हिन्दुहरुको महान पर्व छठ पुजाको तयारी अन्तिम चरणमा पुगेको छ । वीरगंजको घडिअर्वा पोखरिमा छठ पुजाको तयारी तिब्र गतिमा भइरहेको छ । भिडियो : प्रणय साह
“सिताराम जप महायज्ञ”को विशाल कलश यात्रा
बारा,२६ कात्तिक ।
बारा स्थित प्रसौनी गाउँपालिकाको दुधौरा नदि किनारमा आयोजित “सिताराम जप महायज्ञ”को सोमबार हाती, घोडा, बाजागाजा सहित भव्य रुपका साथ कलश यात्रा निकालिएको छ ।
नदिको किनारा बाट निकालिएको विशाल कलश यात्रा प्रसौनी बजार क्षेत्रका विभिन्न ठाउँको परिक्रमा गर्दै त्रिवेनी नदि स्थित रहेको दोभानबाट जल बोझी गरी विधिपुर्वका अनुसार पूण यज्ञ हुने स्थानमा पुगेका थिए ।
“सिताराम जप महायज्ञ”को कलश यात्रामा प्रसौनी गाउँपालिका तथा परवानीपुर गाउँपालिकाका जनप्रतिनिधि संगैं हजारौको संख्यामा कन्या , महिला र पुरुषहरु सहभागीता रहेको थियो । बाजागाजा, हातीघाडा सहित हजारौको संख्यामा निकालिएको कलश यात्राले सो क्षेत्र रौनकमय भएको थियो ।
यज्ञमा ७५ वटा विभिन्न भगवानको मुर्ति बनाइएको छ भने मनोरन्जनका लागि विभिन्न ठाउँबाट खेल, तामासा, मौतका कुवा, झुलुवा समेत रहेको छ । “सिताराम जप महायज्ञ”मा हवन गर्नको लागि एक सय एक जना जोडीलाई अहवान गरिएको यज्ञका संयोजक आत्माराम दास (चटिया बाबा)ले जानकारी दिनु भयो।
महायज्ञको व्यवस्थापन भव्य रुपले भए संगै यज्ञमा निःशुल्क स्वास्थ शिविर, बाहिरबाट आउने भक्तजनका लागि निःशुल्क खाने, बस्ने व्यवस्था गरिएको यज्ञ व्यवस्थापन समितिले जनाएको छ ।
शान्ति सुरक्षाको लागि नेपाल प्रहरी, सस्त्र प्रहरी तथा सेनाका प्रमुखहरुसंग छलफल निरन्तर भइरहेको तथा यज्ञ स्थलमा व्यापक शान्ति सुरक्षाकर्मी परिचालन गरिएको र १८ वटा सिसिटिभी क्यामरा यज्ञ स्थलमा जडान गरिएको प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ताले जानकारी दिनु भयो ।
शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न
वीरगंज,कार्तिक २६
हिन्दुहरुको महान पर्व छठपर्वको उपलक्ष्यमा आइतबार अखिल नेपाल पिछडा वर्ग ९ओबिसी० महासंघ पर्साले शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । संघका पर्सा अध्यक्ष अकलेश साहको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा कोषाध्यक्ष राकेश गोंड, सदस्यहरु दिपक यादव,रबिन्द्र यादव लगायतकाले शुभकामना व्यक्त गर्नुभएको थियो । अध्यक्ष साहले अगामि छठमा छठघाट सफाई लगायत बिभिन्न समाजिक कार्य गर्ने जानकारी दिनुभयो ।
पूर्व सभासद अनिल रुंगटाद्वारा आज पनि वर्तालु महिलाहरुलाई साड़ी बितरण
वीरगंज, २६ कात्तिक । आज पनि छठ पर्वको उपलक्ष्यमा पर्सा क्षेत्र न.1 का कांग्रेस सांसदका उम्मेंदवार तथा पूर्व सभासद अनिल रुंगटाले वर्तालु महिलालाई साड़ी बितरण गर्ने कार्य लाई निरंतरता दिएका छैन।पूर्व सांसद रुंगटाले आफ्नो क्षेत्र को सम्पूर्ण १९ ओटा वड़ामा हिज़ो ७ ओटा वड़ामा बितरण गरेका थिय भने बाकी को१३ओटा,११,१२,१३,१४,२३,१८,२१,३०,३१,३१ न. वड़ामा अझ बितरण गरिएको छ साड़ी बाडीएको छ। आज वड़ा न.११ श्रीपुर रानी घाट बाट शुरुवात गरिएको थियो।
उनले आफु यस क्षेत्रमा सक्दो गरीब असाहाए जनताको शुख दुखमा सदैव साथ रहने र सेवा गर्ने सोचले गत वर्ष देखी यो कार्यक्रमको निरंतरता राखेको भनी बताए,बितरण कार्यमा पर्सा कांग्रेस जिल्ला सभापति अजय दुवेदी,उप मेयर शांति कार्की त्यस क्षेत्रको कांग्रेस नेता रामनरायण कुर्मी,रामरूप कुर्मी,पर्सा कांग्रेस कोषाध्यक्ष इम्तियाज़ आलम,क्षेत्रीय सभापती रमेश पाण्डेय,नगर अध्यक्ष भोला साह कलवार,नेता हुकुम सिंह,नेविनसंघ पर्सा संयोजक दिलीप राज कार्की,कांग्रेस युवा नेता राकेश यादव रामबाबू पटेल,बूथका नेता तथा कार्यकर्ता लगायतको उपस्थितिमा बितरण भएको र नेता हरु के हार या जीत जून सुकै अवस्थामा जनताको घरदैलोमा उपस्थित रहने बताएका छन।
कांग्रेस नेता अनिल रुंगटा छ्ठ वर्तालुहरुलाई साड़ी बाडदै
वीरगंज, २५ कात्तिक । छठ पर्वको उपलक्ष्यमा पर्सा क्षेत्र न.१ का कांग्रेस सांसदका उम्मेंदवार तथा पूर्व सभासद अनिल रुंगटाले वर्तालु महिलालाई साड़ी बितरण गरेका छन । पूर्व सांसद रुंगटाले आफ्नो क्षेत्र को सम्पूर्ण १९ ओटा वड़ामा बाटने र आज ७ ओटा वड़ा न.२,४,५,७,८,१६ मा बितरण गरेका छन भने बाकी को१३ओटा वड़ामा भोली साड़ी बाटने दुइ दिवसीय कार्यक्रमको योजना रहेको छ भनी आज वड़ा न.२छपकैया बाट शुरुवात गरिएको थियो ।
उनले आफु यस क्षेत्रमा सक्दो गरीब असाहाए जनताको शुख दुखमा सदैव साथ रहने र सेवा गर्ने सोचले गत वर्ष देखी यो कार्यक्रमको निरंतरता राखेको बताए । बितरण कार्यमा पर्सा कांग्रेसका जिल्ला सभापति अजय दुवेदी, नेता रामनरायण कुर्मी, रामरूप कुर्मी, पर्सा कांग्रेस कोषाध्यक्ष इम्तियाज़ आलम, क्षेत्रीय सभापती रमेश पाण्डेय, नगर अध्यक्ष भोला साह कलवार, नेता हुकुम सिंह, नेविनसंघ पर्सा संयोजक दिलीप राज कार्की, कांग्रेस युवा नेता राकेश यादव रामबाबू पटेल, बूथका नेता तथा कार्यकर्ता लगायतको उपस्थितिमा बितरण भएको र नेताहरुकाे हार या जीत जून सुकै अवस्थामा जनताको घरदैलोमा उपस्थित रहने बताएका छन ।
घडीअर्वा पोखरी छठघाटको सम्पुर्ण तयारी पुरा, सुरक्षा ब्यवस्था कडा बनाइने
वीरगंज, २५ कार्तिक ।
वीरगञ्जको घडीअर्वा पोखरी छठघाटको सम्पुर्ण तयारी पुरा भएको छ । घडिहर्वा पोखरी छठघाट पुजा व्यवस्थापन समितीले आज पत्रकार सम्मेलन गर्दै छठघाटमा आउने ब्रतालुहरुको सुरक्षाको मध्यनजर गर्दै विशेष गरि सुरक्षा व्यवस्था कडा बनाईने र विजुलीबती र पण्डाल लगायतको सम्पुर्ण तयारी पुरा जनााएको छ ।
घडिअर्वा छठपुजाको सजावटमा ६ लाख २५ हजार ,साउण्ड सिस्टम ३५ हजारको रहेको छ ।यस्तै भिडियोग्राफि ३५ हजार, सरसफाई खर्च १ लाख ,सुरक्षाखर्च ७५ हजार ,स्टेशनरी खर्चमा ५ हजार हुनेछ । संयोजक साहले पुरस्कार खर्च ३ लाख २५ हजार , प्रचार प्रसारमा ६० हजार ,चैति छठ पुजामा६० हजार, अफिस खर्चमा ८० हजार जम्मा गरी १४ लाखखर्च हुने बताएकाे छ ।
छठपुजामा आम्दानी भएको खर्च गरी १ लाख २५ गरी १५ लाख २५ हजार लागत लाग्ने काेषाध्यक्ष हिरा साहले वताए । पूजा व्यवस्थापन समितिले पत्रकार सम्मेलनमा घडीअर्वा स्पोर्टस क्लब, अशोकवाटिका युथक्लब र राधेमाई युवाक्लबका गरी डेढ सय जना स्वयमसेवकहरु खटाइने जानकारी दिएको हो ।
करिब ५ हजार व्रतालु एवं १ लाख ४० हजार श्रद्धालु भक्तजनआउने अनुमानगरिएको पोखरीको सजावटको काममा यस वर्ष गतवर्षभन्दा अढाई लाख रुपैयाँ बढी खर्च गरिएको साहले बताए। गतवर्ष १४ लाखको हाराहारीमा खर्च भएको थियो भने यस वर्ष १५ लाख २५ हजार खर्च हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
राष्ट्रिय वाणिज्य बैंक, श्रीपुर शाखामा काउन्टर थप नहुदा सेवा ग्राही मर्कामा
वीरगंज, २५ कात्तिक ।
वीरगंजको श्रीपुर स्थित रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा काउन्टर थप नहुदा सेवा ग्राही मर्कामा परेका छन । बैंकको श्रीपुर शाखामा २ वटा मात्र काउन्टर संचालनमा रहेको र खाता बढी भएकोले सेवाग्रही लाइनमा बस्नु पर्ने कर्मचारीहरुले नै बताउन्छन ।
बिशेषगरी पर्वको बेला बैंकमा बढी भिड लाग्ने गरेको र सेवाग्राही घण्टौ सम्म लाइनमा बसेर पइसा जम्मा गर्न र झक्ने बाध्यता रहेको छ । यस बिषयमा बुझदा बैंकमा काउन्टर थप गर्न माथिलो निकायलाई आग्रह गर्दा पनि नभएका कारण समस्या भएको रा.बा.बैंक श्रीपुर शाखाकी प्रमुख कोपिला अचार्यले वताइन ।
घडिअर्वा पोखरी परिसरमा भएको रक्तदान कार्यक्रममा १ सय २१ जना द्वारा रक्तदान
वीरगंज, २५ कात्तिक ।
वीरगंजको घडिअर्वा पोखरी परिसरमा आज भएको रक्तदान कार्यक्रममा ३ महिला सहित १ सय २१ जनाले रक्तदान गरेका छन । छठ पूजाको उपलक्ष्यमा घडिअर्वा स्पोर्ट क्लबद्वारा आयोजित बृहत रक्तदान कार्यक्रममा १ सय २१ जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले जानकारी दिए ।
स्पोर्ट क्लबका अध्यक्ष लखन गुप्ताको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा लवकुश कुमार साह, सुनिल कुमार साह, विरेन्द्र साह कानु, दिपेन्द्र गिरी, अरबिन्द प्रसाद साह, लालबाबु साह कानु, निरज साह कानु, धिरज कर्ण, राणा गुप्ता, दिपक यादव, पवन श्रीवास्तव, रोशन कर्ण, गोपाल झा, निराजन प्रसाद साह, आलोक कुमार बर्णवाल, संदेश गुप्ता, रमेश साह, शनि कुमार साह, सुनिल सराफ, फिरोज बदसाह लगायतकाले रक्तदान गरेका छन ।

वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीको प्रमुख आतथ्यतामा भएको रक्तदान कार्यक्रमममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक रेवती ढकाल, घडिअर्वा छठ पुजा समितिका अध्यक्ष प्रेम साह कानु, सशस्त्र प्रहरी उपरिक्षक प्रेम धवज साह, मेजर जनक सापकोटा, विद्यार्थी नेता प्रभाकर गुप्ता, निखिल बर्णवाल, राकेश गुप्ता लगायतकाको सहभागिता रहेको थियो ।

नेपालबाट भारत लगिरहेकाे भारी परिमाणमा एसएसबी द्वारा गांजा बरामद
राजन बानिया/पोखरिया, २४ कात्तिक ।
पर्साको सिमावर्ति भारतीय गाँउ इनर्वामा रहेको भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरुले ईनार्वा देबीस्थानबाट गएराती एक क्वीन्टल ४५ किलो गाँजाबरामद गरेको छ । पर्सा जिल्लाको पटेर्वा सुगौलि गाउँपालिकाको सोनबर्षाबाट २०–२५ जना को संख्यामा रहेको गांजा तस्करहरुको टोलीले टाउकोमा बोकि सेढवा, पर्सवा हुँदै पाण्डेपुर पिपरडारीको बिच बिसनपुर्वा भएर भारतको ईनर्वा र भंगहा थाना क्षेत्र तर्फ लैजादै गरेको अवस्थामा एसएसबीले गुप्त सुचनाको अधारमा गांजा बरामद गरेको हो ।
ईनार्वा एसएसबीका जवानहरुले गांजा तस्करहरुलाई पक्राउ गर्न लुकिछिपि बसेको र सोनवर्षा गाउँबाट गांजा लिएर तस्करको झुन्डले नेपालबाट भारत तर्फ लगिरहेको अवस्थामा एसएसबी जवानहरुलाई हेरी गांजा तस्करहरुले गांजाको पोका फालेर नेपालतर्फ भागेन सफल भएको एसएसबीका कमाण्डर शैलेस कुमारले वताए । एसएसबी जवानहरुले १८ वटा पोका करिब १४५ किलो ग्राम गांजा बरामद गरेेेको छ।
बरामद गरिएको गांजा ईनार्वा थानालाई बुझाएको एसएसबीका कमाण्डर शैलेस कुमारले जानकारी गराए । बरामद भएको गांजाको अन्तर्राष्ट्रिय मूल्य १ करोड ५० लाख बराबर रहेकाे एसएसबीले जनाएको छ ।
जगरनाथपुर गाउँपालिकामा आगलागी, ४ लाख बराबरकाे क्षति
राजन कुमार बानिया/
पोखरिया, २४ कार्तिक । पर्साको जगरनाथपुर गाउँपालिकाकाे वडा नम्बर ६, संठीमा गएराती आगलागी भएको छ । आगलागीमा स्थानीय गणेश पटेल, जितेन्द्र पटेल, झनु पटेलको गरी करीब चार लाख बराबरको धनमाल जलेर नष्ट भएको पिडीतले बताएका छन् ।
तीनै जना बस्ने एउटै घरमा आगालागी हुँदा नगद ६० हजार , गरगहाना ,लत्ताकपडा, फर्निचर , अन्नपात ,साईकल , भाडाकुँडा लगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । राती लागेको आगो नेपाल प्रहरी, स्थानीयवासी र पोखरीयाबाट गएको बारुणयन्त्रको सहयोगमा निभाईएको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।


