Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

नेपाली कांग्रेसले संविधान संशोधन गर्छ : नेता रिजाल

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसले संविधान संशोधन गरी मधेशको मांग सम्बोधनगर्ने नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले वताउनु भएको छ । पर्साको धोबिनी गाउँपालिकामा आयोजित नेपाली कांग्रेसको कार्यकर्ता भेलालाई सम्बोधन गर्दैकेन्द्रिय सदस्य रिजालले अगामी चुनाव कांग्रेसले जितेर संविधान संशोधन गर्ने वताउनुभयो ।

पार्टी सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले संविधान संशोधनको लागिसंसदमा प्रस्ताव दर्ता गराएको अवगत गराउदै रिजाले अगामी चुनाव जितेपछि सोही प्रस्तावपारित गराउने आश्वासन दिनु भयो । भोलीको भविष्य युवाको भएको भन्दै रिजाललेयुवाहरुलाई पार्टीमा सक्रिय भई लाग्न आवहान समेत गर्नु भयो ।

युवा नेता नविन सिंहले समाजवादी र नेकपाको सरकार भ्रष्टचारमा लिप्त भएकोले कांग्रेसको विकल्प नरहेकोवताउनु भयो । सरकारको अगुवाईमा भइरहेको भ्रष्टचारको विरुद्ध युवाहरु लाग्नु पर्नेधारणा राख्नु भयो ।

धोबिनी गाउँपालिका वडा नं. २ भिखमपुरको वोथ सभापति रामशिषराउत कुर्मीको अध्यक्षतामा भएको भेलामा महाधिबेशन प्रतिनिधी बशिष्ठनारायण कुर्मी,क्षेत्र नं. ४ का सभापति रमेश पाण्डे, सचिव श्रीकान्त यादव, बलिष्टर अहमद लगायतकालेमन्तव्य राखेका थिए ।

धोबिनी गाउँपालिकाको वडा नं. १ र २ को भएको कार्यकता भेलामापार्टी प्र्रबेश र हिन्दुहरुको महान चाड दिपावली तथा छठ पर्वको सुभकामना अदान प्रदानसमेत भएको थियो । भेलामा स्थानिय नेता शिवचन्द्र साह, धरमान पटेल, जितेन्द्र पटेल,बिरेन्द्र महतो लगायत ३१ जनाले पार्टी प्रबेश समेत गरेको जिल्ला सदस्य समेत रहेका युवानेता सिंहले जानकारी गराउनु भयो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...