Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

जनताको माया र विश्वास माथि खडा उत्रिन आफु प्रतिबद्ध : सांसद यादव

spot_img
spot_img

बिरगंज । समाजवादी पार्टी पर्सा जिल्लाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले शुरु गरेको ‘जनता दर्शन’ कार्यक्रम अन्तर्गत आज पर्सा क्षेत्र न.१ , बिरगंज महानगरपालिका वडा न.१६ को भन्सार टोल का स्थानीयहरु संग भेटघाट तथा बैठक गरेका छन् |

दशैं ,तिहार र छठ को अवसर थपि संसदको चौथो अधिवेशन सम्पन्न भएपछिको खाली समयलाई सदुपयोग गर्दै सांसद यादवले आफ्नो निर्वाचन क्षेत्रमा ‘जनता दर्शन’ कार्यक्रम शुरु गरेका हुन् । संसदको अर्को अधिवेशन शुरु नहुँदासम्म त्यो कार्यक्रमलाई निरन्तरता दिने र पर्व को बेला परत्यक्ष जनता संग भेट गरि शुभकामना साथ स्थानीय को समस्या बारे जानकार भइ समाधान तिर लागने सांसद यादवले बताए ।

निरन्तर समाज संग जोडेर सामाजिक मुद्दा उठान र समधान गर्ने तर्फ़ उन्मुख रहेका सांसद यादव ले यो खाली समयलाई विशेष रुपमा सदुपयोग गर्नका लागि आफूले ‘अपनेके सांसद, अपनेकेद्धार’ नाराका साथ जनता दर्शन कार्यक्रम शनिवारदेखि शुरु गरेको बताए ।

उनले भने क्षेत्र न.१ का जनता ले बिस्वास गरि मलाई निर्वाचित गराएको छ र म जनता को माया र बिस्वास माथि खडा उत्रिन आफु प्रतिबध रहेको भन्दै उनले आफ्नो क्षेत्रका हरेक जनताको घरमा पुगेरसमस्या बुझ्ने र त्यो समस्या तत्कालै समाधान गर्ने आफ्नो योजना रहेको बताए ।

बिरगंज महानगरपालिका को वडा न. १६ अन्तर्गत इनर्वा र को दलित बस्ति र भन्सार टोल का दलित , युवा , बृद्ध बृद्धा, महिला तथा अन्य स्थानीय संग भेटि समस्या,गुनासो , बिकाश का योजना बारे बुझेका सांसद यादव आफु छिटो भन्दा छिटो समस्या समाधान गर्ने र बिकाश तर्फ आवस्यक हरेक निकाय एवं मन्त्रालय र सथानीय सरोकार वाला संग समन्वय गरि क्षेत्र को जनतालाइ विकास को प्रतिभुती दिलाउने बाचा गरे |

जनता दर्शन कार्यक्रम मा स्थानीयले भौतिक सरचनाको आवश्यकता,सार्वजनिक शौचालय, सडकको मर्मत सम्भार, गाउँका बिजुली पोलहरुमा बती , सुधा खाने पनि लगायतको समस्या राखेका थिए |

सो जनता दर्शन कार्यक्रम मा वडा न.१६ का अध्यक्ष श्यामबाबु चौरसिया , समाजवादी पार्टी का नेता सुन्दर प्रसाद कुर्मी , बिरगंज महानगरपालिका का कार्यपालिका सदस्य सुशील साह कानु , समाजवादी पार्टी वडा न. १६ का इकाई अध्यक्ष अरुण यादव , स्थानीय अगुवा मुन्ना पटेल , लालदेव यादव , नगिना यादव लगायत सैक्ड़ो स्थानीयबासि को सहभागिता रहेको थियो |

बिरगंज को वडा न.३० लालपर्सा बाट सुरु गरिएको जनता दर्सन कार्यक्रम अन्तर्गत छिटै क्षेत्र न. १ को हरेक टोल र घर सम्म पुगे र हरेक व्यक्ति संग प्रत्यक्ष जोडिने बताए |

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...