Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

कालिकामाईमा गठित जनसंघर्ष समितीले गापामा बुझायो ज्ञापन

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाकाे वडा नम्बर २ भेडिहारीमा गठित जनसंघर्ष समितीले बिहिबार गाउँपालिकाको कार्यालयमा संघर्ष समिती दर्ता गराउनुका साथै गाउँको समस्याको बारे प्रमुख प्रशासकिय अधिकृतलाई अवगत गराएको छ ।

संघर्ष समितीका संयोजक रामेश्वर चौरसियाको संयोजकत्वमा गएको दर्जनौ सदस्यहरुको टोलीले श्री सुकई साह माध्यमिक बिधालयलाई कक्षा १२ सम्मको सहम्मती दिने, बिधालयको प्रांगनमा खाल्डो भएकोले माटो पुर्ने, र विकासको बारेमा सहयोग गर्ने र भ्रष्टाचारीको बारेमा अवगत गराएको छ ।

 संघर्ष समितीको निवेदन बुझदै प्रमुख प्रशासकिय अधिकृत राजु साहले तपाईहरुको विकास प्रतिको लगनशिलताले मन खुशी भएको बताउनु भएको छ । आफुले नियम सम्मत रहेको सम्मपुर्ण कुरामा सहयोग गर्ने र बिधालयलाई १२ कक्षा सम्मको लागी गाउँपालिकाको कार्यालयले सहम्मती दिने प्रतिबद्धता गर्नु भएको छ ।

अधिकृत साहको साकारात्मक प्रतिबद्धताले समितीका संयोजक चौरसिया सहित सम्मपुर्ण टोलीले धन्यवाद दिएको सदस्य ताजिन्द्र साह कलवारले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...