Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

पर्सामा फुलपाती कै दिन झुन्डिएर एक युवतीको मृत्यु

spot_img
spot_img

वीरगंज । पर्सामा फुलपाती कै दिन झुन्डिएर एक युवतीको मृत्यु भएको छ । पर्साको सखुवाप्रसौनी गा.पा. वडा न.१ सखुबनिया टोल बस्ने बलिराम महतो थारुको श्रीमती बर्ष ३५ कि रनिया देवी थरुनीको झुन्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।

रनियाको आफ्नै सुत्ने कोठाको बलोमा साडीको पासो लगाई शनिबार झुण्डी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

एक महिलाको झुन्डिएर मृत्यु भएको खबर प्राप्त हुना साथ ई.प्र.का.एकटांगाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटि गएको र ई.प्र.का.पटेर्वासुगौली बाट प्र.नि.दिपक चोरवार को कमाण्डमा Soco सहितको टोली खटि गई मृतक लाशको घटनास्थल लाशजाँच प्रकृती मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शव पोस्टमार्टमका लागी नारायणी अस्पतालमा पठाइएको प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...