Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

विजया दशमीको अवसरमा ठोरीमा साँस्कृतिक कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । बिजया दशमीको अवसर पारेर आज ठोरी गाउँ पालिका वडा नं २ गौतमनगर चोकबजारमा बृहत लोकदोहोरी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा लोकगायक कुशल बेलबासेले रातो घलेकीमा, माली गाईले बाच्छी चाटेको, फुलमती, बाँसघारी जस्ता चर्चित गीतद्वारा ठोरी बासीलाई झुमाएका थिए। त्यस्तै मृदुल स्वरकी धनी एवम् चर्चित लोक गायिका पूजा बिहानीले लण्डन घुमाउन, फरिया, तिमी राम्रो हाँसोले, लालुमै, चौतारीको वर लगाएतका दर्जनौ लोक गीतले ठोरीबासीको मन जितेकी थिइन्।

त्यस्तै चर्चित लोक गाएक डोलराज परियारले तिम्रो हिडाइ सैछ , नम्बरी सुन, जून र घाम, बुबा, सारी सुहाउने जस्ता गीत गाएर ठोरी बासीलाई नाचाएका थिए।

स्थानीय कलाकारहरुको प्रस्तुति समेत भएको कार्यक्रममा सिद्देश्वर खैजडी भजन समुहले खैजडी भजन समेत प्रस्तुत गरेको कार्यक्रमको सहजीकरण पत्रकार प्रेम लामाले गरेका थिए ।

दुर्गा पूजा समितिका अध्यक्ष विकल आचार्यको अध्यक्षता तथा ठोरी समन्वय समिति चितवनका अध्यक्ष चक्र बहादुर कुँवरको प्रमुख आतिथ्यता एवम् ठोरी गाउँ पालिका वडा नं २ का वडा अध्यक्ष किशोर तामाङको विशिस्ट आतिथ्यतामा कार्यक्रम  भएको थियो । कार्यक्रममा उल्लेख्य मात्रामा जन सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...