Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026

बरिष्ठ नेता नेपाल सहभागि भएको नेकपाको कार्यक्रममा जिल्ला अध्यक्ष नै गाएब

spot_img
spot_img

वीरगंज । नेकपा वीरगंज महानगर कमिटिले आइतबार आयोजना गरेको शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रमले नेकपा भित्रको गुट झन उजागर भएको छ । हिन्दुहरुको महान चाड दिपावली तथा छठ पर्वको शुभकामना अदानप्रदान कार्यक्रमका प्रमुख अतिथी नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल भए पनि पर्सा जिल्ला अध्यक्ष प्रभु हजरा लगायतका पर्साका केही नेता नै कार्यक्रममा सहभागि नभए पछि पार्टी भित्रको गुट झन उजागर भएको हो ।

वीरगंज नगर सभा गृहमा आयोजित शुभकामना अदान प्रदान तथा चियापान कार्यक्रममा पर्सा अध्यक्ष हजरा सहित नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह पक्षधर पर्साका केही नेताहरु सहभागि भएनन् । कार्यक्रममा प्रदेश अध्यक्ष साह पक्षधर मानिएका पर्सा अध्यक्ष हजरा, प्रदेश सदस्य बाबुराम कौशिक, रामदरश कुशवाहा, रामबाबु बैठा, जिल्ला सदस्य बसरुदिन अन्सारी लगायतका नेताहरु कार्यक्रममा सहभागि थिएनन् ।

जिल्ला अध्यक्ष हजरा सहित प्रदेश अध्यक्ष साह पक्षधर नेताहरु कार्यक्रममा सहभागि नभए पछि कार्यक्रम हल भित्र नै कानाफुसी सुरु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ नेता नेपालले मन्तव्यको क्रममा सब थोकको हिसाब किताब हुने वताए । उनले पार्टी भित्र आफु पनि काम नर्गे र काम गर्नेलाई पनि गर्न नदिने प्रवितृ हावी हुदै गएकोले त्यस्तो हुन नदिने वताए ।

महानगर समितिले आयोजना गरेको कार्यक्रम एक दिन अगाडी देखी नै हुन नदिन नेकपाका केही नेताहरु प्रयास गरे पनि तिनिहरु असफल भए पछि कार्यक्रममा सहभागि नभएको नेकपा कै एक नेताले वताए । महानगर समितिले आयोजना गरेको सुभकामना अदान प्रदान कार्यक्रम स्थगित गर्नु पर्ने पक्षमा नेकपाका केन्द्रिय सदस्य रामचन्द्र साह भए पनि उनि कार्यक्रममा सहभागि भएका थिए ।

कार्यक्रममा उधोग मन्त्री मातृका यादव पक्षधर मानिएका पर्साका नेता प्रदेश सदस्य छोटालाल यादव सहभागि भए पनि कार्यक्रम संचालकले आशन ग्रहणको लागि आग्रह गर्दा पनि उनि मन्चमा गएनन् । कार्यक्रममा सहभागि नहुन पर्सा अध्यक्ष हजारा लगायतका केही नेताहरुले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेको नेकपाका नेताहरु बताउन्छन ।

पर्सा तथा वीरगंजमा बढी प्रभाव भएको प्रदेश अध्यक्ष साहले कार्यक्रमको प्रमुख अतिथी बरिष्ठ नेता नेपाललाई बनाइए पछि असन्तुष्ट भएको वताइन्छ । महानगर समिति अध्यक्ष रहबर अन्सारी तत्कालिन नेकपा माओबादीको भए पनि तत्कालिन एमालेका हालका नेकपा महानगर सचिव बिशवम्भर शर्माको आग्रहमा बरिष्ठ नेता नेपाललाई प्रमुख अतिथी बनाइए पछि कार्यक्रम विवादित भएको नेकपा स्रोतले जनाएको छ ।

कार्यक्रम आयोजनाले महानगर अध्यक्ष अन्सारीलाई झन फाइदा हुनु पर्ने सबै नेता संग राम्रो रहेको उनको सम्बन्धमा पनि असर पर्ने वताइन्छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो,...

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको...

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...