Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

विजया दशमीको अवसरमा ठोरीमा साँस्कृतिक कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । बिजया दशमीको अवसर पारेर आज ठोरी गाउँ पालिका वडा नं २ गौतमनगर चोकबजारमा बृहत लोकदोहोरी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा लोकगायक कुशल बेलबासेले रातो घलेकीमा, माली गाईले बाच्छी चाटेको, फुलमती, बाँसघारी जस्ता चर्चित गीतद्वारा ठोरी बासीलाई झुमाएका थिए। त्यस्तै मृदुल स्वरकी धनी एवम् चर्चित लोक गायिका पूजा बिहानीले लण्डन घुमाउन, फरिया, तिमी राम्रो हाँसोले, लालुमै, चौतारीको वर लगाएतका दर्जनौ लोक गीतले ठोरीबासीको मन जितेकी थिइन्।

त्यस्तै चर्चित लोक गाएक डोलराज परियारले तिम्रो हिडाइ सैछ , नम्बरी सुन, जून र घाम, बुबा, सारी सुहाउने जस्ता गीत गाएर ठोरी बासीलाई नाचाएका थिए।

स्थानीय कलाकारहरुको प्रस्तुति समेत भएको कार्यक्रममा सिद्देश्वर खैजडी भजन समुहले खैजडी भजन समेत प्रस्तुत गरेको कार्यक्रमको सहजीकरण पत्रकार प्रेम लामाले गरेका थिए ।

दुर्गा पूजा समितिका अध्यक्ष विकल आचार्यको अध्यक्षता तथा ठोरी समन्वय समिति चितवनका अध्यक्ष चक्र बहादुर कुँवरको प्रमुख आतिथ्यता एवम् ठोरी गाउँ पालिका वडा नं २ का वडा अध्यक्ष किशोर तामाङको विशिस्ट आतिथ्यतामा कार्यक्रम  भएको थियो । कार्यक्रममा उल्लेख्य मात्रामा जन सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...