Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

जनताको माया र विश्वास माथि खडा उत्रिन आफु प्रतिबद्ध : सांसद यादव

spot_img
spot_img

बिरगंज । समाजवादी पार्टी पर्सा जिल्लाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले शुरु गरेको ‘जनता दर्शन’ कार्यक्रम अन्तर्गत आज पर्सा क्षेत्र न.१ , बिरगंज महानगरपालिका वडा न.१६ को भन्सार टोल का स्थानीयहरु संग भेटघाट तथा बैठक गरेका छन् |

दशैं ,तिहार र छठ को अवसर थपि संसदको चौथो अधिवेशन सम्पन्न भएपछिको खाली समयलाई सदुपयोग गर्दै सांसद यादवले आफ्नो निर्वाचन क्षेत्रमा ‘जनता दर्शन’ कार्यक्रम शुरु गरेका हुन् । संसदको अर्को अधिवेशन शुरु नहुँदासम्म त्यो कार्यक्रमलाई निरन्तरता दिने र पर्व को बेला परत्यक्ष जनता संग भेट गरि शुभकामना साथ स्थानीय को समस्या बारे जानकार भइ समाधान तिर लागने सांसद यादवले बताए ।

निरन्तर समाज संग जोडेर सामाजिक मुद्दा उठान र समधान गर्ने तर्फ़ उन्मुख रहेका सांसद यादव ले यो खाली समयलाई विशेष रुपमा सदुपयोग गर्नका लागि आफूले ‘अपनेके सांसद, अपनेकेद्धार’ नाराका साथ जनता दर्शन कार्यक्रम शनिवारदेखि शुरु गरेको बताए ।

उनले भने क्षेत्र न.१ का जनता ले बिस्वास गरि मलाई निर्वाचित गराएको छ र म जनता को माया र बिस्वास माथि खडा उत्रिन आफु प्रतिबध रहेको भन्दै उनले आफ्नो क्षेत्रका हरेक जनताको घरमा पुगेरसमस्या बुझ्ने र त्यो समस्या तत्कालै समाधान गर्ने आफ्नो योजना रहेको बताए ।

बिरगंज महानगरपालिका को वडा न. १६ अन्तर्गत इनर्वा र को दलित बस्ति र भन्सार टोल का दलित , युवा , बृद्ध बृद्धा, महिला तथा अन्य स्थानीय संग भेटि समस्या,गुनासो , बिकाश का योजना बारे बुझेका सांसद यादव आफु छिटो भन्दा छिटो समस्या समाधान गर्ने र बिकाश तर्फ आवस्यक हरेक निकाय एवं मन्त्रालय र सथानीय सरोकार वाला संग समन्वय गरि क्षेत्र को जनतालाइ विकास को प्रतिभुती दिलाउने बाचा गरे |

जनता दर्शन कार्यक्रम मा स्थानीयले भौतिक सरचनाको आवश्यकता,सार्वजनिक शौचालय, सडकको मर्मत सम्भार, गाउँका बिजुली पोलहरुमा बती , सुधा खाने पनि लगायतको समस्या राखेका थिए |

सो जनता दर्शन कार्यक्रम मा वडा न.१६ का अध्यक्ष श्यामबाबु चौरसिया , समाजवादी पार्टी का नेता सुन्दर प्रसाद कुर्मी , बिरगंज महानगरपालिका का कार्यपालिका सदस्य सुशील साह कानु , समाजवादी पार्टी वडा न. १६ का इकाई अध्यक्ष अरुण यादव , स्थानीय अगुवा मुन्ना पटेल , लालदेव यादव , नगिना यादव लगायत सैक्ड़ो स्थानीयबासि को सहभागिता रहेको थियो |

बिरगंज को वडा न.३० लालपर्सा बाट सुरु गरिएको जनता दर्सन कार्यक्रम अन्तर्गत छिटै क्षेत्र न. १ को हरेक टोल र घर सम्म पुगे र हरेक व्यक्ति संग प्रत्यक्ष जोडिने बताए |

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...