Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

जेसिजद्वारा विश्व प्रसिद्ध गढीमाई मन्दिर सरसफाई

spot_img
spot_img

कलैया २४ असोज, कलैया सिटी जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज दोश्रो दिन विश्व प्रसिद्ध गढीमाइ मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले मन्दिर परिसर मात्र होईन बरु कलैया सिटीलाई लक्षित गरि सरसफाई अभियान चलाउन भन्दै जेसीज संस्थालाई आग्रह गरेका थिए ।

त्यसैगरि गढिमाई मन्दिर संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले गढिमाई मन्दिरको परिसर सहित बाटो घाटोलाई लक्षित गरि सरसफाई अभियान संचालन गर्ने विभिन्न संघसंस्थालाई आग्रह गर्दै यो एतिहासिक पंचवर्षिय मेलालाई मध्यनजर गरि मेलाको सौन्दर्यमा सहयोग गर्न तथा यहाँ रहेका पूजा समाग्री पसलहरुलाई व्यवस्थित बनाउनमा सहयोग गर्नुपर्नेमा जोड दिएका थिए।

उक्त कार्यक्रममा गढिमाई संचालन समितिका उपाध्यक्ष विश्वनाथ प्रसाद कुशवाहा, सचिव पारस प्रसाद साह र सहसचिव सोनालाल साह कानु तथा गढिमाई प्रहरी विटका हवलदार विजय यादव, समीद मिया, सुदर्शन प्रसाद चौरसिया तथा नगर प्रहरी इन्चार्ज अनिल कुमार लहेरा, नगर प्रहरी निकु चौधरी, नमीता कुशवाहा, अजय यादव, अनिल चौरसिया लगायत जेसीसका संस्थापक सदस्य जेसी अनिल कुशवाहा, निवर्तमान अध्यक्ष धनीलाल साह सोनार, महासचिव जेसी एसएम जहाँगस्त, कोषाध्यक्ष जेसी श्रवण प्रसाद साह, कोषवृद्धी संयोजक जेसी पवन कुशवाहा, जेसीसका मनार्थ सदस्य वैजुदास समेतको सहभागिता रहेको थियो ।

सरसफाई कार्यक्रमको अध्यक्षता वर्ष २०१९का अध्यक्ष जेसी राजेश प्रसाद कुशवाहाले गर्नु भएको थियो भने आउदो दिनमा विश्व प्रसिद्ध गढिमाई मेलामा व्यवस्थापनमा समेत कलैया सिटी जेसीजका उल्लेखनीय सहभागिता रहने प्रतिबद्धता जाहेर गर्दै जेसीस संस्थाको कार्यविधि तथा संस्थाको परिचय सम्बन्धि मन्तब्य राखेका थिए।

कार्यक्रम संयोजक विजय कुशवाहा तथा कार्यक्रम संचालन उपाध्यक्ष जेसी शम्भु गुप्ताले गरेको जेसीजका मिडिया संयोजक जेसी विजय गिरीले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
दिपेन्द्र यादव
दिपेन्द्र यादव
बारा प्रतिनिधि ९८४५२६१५२७

थप समाचार

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...