Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

बहुदरमाईको रामनगरीमा छात्राहरुलाई साईकल वितरण

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाको वडा नम्बर ८ मा आज एक कार्यक्रमका बिच छात्राहरुलाई साईकल बितरण गरिएको छ । नगरपालिले श्री देवनन्दनराज उच्च माध्यमिक बिधालय रामनगरीका कक्षा ९, १०, ११ र १२ का १ सय १४ जना छात्राहरुलाई साईकल वितरण गरेको हो ।

विद्यालय भएको एक कार्यक्रमका विच कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख नितेन्द्र साहले साईकल बितरण गर्नु भयो ।

बिधालय ब्यवस्थापन समितीका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको साईकल बितरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रकाश महर्जन, वडा नम्बर ८ का वडाध्यक्ष पुनिलाल साह तेली , वडा नम्बर २ का वडाध्यक्ष जितेन्द्र पटेल, ९ का वडाध्यक्ष रबि गुप्ता, प्रध्यानाध्यपक, शिक्षक, अभिभवाक र गाउँका गण्मान्य ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

छात्राहरुलाई शिक्षा प्रति थप जिम्मेवार बनाउन र अध्ययन अध्यापन सहज बनाउने उदेश्य राखी साईकल बितरण गरिएको नगरपालिका कार्यालयका समाजिक शाखाका संयोजक रामबाबु पटेलले बताउनु भयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...