Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

घुम्ती पढाई कुना कार्यक्रम कालिकामाईमा सम्पन्न

spot_img
spot_img

पर्सा । राष्ट्रिय प्राम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत समुदायमा आयोजित घुम्ती पढाई कुना कार्यक्रम आज कालिकामाई गाउँपालिकाको वडा नम्बर २ स्थित रहेको श्री रामजानकी प्राथमिक बिधालयमा सम्पन भएको छ ।

युएसएड अमेरिकी जनताको सहयोग र नेपाल सरकार शिक्षा तथा प्राबिधी मंन्त्रालयको आयोजनामा भएको कार्यक्रममा समुदायमा रहेका कक्षा १ देखी ३ सम्मका बिधार्थीहरुलाई मंचमा बोलाई किताब पढन लगाइएको थियो । कार्यक्रममा १ मिनटमा ४५ वटा शब्द पढने एक दर्जन बिधार्थीहरुलाई पुरस्कार समेत  बितरण गरिएको एसओडिसीका संयोजक नरेश गुप्ताले बताए ।

श्री रामजानकी प्राथमिक बिधालय ब्यवस्थापन समितीका अध्यक्ष मोहन साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय प्राम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत जिल्ला सदस्य छठु साह, श्री सुकई साह माध्यमिक बिधालय ब्यवस्थापन समितीका अध्यक्ष शिवपुजन साह, कालिकामाई गाउँपालिका वडा नंं. २ का वडा सदस्य रामजी साह कानु, समाजसेवी अर्जुन राम, प्रध्यानाध्यापक रामबचन प्रसाद चौरसिया लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...