Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

वीरगंज मेलामा नि:शुल्क स्वास्थ शिविर एवं प्रसाद बितरण

spot_img
spot_img

वीरगंज । नेपाल सोनार समाज पर्सा, नेपाल सोनार युवा समाज पर्सा तथा सोनार कालीगढ संघले वीरगन्जको प्रसिद्ध गहवा माईको मेलामा अष्टमीको दिन निशुल्क स्वास्थ शिविर एवं प्रसाद बितरण गरेको छ ।

निरज ईन्टरप्राईजेजको अगाडी राखिएको शिवीरमा स्वजातीय चिकित्सकहरूको समुहद्वारा विभीन्न किसीमको रोगहरू निःशुल्क परीक्षण गर्नुको साथै औषधि पनि बितरण भएको सोनार युवा समाज पर्साका संयोजक श्याम सरार्फले वताए ।

सोनारहरू सुनचांदीको काम र पैसा कमाउने सोच मात्रै रहेको आम बुझाईलाई चिर्न समाजको हरेक सकारात्मक गतिविधिमा सहभागी हुने सोचका साथ शिविर आयोजना गरीएको सोनार समाज पर्साका स.सचिव प्रवेश कुमार सरार्फले बताए ।

निस्वार्थ तथा नि:शुल्क गरिएको शिवीरमा निरज कुमार सरार्फ, भुलन सरार्फ, प्रमोद सरार्फ, ओमप्रकाश सर्राफ, जलेश्वर सरार्फ, दयाशकंर सरार्फ, किशन सर्राफ, उजज्वल सरार्फ लगायत युवा समाजको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...