Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

महराबिरुद्ध बलात्कार अभियोगमा उजुरी दर्ता

spot_img
spot_img

काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराबिरुद्ध बलात्कार अभियोगमा उजुरी दर्ता भएको छ । पीडित महिला रोशनी शाहीले शुक्रबार महानगरीय प्रहरी वृत्त, बानेश्वरमा महरा बिरुद्ध जाहेरी दर्ता गराएकी हुन् ।

शाहीले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि महराले पदवाट राजीनामा दिएका थिए । यसअघि शाहीले यौन दुब्र्यवहार भएको आरोप लगाएपछि उजुरी दर्ता गरेकी थिइनन । महराको राजीनामा आएसँगै उनले बयान फेरेर दुब्र्यवहार नै नभएको दावी गरेकी थिइन् ।

जाहेरी परेसँगै प्रहरीले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाउन बाटो खुल्ला भएको छ । अब प्रहरीले महरालाई पक्राउ गर्ने सम्भावना रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...