Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

आज नवरात्रिको सातौं दिन अर्थात् फूलपाती भित्राइँदै

spot_img
spot_img

वीरगंज,१८ असोज ।

देश भरी आज नवरात्रिको सातौं दिन अर्थात् फूलपाती तथा दशैंको खास दिन आजैबाट शुभारम्भ भएको छ । फूलपातीको दिनदेखि सरकारी कार्यालय तथा निजी कार्यालयहरु आज देखी सार्वजनिक विदा हुने भएकाले दशैंको टीका थाप्न आ(आफ्नो घर फर्किने क्रम बढेको छ ।

घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा शनिबार अपराह्न विधिपूर्वक फूलपाती भित्राइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।फूलपाती भित्राएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

वीरगंजमा सवा नौ बजे फूलपाती भित्राइँदै


वीरगंजको गहवामाई मन्दिरको प्रङ्गनमा पर्सा जिल्लाका मालपोत,जिल्ला प्रशासन कार्यलाय पर्सा, शसस्त्र प्रहरी बल पर्सा,जिल्ला प्रहरी कार्यलाय पर्सा र सेना चन्डीनाथ गणबाट ल्याइएको फूलपाती भित्राउने परम्परा छ ।वीर्ता स्थित मालपोतबाट दशैँघरका पुजारीसहित नेपली सेना,शसस्त्र प्रहरी,वीरगंज माहानगरपालिका,मालपोत,जिल्ला प्रशासन कार्यलाय पर्सा सहीत स्थानीयहरुको सहयोगमा फलपाति ल्याउने परम्परा रहिआएको छ ।
वीर्ताबाट गहवामाईसम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, नेपाली सेना ,शसस्त्र प्रहरी,नेपाल प्रहरीको टोली ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक गानसहितको लावालस्करका साथमा फूलपाती ल्याइउको छ ।
आश्विन शुक्ल सप्तमीको दिनदेखि नै शक्तिपीठहरुमा पूजा गर्नेहरुको घुइँचो थप बढ्ने गर्दछ । नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक(फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...