Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

५ महिना पछि हुन लागेको गाउँ सभा बहुमत सदस्यले बहिस्कार गर्ने

spot_img
spot_img

वीरगंज । पर्साको पकहा मैनपुर गाउँपालिकाको ५ महिना पछि हुन लागेको गाउँ सभा बहुमत गाउँ सभा सदस्यले बहिस्कार गर्ने जनाएका छन् । आर्थिक बर्ष २०७६/०७७ को बजेट, निति तथा कार्यक्रम तय गर्न असार मसान्त भित्र गर्नु पर्ने सभा कार्तिक ८ गते तय गरिए पनि उपाध्यक्ष सहितको बहुमत सदस्यले बहिस्कार गर्ने वताएका छन् ।

गाउँपालिकाकी उपाध्यक्ष कुसमी देबी सहितको १६ जना गाउँ सभा सदस्यले सोमबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै सभा बहिस्कार गर्ने वताएका हुन । पत्रकार सम्मेलनमा सहभागि उपाध्यक्ष, दुई गाउँ कार्यपालिका सदस्य सहितका गाउँ सभा सदस्यहरुले विगत बर्ष झै यस बर्ष पनि जनप्रतिनिधि लगायत जनतालाई गुमराहमा पारी अनियमित तरिकाले एकलौटी रुपमा आ.व. २०७६÷०७७ को गाउँ परिषद गर्न खोजिएकोले हाम्रो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

गाउँ परिषद गर्नु अघि विगतको आर्थिक बर्षको आय व्यय गाउँपालिकाको वेभसाईटमा साइटमा राख्नु पर्ने, गाउँ परिषद गर्नको लागि जनताको सल्लाह, सुझाव बमोजिम हरेक वडाबाट वडा समितिको निर्णय अनुसार योजना संकलन गर्नु पर्ने, पकहा मैनपुर स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स मर्मतको नाममा ५ लाख खर्च भुक्तानी भए पनि हाल सम्म संचालनमा नआउनुको कारण जानकारी गराउनु पर्ने, आ.व. २०७५/०७६ धारा जडानको लागि रु ९ लाख निकासा भए पनि धारा जडान नभएकोले कहां खर्च भएको प्रष्ट पार्नु पर्ने, आ.व. २०७५/०७६ मा भागबन्डाको अधारमा भएको अनियमित तरिकाले नातागोताको न्युक्ति खारेज गरी पारदर्शी रुपमा विज्ञापन गरी गर्नु पर्ने ५ बुंदै मांग गाउँ सभा सदस्यहरुको रहेको छ ।

असन्तुष्ट गाउँ सभा सदस्यहरुले पकहा मैनपुर गाउँपालिका हकहित संरक्षण समिति नै गठन गरी गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुको विरोधमा उत्रेका छन् ।

आफुहरुले २ महिना अगाडी ५ बुंदे माग राखेर गाउँपालिका अध्यक्ष विजय चौरसिया र प्रमुख प्रशासकिय अधिकृत सुनिल चौरसियालाई ज्ञापन पत्र बुझाए पनि हालसम्म सुनवाई नभएको पनि गाउँ सभामा सहभागि हुन पत्र प्राप्त भए पछि आफुहरु विरोधमा उत्रेको पत्रकार सम्मेलनमा सहभागि गाउँ सभा सदस्य महेन्द्र रामले वताए ।

पत्रकार सम्मेलनमा सहभागि १६ जना गाउँ सभा सदस्यहरुले हस्ताक्षर गरेको प्रेस विज्ञप्ती मार्फत कार्तिक ८ गते शुक्रबार हुने भनिएको गाउँ परिषद बहिस्कार गर्ने निर्णय गरेको घोषणा गरेका हुन ।

आफुहरुको सहभागिता बेगर बल जबर्जस्ती गाउँ सभा गरिए आफुहरु चरणबद्ध आन्दोलनमा उत्रने बाध्य हुने गाउँ कार्यपालिका सदस्य महम्द जाकिर हुसेनले वताए ।

असन्तुष्टहरुमा अधिकांश एक देखी ५ नम्बर वडाका अधिकांश वडा सदस्यहरु रेहका छन् । गाउँपालिकाकी उपाध्यक्ष कुसमी सहित, गाउँ कार्यपालिका सदस्य जाकिर हुसेन, शिला देवी, वडा नं. एकका वडा सदस्य विनोद सहनी, २ का वडा सदस्य जगदिश दास तात्वा, गोपाल बैठा, सोना देवी, वडा नं. ३ का वडा सदस्य जानमहम्द मियाँ, वडा नं. ४ का वडा सदस्य ईद्रिस मियाँ हवारी, अनिल प्रसाद तेली, संजु देवी, वडा नं. ५ का वडा सदस्य महेन्द्र राम, रमावती देवी, विश्वनाथ प्रसाद चौरसिया, देवतरी देवीको पत्रकार सम्मेलनमा सहभागि थिए ।

प्रेस विज्ञप्तीमा वडा नं. ३ का वडा सदस्य मोटर राउत कम्करको नाम लेखिए पनि उनले हस्ताक्षर गरेका छैनन् ।

प्रमुख प्रशासकिय अधिकृत चौरसियाले हस्ताक्षर गरेको पत्र कार्तिक ८ गते हुने तेस्रो गाउँ सभामा सहभागि हुन गाउँ सभा सदस्यहरुको घरमा पुगेको छ । गाउँ सभा सदस्यहरुको समक्ष गाउँ सभामा सहभागि हुने पत्र पुगे लग्तै बहुमत गाउँ सभा सदस्यहरुले विरोध गरे पछि पुनः गाउँ सभा अन्योलमा परेको छ ।

गाउँ सभा नहुदा गाउँपालिका अन्तर्गतका शिक्षक, कर्मचारीहरु आर्थिक बर्ष २०७६/०७७ को साउन महिना देखी तलब पाउन सकेका छैनन् भने बिकास निर्माणको काम प्रभावित भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...