Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

ठेकेदार माथि जनताले निगरानी गर्नु पर्छ : सांसद यादव

spot_img
spot_img

वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादवले सरकारी बजेटबाट भइरहेका विकास निर्माणको काममा जनताको निगरानी आवश्यक रहेको बताउनु भएको छ ।

जनता दर्शन अभियान अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर १६ शीवम टोलमा आज स्थानीयवासीसंग छलफल गर्दै सांसद यादवले ठेकेदार माथि पनि निगरानी गर्न स्थानीयसंग आग्रह गर्नुभयो । नगवामा शहरी विकासको बजेटबाट निर्माण गर्ने भनिएको सडक निर्माण कार्य अहिले सम्म पनि शुरु हुन नसकेको गुनासो स्थानीयले गरेपछि सांसद यादवले छठ पर्ब अघि उक्त सडकको काम शुरु नगरिए सडक निर्माणको ठेक्का लिएका ठेकेदार नै परिवर्तन गर्ने बताउनुभयो ।

नगवा गाँउमा रहेका सबै सडक आगामी तीन वर्ष भित्र ढलान गरि स्तरोन्नत्ती गरिने प्रतिबद्धता पनि उहाले जनाउनुभयो । वीरगन्ज महानगरमा एशीयाली विकास बैंकको ऋण अनुदानमा सन्चालित योजनामा सम्बन्धित निकायले स्थानय जनतासंग पनि सहकार्य गर्नु पर्ने सांसद यादवले बताउनुभयो ।

अपनेके सांसद अपनेके द्वार भन्ने नारा सहित सन्चालित जनता दर्शन अभियानका क्रममा आयोजित स्थानीयवासीसंगको छलफलमा सहभागी शीवम टोलका स्थानीयले प्रदेश सरकारको बजेटबाट निर्माण गरिएको सडक र नालाको काम गुणस्तरीय नभएको गुनासो सांसद यादव समक्ष गरेका थिए । उनिहरुले टोलमा सार्वजनिक शौचालय र धर्मशाला नभएको , सडक साँघुरो रहेको पनि बताएका थिए । उनिहरुले टोलको विकास लागि महानगरपालिकाले कुनै चासो नै नदेखाएको गुनासो पनि गरेका थिए ।

कार्यक्रममा टोल सुधार समितिका सचिव सन्तोष नेपालीले महिला सशक्तिकरणका लागि महिला उद्यमशीलता कार्यक्रमका लागि पहल गरिदिन सांसद यादव समक्ष आग्रह गर्नु भयो । स्थानीयको गुनासो र समस्या सुनेपछि सांसद यादवले शीवम टोलमा विद्यमान समस्या सामधानका लागि आफुले संघ , प्रदेश र स्थानीय सरकारसंग समन्वय गर्ने प्रतिबद्धता जनाउनु भयो ।

समाजवादी पार्टीका इकाइ अध्यक्ष अरुण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा अध्यक्ष श्यामबाबु चौरसीया , स्थानीय अगुवा प्रमोद कर्ण , अशोक पटेल , मुन्ना साह , विकास साह , लालदेव यादव , जनार्दन चौधरी , अशोक सर्राफ, समीर अहमद लगायतको पनि उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...