Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026

साधारण तारेखमा सांसद प्रमोद साह रिहा

spot_img
spot_img

धनुषा । जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ पर्नु भएका राजपा नेपालका सांसद प्रमोद साह साधारण तारेखमा रिहा हुनु भएको छ ।

जिल्ला अदालत धनुषाको इजलास नं. ३ का न्यायाधीश तेजप्रसाद पौडेलले सांसद साहलाई साधारण तारेखमा रिहा गर्न आदेश दिनु भएको हो ।

शुक्रबार जिल्ला अदालतमा थुनछेक बहस भएलगतै साधारण तारेखमा छोड्ने आदेश दिएको हो । गएको सोमबार जनकपुर विमानस्थलमा बुद्ध एअरको विमान ढिलो भएको भन्दै काउण्टर तोडफोड गरेपछि सांसद साहलाई मंगलबार काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी प्रहरीले जनकपुर ल्याएको  थियो ।

बुधबार जिल्ला अदालत धनुषाले उहाँलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको थियो ।

सांसद साहलाई ४ दिन हिरासतमा राखेर घटनाको अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिए पनि प्रहरीले भने दुई दिन अगाडि नै घटनाको अनुसन्धान गरिसकेको बताएको छ ।

नागरिक उड्डयन प्राधिकरणले सांसद साहमाथि गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत तोडफोड मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएपछि प्रहरीले उहाँलाई पक्राउ गरेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सुनसरी गोलीकाण्डको विरोधमा वीरगंजमा प्रदर्शन, घण्टाघरमा टायर बालेर नाराबाजी

वीरगंज । सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक हिन्दु युवकको मृत्यु भएको घटनाको विरोधमा सोमबार साँझ वीरगंजमा हिन्दु संगठन तथा सर्वसाधारणले विरोध प्रदर्शन गरेका...

‘आत्महत्या होइन, हत्या हो’ भन्दै लक्ष्मी सिलवाल प्रकरणमा न्यायको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा गत शुक्रबार मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिन...

पर्सागढी–६ को सेवा सुचारु गर्न नगरपालिकालाई ७ दिने अल्टिमेटम

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ६ का सर्वपक्षीय प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकहरूले वडा कार्यालयबाट करिब तीन महिनादेखि नियमित सेवा प्रवाह...