Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

वीरगंजकाे राधेमाईमा पनि फुलपाती भित्रयाईयो

spot_img
spot_img

वीरगंज । सांसद प्रदिप यादवले शान्तिको कामना गर्दै, वीरगंजमा बाजाँगाजा सहित फुलपाती भित्र्याउनु भएको छ ।

संघिय संसदका सांसद प्रदिप यादवले देशको हरेक नागरिक सुखि र समृद्ध होस् भन्दै कामना गर्दै फुलपाती भित्रयाउनु भएको हो । संविधान संशोधनका लागी देशमा रहेको असन्तुष्टि समाप्त पार्न यस दशैंमा माता भवानीले कांग्रेस र नेकपाको बुद्धि फेरोसे भन्दै वहाँले कामना समेत गर्नु भएको छ ।

प्रत्येक वर्ष दुर्गा पुजा अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती शास्त्रीय विधिअनुसार उंंहा लगायतका भक्तजनहरुले माता दुर्गाको डोली लिई नेपाल बिधुत प्राधिकरणको प्रांगणमा पुगि मन्दिरको पुजा अर्चना गर्ने गर्छन् ।

राधेमाई मन्दिरको प्राङ्गणबाट बाजाँ गाँजा सहित हजारी साह, हिरा गिरी, उदय राज उपाध्याय, देवेन्द्र नाथ तिवारी लगायत हजारौँ दर्शनार्थीहरुको सहभागितामा निकालिएको डोलि राधेमाई, वडा प्रहरी कार्यालय श्रीपुर, तेजारथ टोल हुदै फुलपाती भित्रायाईएको थियो ।

घटस्थापनाका दिन देखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्रयाउने गरिन्छ । नव प्रतिकको नामले समेत चिनिने फूलपाती नौ देवीको रुपमा भित्रयाउने गरिन्छ ।

राधेमाई, श्रीपुर, रानीघाट, लक्षुमणवा लगायतको हजारौँ स्थानीय वासिन्दाहरुको सहभागितामा रहेको डोलि विधुत प्राधिकरणमा पुजा आज गर्दै पुनः रोधमाई मन्दिरमा पुगेर नेपाल प्रहरीका पाँच टुकडीले भगवती देवीको सलामी अर्पण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...