Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

कृषिमा सरकारले दिएको सुविधा सदुपयोग गर्न सांसद यादवको आग्रह

spot_img
spot_img

वीरगन्ज । आफनो निर्वाचन क्षेत्रका जनताका समस्या र गुनासो सुन्न दुइ साता यता देखि सन्चालन गरेको जनता दर्शन अभियान अन्तर्गत पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादवले आज वीरगन्ज महानगरपालिका वडा नम्बर १६ को इनर्वामा स्थानीयसंंग छलफल गर्नु भएको छ ।

छलफलमा सहभागी इनर्वाका स्थानीयवासीले टोृलमा रहेको समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए । स्थानीयको गुनासो सुनेपछि सांसद यादवले इनर्वामा कृषिको प्रचुर सम्भावना रहेको र कृषिकै लागि सरकारले पनि विभिन्न योजना ल्याएकाले त्यसको सदुपयोग गर्न स्थानीयसंग आग्रह गर्नुभयो ।

सहकारी संस्थाहरुको बदमाशी बढ्दै गएकाले कृषकहरुले बचत वा कर्जाका लागि कृषि विकास बैंकमा कारोबार गर्नु पर्नेमा यादवले जोड दिनुभयो ।

इनर्वामा रहेका सबै विद्युत पोलहरुमा आगामी १० दिन भित्रै बल्बहरु जडान गरिने प्रतिबद्धता पनि उहाले जनाउनुभयो । नेपाल भारतको सीमा रहेका कारण इनर्वाको विकास गर्नु अत्यन्त जरुरी रहेको भन्दै उहाले इनर्वाको विकास भए मात्रै वीरगन्जको विकास हुन सक्ने बताउनुभयो ।

उहाले इनर्वामा रहेको सामुदायीक विद्यालयमा भवन , गाँउमा प्रवेशद्धार र धर्मशाला निर्माणका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । इनर्वामा विद्यमाान समस्याहरु सामधानका लागि संघ , प्रदेश र स्थानीयि सरकारसंग समन्वय गर्न आफुले पहल गर्ने पनि उहाले बताउनुभयो ।

समाजवादी पार्टीका जिल्ला सदस्य लालदेव यादवको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी पार्टीका इकाइ अध्यक्ष अरुण यादव, स्थानीय नेताहरु सुरेश राम , मकबुल मिया ठकुराइ , रामनाथ राम , हरिशंकर यादव , सबाबुद्धिन अन्सारी , हृदेश पटेल , मुन्ना साह , अशोक पटेल लगायतको पनि उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...