Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

महुवनमा आयोजित कुस्ती प्रतियोगिताको सांंसद यादवद्वारा उद्घाटन

spot_img
spot_img

विरगंज । वडा दशैंको अवसरमा पर्साको सखुवापर्सौैनी गाउँपालिकाको महुवनमा आज आयोजना भएको बिराट कुस्ती प्रतियोगिताको समुद्घाटन सांसद प्रदिप यादवले गर्नुभएको छ ।

संस्कृति तथा खेलकुद प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरीएको कुस्ती प्रतियोगितालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती समेत रहनुभएका सांसद यादवले मधेसको शानको रुपमा रहेको कुस्ती खेललाई प्रवर्द्धन गर्न सके प्रदेश दुईको नाम विश्व जगतमा पुर्याउन सकिने बताउनुभएको छ ।

देशका शासकहरूले मधेसको यस्ता हिराहरूलाई पहिचान गर्न ढिलाई गरेकाले कुस्ती खेल स्थानीय आयोजनामा मात्रै सिमित रहेको बताउँदै उहाँले मधेसको पहिचान तथा कुस्ती खेलाडीका गोल्डमेडलिष्ट र नव खेलाडीहरूको मनोबल बढाउने खालका कार्यक्रम केन्द्रीय स्तरबाटै आयोजना हुनेपर्नेमा आफुले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सखुवा प्रसौनी गाउँपालीकाका अधयक्ष प्रदीप जयसवाल अध्यक्षतामा भएको प्रतियोगितामा प्रदेश सांसद प्रहलाद गिरी, प्रदेश सांसद मजुर अंसारी, जगरनाथपुर गाउँपालीकाका प्रमुख जालीम मियाँ, समाजबादी पार्टी पर्साका संयोजक राम नरेश यादव, सचिव तबरेज अहमद , वडाध्यक्ष असलम आलम लगायतको उपस्थिती रहेको थियो ।

कुस्ती प्रतियोगितामा नेपालको पर्सा, बारा , रौतहट ,धनुषा लगायत भारतको दिल्ली, बनारस, गोरखपुर, ,कुशीनगर , रामनगर लगायतका स्थानबाट राष्ट्रिय स्तरका ख्याती प्राप्त कुस्ति खेलाडीहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...