Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

बहुदरमाईको रामनगरीमा छात्राहरुलाई साईकल वितरण

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाको वडा नम्बर ८ मा आज एक कार्यक्रमका बिच छात्राहरुलाई साईकल बितरण गरिएको छ । नगरपालिले श्री देवनन्दनराज उच्च माध्यमिक बिधालय रामनगरीका कक्षा ९, १०, ११ र १२ का १ सय १४ जना छात्राहरुलाई साईकल वितरण गरेको हो ।

विद्यालय भएको एक कार्यक्रमका विच कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख नितेन्द्र साहले साईकल बितरण गर्नु भयो ।

बिधालय ब्यवस्थापन समितीका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको साईकल बितरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रकाश महर्जन, वडा नम्बर ८ का वडाध्यक्ष पुनिलाल साह तेली , वडा नम्बर २ का वडाध्यक्ष जितेन्द्र पटेल, ९ का वडाध्यक्ष रबि गुप्ता, प्रध्यानाध्यपक, शिक्षक, अभिभवाक र गाउँका गण्मान्य ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

छात्राहरुलाई शिक्षा प्रति थप जिम्मेवार बनाउन र अध्ययन अध्यापन सहज बनाउने उदेश्य राखी साईकल बितरण गरिएको नगरपालिका कार्यालयका समाजिक शाखाका संयोजक रामबाबु पटेलले बताउनु भयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...