Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

६ महिला सहित ४५ जनाले गरे रक्तदान

spot_img
spot_img

बारा । कलैया सिटी जेसीजद्धारा रक्तदान कार्यक्रम सम्पन्न, ६ जना महिला सहित ४५ जनाले गरे रक्तदान कलैया २३ असोज कलैया सिटी जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पहिलो दिन जेसीज सप्ताह उद्घाटन रक्तदान कार्यक्रम गरि शुरु भएको छ ।

उक्त कार्यक्रमको उद्घाटन वर्ष २०१९ का अध्यक्ष जेसी राजेश प्रसाद कुशवाहाले रक्तदान गरि कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो जसमा रविता चौरसिया, निरमा चौधरी, कल्पना गिरी सहित ६ जना महिला तथा जेसी अनिल कुशवाहा श्रवण प्रसाद साह, शम्भु गुप्ता, दिवाकर गुप्ता लगायत जम्मा ४५ जनाले रक्तदान गरेका थिए ।

सप्ताहव्यापी कार्यक्रको उद्घाटन समारोह तथा रक्तदान कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रम ख नवल किशोर सिंहले जेसीजको आफ्नो कार्यविधी छुट्टै रहेकोमा अभार प्रकट गर्दै अझै समाजमा रहेका विकृति,विसंगतिहरुलाई औंल्याई जेसीजले यस क्षेत्रमा पनि लाग्नु पर्नेमा जोड दिनुभएको थियो ।

त्यसैगरि विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणि पोख्रेलले समाजमा फैलिएका दहेज प्रथा, बहुविवाह, बाल विवाह जस्ता समाजिक कुरितीहरुलाई न्युनीकरण तर्फ पनि जेसीजले अगाडी बढने आग्रह गर्दै विश्व प्रसिद्ध गढिमाई मेलाको व्यवस्थापन तथा सरसफाईमा पनि सहभागिता जनाउन जोड दिएका थिए ।

त्यसै गरि उक्त कार्यक्रममा प्रहरी उपरिक्षक विकास राज खनाल, सशस्त्र प्रहरी उपरिक्षक प्रकाश थापा, राजपा बाराका संयोजक महम्मद फिरोज, अन्जली इन्टरप्राइजेजका संचालक अनिल साह, अतिथि जेसीजका पुर्व अध्यक्ष जेसी गंगा सागर कुशवाहा, निवर्तमान अध्यक्ष जेसी धनीलाल सोनार, कलैया उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जटाशंकर सहनी तथा वडा नं. २ का अध्यक्ष तथा जेसीज सदस्य राजेश महतो, रक्तसन्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डे, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य सिकेन्द्र पासवान, संस्कार एफएमका राजेश कुशवाहा, नेकपाका युवा नेता मुकेश साह, समाजसेवी मोबारक अन्सारी, कासिम अन्सारी, टाफिक प्रहरीका प्रहरी नायब निरिक्षक दिपेन्द्र साह लगायत जेसीसका संस्थापक सदस्य जेसी अनिल कुशवाहा, महासचिव जेसी एसएम जहाँगस्त, कोषाध्यक्ष जेसी श्रवण प्रसाद साह, कार्यकारीणी उपाध्यक्ष द्धय जेसी निरमा चौधरी, जेसी संदीप बरै, कोषवृद्धी संयोजक जेसी पवन कुशवाहा, जेसीसका मनार्थ सदस्य वैजुदास, उपाध्यक्ष जेसी दिवाकर प्रसाद गुप्ता समेतको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रमको अध्यक्षता वर्ष २०१९का अध्यक्ष जेसी राजेश प्रसाद कुशवाहाले गर्नु भएको थियो भने कार्यक्रम संयोजक तथा जेसीज उपाध्यक्ष जेसी शम्भु गुप्ता रहेको जेसीजका मिडिया संयोजक जेसी विजय गिरीले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...