Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

५ महिना पछि हुन लागेको गाउँ सभा बहुमत सदस्यले बहिस्कार गर्ने

spot_img
spot_img

वीरगंज । पर्साको पकहा मैनपुर गाउँपालिकाको ५ महिना पछि हुन लागेको गाउँ सभा बहुमत गाउँ सभा सदस्यले बहिस्कार गर्ने जनाएका छन् । आर्थिक बर्ष २०७६/०७७ को बजेट, निति तथा कार्यक्रम तय गर्न असार मसान्त भित्र गर्नु पर्ने सभा कार्तिक ८ गते तय गरिए पनि उपाध्यक्ष सहितको बहुमत सदस्यले बहिस्कार गर्ने वताएका छन् ।

गाउँपालिकाकी उपाध्यक्ष कुसमी देबी सहितको १६ जना गाउँ सभा सदस्यले सोमबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै सभा बहिस्कार गर्ने वताएका हुन । पत्रकार सम्मेलनमा सहभागि उपाध्यक्ष, दुई गाउँ कार्यपालिका सदस्य सहितका गाउँ सभा सदस्यहरुले विगत बर्ष झै यस बर्ष पनि जनप्रतिनिधि लगायत जनतालाई गुमराहमा पारी अनियमित तरिकाले एकलौटी रुपमा आ.व. २०७६÷०७७ को गाउँ परिषद गर्न खोजिएकोले हाम्रो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

गाउँ परिषद गर्नु अघि विगतको आर्थिक बर्षको आय व्यय गाउँपालिकाको वेभसाईटमा साइटमा राख्नु पर्ने, गाउँ परिषद गर्नको लागि जनताको सल्लाह, सुझाव बमोजिम हरेक वडाबाट वडा समितिको निर्णय अनुसार योजना संकलन गर्नु पर्ने, पकहा मैनपुर स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स मर्मतको नाममा ५ लाख खर्च भुक्तानी भए पनि हाल सम्म संचालनमा नआउनुको कारण जानकारी गराउनु पर्ने, आ.व. २०७५/०७६ धारा जडानको लागि रु ९ लाख निकासा भए पनि धारा जडान नभएकोले कहां खर्च भएको प्रष्ट पार्नु पर्ने, आ.व. २०७५/०७६ मा भागबन्डाको अधारमा भएको अनियमित तरिकाले नातागोताको न्युक्ति खारेज गरी पारदर्शी रुपमा विज्ञापन गरी गर्नु पर्ने ५ बुंदै मांग गाउँ सभा सदस्यहरुको रहेको छ ।

असन्तुष्ट गाउँ सभा सदस्यहरुले पकहा मैनपुर गाउँपालिका हकहित संरक्षण समिति नै गठन गरी गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुको विरोधमा उत्रेका छन् ।

आफुहरुले २ महिना अगाडी ५ बुंदे माग राखेर गाउँपालिका अध्यक्ष विजय चौरसिया र प्रमुख प्रशासकिय अधिकृत सुनिल चौरसियालाई ज्ञापन पत्र बुझाए पनि हालसम्म सुनवाई नभएको पनि गाउँ सभामा सहभागि हुन पत्र प्राप्त भए पछि आफुहरु विरोधमा उत्रेको पत्रकार सम्मेलनमा सहभागि गाउँ सभा सदस्य महेन्द्र रामले वताए ।

पत्रकार सम्मेलनमा सहभागि १६ जना गाउँ सभा सदस्यहरुले हस्ताक्षर गरेको प्रेस विज्ञप्ती मार्फत कार्तिक ८ गते शुक्रबार हुने भनिएको गाउँ परिषद बहिस्कार गर्ने निर्णय गरेको घोषणा गरेका हुन ।

आफुहरुको सहभागिता बेगर बल जबर्जस्ती गाउँ सभा गरिए आफुहरु चरणबद्ध आन्दोलनमा उत्रने बाध्य हुने गाउँ कार्यपालिका सदस्य महम्द जाकिर हुसेनले वताए ।

असन्तुष्टहरुमा अधिकांश एक देखी ५ नम्बर वडाका अधिकांश वडा सदस्यहरु रेहका छन् । गाउँपालिकाकी उपाध्यक्ष कुसमी सहित, गाउँ कार्यपालिका सदस्य जाकिर हुसेन, शिला देवी, वडा नं. एकका वडा सदस्य विनोद सहनी, २ का वडा सदस्य जगदिश दास तात्वा, गोपाल बैठा, सोना देवी, वडा नं. ३ का वडा सदस्य जानमहम्द मियाँ, वडा नं. ४ का वडा सदस्य ईद्रिस मियाँ हवारी, अनिल प्रसाद तेली, संजु देवी, वडा नं. ५ का वडा सदस्य महेन्द्र राम, रमावती देवी, विश्वनाथ प्रसाद चौरसिया, देवतरी देवीको पत्रकार सम्मेलनमा सहभागि थिए ।

प्रेस विज्ञप्तीमा वडा नं. ३ का वडा सदस्य मोटर राउत कम्करको नाम लेखिए पनि उनले हस्ताक्षर गरेका छैनन् ।

प्रमुख प्रशासकिय अधिकृत चौरसियाले हस्ताक्षर गरेको पत्र कार्तिक ८ गते हुने तेस्रो गाउँ सभामा सहभागि हुन गाउँ सभा सदस्यहरुको घरमा पुगेको छ । गाउँ सभा सदस्यहरुको समक्ष गाउँ सभामा सहभागि हुने पत्र पुगे लग्तै बहुमत गाउँ सभा सदस्यहरुले विरोध गरे पछि पुनः गाउँ सभा अन्योलमा परेको छ ।

गाउँ सभा नहुदा गाउँपालिका अन्तर्गतका शिक्षक, कर्मचारीहरु आर्थिक बर्ष २०७६/०७७ को साउन महिना देखी तलब पाउन सकेका छैनन् भने बिकास निर्माणको काम प्रभावित भएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...