धर्मावलम्बीले पनि उत्तिकै हर्षाेल्लासका साथ मनाउने गरेका छन् । मुलुकमा जाती, क्षेत्रीय सद्भावको अभाव खड्किरहेको वर्तमान अवस्थामा पहाडी, मधेशी, मुसलमान, धनी, गरिब सबैले मनाउने यस पर्वले नेपालीबीच जातीय क्षेत्रीय सद्भाव र एकता धार्मिक सहिष्णुतालाई अझ मजबुत बनाउनमा मद्दत पु¥याइरहेको सांसद यादवले बताउनु भयो । साथै छठघाट सजावटका लागि आफुले सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो ।
अवलोकन भ्रमणमा जिल्ला सह ईन्चार्ज रामनरेश यादव, जिल्ला सदस्य तबरेज अहमद, पर्सागढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष असलम आलम, नगर उपाध्यक्ष घनश्याम गुप्ता, जिल्ला सदस्य मुस्तकीम अंसारी, स्वकीय सचिव निखिल वर्णवाल लगायतको उपस्थिती रहेको थियो ।

चौरसिया सेवा समितीद्वारा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वीरगंज, २४ कात्तिक । श्री चौरसिया (बरई) सेवा समिती पर्सा नेपालको आयोजनामा दिपावली एवं छठ पर्वको पावन अवसरमा आज शुभ -कामना आदान -प्रदान कार्यक्रम सम्पन्न भएको छ । बिरगंज नगर सभागृहमा समितीका अध्यक्ष रामाकान्त चौरसियाको अध्यक्षता र प्रदेश न,२ का भौतिक तथा पुर्वाधार मन्त्री जितेन्द्र सोनलको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा चौरसिया सेवा समिती पर्साका अभिभावक पुर्व मन्त्री अजय चौरसिया, भारतिय बाणिज्य दुतावासका कन्सुलर डा. कोत्रा स्वामी, जेष्ठ नागरिक गया प्रसाद चौरसिया, नेपाल पत्रकार महासघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान, डाबर नेपालका महाप्रबन्धक कैलास चौरसिया, चौरसिया (बरई)सेवा समिती, रक्सौलका अध्यक्ष शम्भु चौरसिया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, पकाहा मैनपुर गाबिसका अध्यक्ष बिजय किमार चौरसिया लगायतकाको सह भागिता रहेको थियो ।

कार्यक्रममा चौरसिया सेवा समिति ले विभिन्न क्षेत्रमा योगदान दिने स्वजातियहरुलाई सम्मान गरेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य चौरसिया सेवा समिती ,पर्साका उपाध्यक्ष शम्भु चौरसिया र कार्यक्रम सन्चालन समितीका सह -सचिव रबि चौरसियाले गरेका थिए ।

सुगौली विर्तामा भएको रक्तदान कार्यक्रममा ७३ जना द्वारा रक्तदान

वीरगंज, २४ कात्तिक ।
छठ पुजाको अवसरमा वीरगंज महानगरपालिकाको वडा नं. २६, सुगौली विर्तामा आज भएको रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरेका छन ।

छ्ठ पुजा सेवा समिती सुगौली विर्ताले आयोजना गरेको रक्तदान कार्यक्रममा ७३ जना पुरुषले मात्र रक्तदान गरेको रेडक्रसका राजन श्रीवास्तवले वताए ।

पुजा समितिका अध्यक्ष दोलेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा दिलिप पटेल, राजकिशोर पटेल, किरण प्रसाद यादव, प्रदिप कुमार साह, राकेश कुमार पटेल, केशव मिश्रा, सदाम हुसेन लगायतकाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे वताए ।

नागरिक समाजकाे अायाेजनामा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

0

बारा, २४कार्तिक ।
बाराको परवानिपुर गाउँपालिका ३ लिपनिमालमा नागरिक समाजको आयोजना बडा दशै ,दिपावलि र छठको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम आज सम्पन्न भएको छ ।

नागरिक समाजका अध्यक्ष अाेमबाबु यादवको अध्यक्षतामा भएको कार्यक्रममा बक्ताहरु देश बिदेशमा रहेका सम्पुर्ण नेपाली दिदिबहिनी ,दाजुभाइमा सुख शान्ति समृद्धिको कामना गर्दै शुभकामना दिएका थिए ।

कार्यक्रम नेकपा नेता रामपाल यादव ,इम्तियाज आलम ,नेपालि काङ्ग्रेसका नेता बिजय गुप्ता ,शिवसन्कर पटेल ,लालबाबु यादव ,समाजसेवी नागमनी उपाध्याय ,फोरम नेपालका नेता आनन्द यादव ,युवा पत्रकार तिवारी यादव लगायतका मन्तव्य राखेका थिए ।

ट्याक्सी र जीप एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

वीरगंज, २४ कात्तिक । बाराको निजगढमा अाज बिहान ट्याक्सी र जीप एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा भक्तपुरका २८ वर्षीय ट्याक्सी चालक समुन्द्र श्रेष्ठ, निजगढ नगरपालिका -७ का २५ वर्षका आकाश माझी र सोही ठाउँका २५ वर्षका विशाल माझी छन्। उनीहरु सबै ट्यक्सीमै सवार थिए।

निजगढ-७ पर्ने भावरा पुल नजिक  ग २ च २३२५ नम्बरको ट्याक्सी र बा २ ज २११७ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किएको थियाे।   रौतहटबाट ग्रामीण बाटो हुँदै पूर्व पश्चिम राजमार्ग निस्किन लागेको ट्याक्सीले गति नियन्त्रण गर्न नसक्दा राजमार्गमा गुडिरहेको जिपसँग ठोक्किन पुगेको जिल्ला ट्राफिक प्रहरी बाराले जनाएको छ।

चितवनबाट तरकारी बोकी पूर्वतिर गइरहेको बोलेरोमा ट्याक्सी अनियत्रित भएर राजमार्गमा ठोकिन पुगेको ट्राफिक  प्रहरी निरीक्षक विकास बमले बताए।          

दुर्घटनापछि बाेलेरो जीपका चालक फरार छन्। दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाको टोलीले घाइतेलाई अस्पताल पुर्‍याएको थियो।

दुर्घटनामा  परेर घाइते भएका २८ वर्षीय नरेश माझी र २१ वर्षीय अर्जुन माझीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

छठ पश्चात राजपाले संविधन संशोधनको लागि सडक संघर्ष गर्ने

बारा, २३ कात्तिक ।
२०७५ कार्तिक २१ गतेको केही इलष्लिभ मिडियामा राजपा नेपाल र फोरम जस्तो मधेश आन्दोलन हाक्ने दलहरु आज त्यही मधेश विरोधी एमाले पार्टी संघ कोइ संघीय सरकारमा रहेर त कोई संघीय सरकारलाई समर्थन गरेर रमाई रहेका र मधेशको मुद्धा हराउँदै गइरहेको समाचार आएको प्रति राजपा नेपाल, बाराको गम्भीर ध्यानकर्षन भएको जनाएको छ ।

मधेशी, थारु लगायतका जनताहरुमा भ्रम न होस् भनी आज राजपा नेपाल बाराका प्रवक्ता अरुण कुमार सिंहले प्रेस विज्ञप्ती जारी गर्दै पार्टीले चुनावमा सहभागी हुँदाको बखत त्यसलाई चुनौती स्वीकार गरी सहभागी भएको र हाम्रो आन्दोलन जारी नै रहेको छ भनाई लाई स्मरण गराएका छन ।

वर्तमानको राजनिीती संदर्भमा प्रधानमंत्री के.पी. ओली सँग दुई तिहाईको बहुमत छ यो सरकारले नेपालको संविधान २०७२ संशोधन गर्न सक्छ र हाम्रो मांगहरु सम्बोधन हुन्छ भनेर प्रधानमंन्त्री सँग संविधान संशोधन सांसद रेशम चौधरीको सपथ ग्रहन तथा आन्दोलनबाट आएका मांगहरु लगायतका विषयहरुमा सहमती, सम्झौता गरी सरकारलाई समर्थन गरेको प्रेस विज्ञप्ती मार्फत वताएका छन ।

प्रदेश नं. २ को सरकारको सवालमा राजपा नेपाललाई स्पष्ट रुपमा मधेशी जनताले मतदान गरी सरकार बनाउने म्यान्डेड दिएको हुँदा मधेशी जनताको भावनालाई कदर गर्दै संघीय समाजवादी फोरम नेपाल संगको सहकार्यमा प्रदेश सरकारको निर्माण भएको प्रेष विज्ञप्तीमा लेखिएको छ ।

सिंह द्वारा जारी विज्ञप्तीमा लेखिएको छ एमाले र कांग्रेसको दायामायाको सरकार होइन प्रदेश सरकार । स्पष्ट रुपमा मधेशी जनताको सरकार हो र प्रदेश नं. २ बासीको हीतको लागि सदैव तत्पर रहने र बाधा आएमा त्यसलाई चिरदै अगाडी बढने राजपा नेपालको स्पष्ट निती रहेको छ ।

अब जे हुन्छ नगद हुन्छ, उधारो केही हुदैन यस देशको ७ वटा प्रदेश मध्ये २ नं. प्रदेश बाहेक ६ वटै प्रदेश र केन्द्रमा दुई तिहाई बहुमतको एमालेको नेतृत्वमा रहेको सरकारले बलत्कारीको संरक्षण, गम्भीर प्रकारका अपराधीको आममाफी, समयमा काम नगर्ने ठेकेदारहरुको संरक्षण जस्ता कामहरु गर्न मात्र व्यस्त रहेको आरोप समेत विज्ञप्ती मार्फत लगाइएको छ ।

यसलाई देश र मधेशका जनताहरु राम्ररी नियाली रहेका छन् र राजपा नेपालले दिएको समर्थन फिर्ता लिन अन्तीम तयारीमा रहेको छ र यस्ता भ्रष्टवादीहरुको जमातको सरकार सँग मधेशी, थारु लगायतका जनताहरुको मांंग पुरा न हुने कुरा स्पष्ट भैसकेको हुँदा हिन्दुहरुको महान पर्व छठ पश्चात् राजपा नेपालले के.पी. ओलीले न सोचेको किसीमको सडक संघर्षको माध्यमबाट मांग सम्बोधन तथा संविधान संशोधन गराउन सासाकलाई बाध्य पार्ने गरी तयारीमा रहेको जनाइएको छ ।

प्रत्येक बर्ष झै यस बर्ष पनि पकहामैनपुरको धोरेमा एैतिहासिक मेला लाग्ने

पकहामैनपुर, २३ कार्तिक ।
प्रत्येक बर्ष झै यस बर्ष पनि पर्साको पकहामैनपुर गाउपालिकाको वडानम्बर १ धोरेमा एैतिहासिक मेला लाग्ने भएको छ । प्रत्येक बर्ष छठ पुजाको भोली पल्ट भब्यताका साथ मेला लाग्ने ईतिहास रहेको स्थानियवासीहरु बताएका छन । सयौ बर्ष अगाडी देखी छठको भोली पल्ट लाग्दै आएको मेला कुश्ती प्रतियोगीताले धोरे मेला प्रसिद्ध रहेको छ ।

मेलाका लागी आज भएकोे गाउभेलाले स्थानिय सामाजसेवी सुरेश मेहताको अध्यक्षतमा ९ सदस्यी मुल आयोजक मेला समिती गठन गरेको छ । मेला आयोजक समितीको अध्यक्षमा सुरेश मेहता, सदस्यहरुमा सोही वडाका वासी तथा पुर्ब उधोगराज्य मंत्री मेघराज सहनी, वडाअध्यक्ष अम्बिका सहनी, नागेन्द्रयादव, उमेश यादव, योधा प्रसाद लगायत ९ जन मुल समितीमा रहेका छन ।

मुल समिती लगायत बिभिन्न समितीहरु पनि सर्वसम्मत चयन गरिने मेला समितीका अध्यक्ष सुरेश मेहताले बताउनु भएको छ । अध्यक्ष मेहताका अनुसार धोरे मेला एैतिहासिक रहेकोले यसलाई जोगाउन र संरक्षण गर्न हामा्रे पिढीको जिम्मेवारी रहेकोले मेलालाई ब्यवस्थित र मर्यादित बनाउन हामी सबै धोरेवासीको कर्तब्य रहेको बताउनु भएको छ ।

मेलामा आउने पाहुनाहरुको कुनै पनि किसिम्मको समस्या हुन नदिने प्रतिबद्धता गर्नु भएको छ । मेला कुश्ती प्रतियोगीताले प्रसिद्ध रहेकोले भारतको दिल्ली, पंजाव, हरियाणा, बनारस, छावनी, बागहा, बेतिया, लगायतका ठाउबाट नमुना र नाम गरेका पहलवानहरु बोलाइने बताए ।

यसै गरी नेपालको काठमाण्डौ, नवलपरासी, मकवानपुर, बारा, रौतहट, सर्लाही, महोतरी र पर्साका स्थानिय सम्मपुर्ण पहलावानहरुलाई आमन्त्रीत गरिने बताए । मेलामा हजारौको संख्यामा आउने दर्शकहरुले धैर्यधारण गरी मनोरंजन गर्ने समेत बिश्वास रहेको अध्यक्ष मेहताले बताएका छन ।

दिपावलीको अवसरमा छिपहरमाईमा कुश्ती प्रतीयोगीता सम्पन्न

लालबाबु बानिया/पोखरिया, २३ कात्तिक ।
पर्साको छिपहरमाई गाउँपालिकामा दिपावलीको अवसरमा विहिबार कुश्ती प्रतीयोगीता सम्पन्न भएको छ । पर्साको छिपहरमाई गापा वडा नम्बर ३ जयमंगलापुरमा  कुश्ती प्रतीयोगीता सम्पन्न भएको हो । प्रतीयोगीताको उद्घाटन गापा प्रमुख मनोज कुमार गुप्ताले गर्नुभएको थियो ।
प्रतीयोगीताको उद्घाटन गर्दै उहाँले कुश्तीबाट बुद्धिको विकास हुनुका साथै शरीर पनि दुरुस्त रहने भएकोले मानिसको स्वस्थ जिवनका लागि पनि कुश्ती प्रतीयोगीताको महत्व रहेको बताउनुभयो । उहाँले गाउँपालिकामा प्रत्येक वर्ष लाग्ने मेलामा आगामी वर्षदेखी गाउँपालिकाको तर्फबाट अनिवार्य रुपमा कुश्ती प्रतीयोगीताको आयोजना गराउने प्रतीबद्धता समेत जनाउनु भयो ।
प्रतीयोगीतामा नेपाल र भारतका महिला तथा पुरुष पहलवानहरुको सहभागीता रहेको थियो । प्रतीयोगीतामा बनारसकी खुशी यादवलाई खुश्बु गुप्ताले पराजीत गरेकी छन् । नेपालको मिर्जापुका लक्ष्मण पहवानले भारत बनारशका जगदीश पहलपानलाई पराजीता गरेका थिए ।
त्यसैगरी अयोध्याका सुमित दास बैरागीले गोरखपुरका जितेन्द्रू पहलवानलाई पराजीत गरेका थिए । त्यस्तै नेपालका रामाकान्त यादवले कुशी नगरका राजेश पहलवानलाई पराजीता गरेका थिए । नेपालका अवधेश पहलवानले जगदीश पहलवानलाई , विहारका जोगेन्द्र पहलवानले भारतका गुड्डु पहलवानलाई पराजीता गरेका थिए ।
ठोरी गाउपालिकाका प्रमुख पिएल श्रेष्ठले  अब ठोरी गाउँपालिकामा पनी कुशती प्रतियोगिता गराउने बताए । वडा अध्यक्ष महेन्द्र कलवार , मौजीलाल साह ,रामबालक गदी , राजवली यादव , नोपली काँग्रेसका नेत दिपेन्द्र सिँह ,ज्ञानबहादुर साह, लगायतको उपस्थिती रहेको थियो ।
प्रतीयोगीतामा विजेता पहलवानलहरुलाई पुरस्कार समेत वितरण गरीएको थियो । यो मेला प्रतेक वर्ष को दिपावलीको भोलि पल्ट लागने गरेकोले सोही अवसर मा अासिस मिश्राको जन्म दिनको खुशीमा कुशती प्रतियोगिता भएको थियो ।

 

दिपावली कै दिन पर्सामा अागलगी, आधा दर्जन घर जलेर नष्ट

वीरगंज, २१ कात्तिक ।
धोबिनी गाउँपालिकाको वडा नं. २, भिखमपुरमा बुधबार आगलगी भएको भएको छ । दिपावलि मनाउन बालिएको दियोले भएको आगलगीमा परि ६ जनाको घरगाेठ जलेर नष्ट भएको छ ।

आगलगीमा परि मनोज पटेल, नथुनी पटेल, हिरा महतो चौहान, जगदीश पटेल, भागरिथ पटेल र झगरु राउत कुर्मिको गोठ जलेर नष्ट भएको सशस्त्र प्रहरी बल बोडर आउट पोस्ट भिखमपुरका प्रहरी निरीक्षक सोम श्रेष्ठले वताए ।

राती ७ बजेको करिबमा भएको आगलगि स्थानिय, सशस्त्र प्रहरी, जनपत प्रहरी र दमकलको सहयोमा नियन्त्रणमा अाएकाे श्रेष्ठले वताए ।

यस्तै वीरगंज महानगरपालिकाको वडा नं. १७ अलौमा पनि आगलगी भएको छ । आगलगिले सन्त महतो नुनियाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै धोबनी गाउँपालिकाको वडा नंं. ४, लंगडीमा पनि अागलगी भएकाे छ । अागलगिमा शिवशम्भु मुखिया, भोला मुखियाको गोठ जलेर नष्ट भएकाे छ । स्थानियहरुको अनुसार केटाहरूले पटखा जलाइरहेकाे आगोले आगलगी भएको थियो ।