Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

घुम्ती पढाई कुना कार्यक्रम कालिकामाईमा सम्पन्न

spot_img
spot_img

पर्सा । राष्ट्रिय प्राम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत समुदायमा आयोजित घुम्ती पढाई कुना कार्यक्रम आज कालिकामाई गाउँपालिकाको वडा नम्बर २ स्थित रहेको श्री रामजानकी प्राथमिक बिधालयमा सम्पन भएको छ ।

युएसएड अमेरिकी जनताको सहयोग र नेपाल सरकार शिक्षा तथा प्राबिधी मंन्त्रालयको आयोजनामा भएको कार्यक्रममा समुदायमा रहेका कक्षा १ देखी ३ सम्मका बिधार्थीहरुलाई मंचमा बोलाई किताब पढन लगाइएको थियो । कार्यक्रममा १ मिनटमा ४५ वटा शब्द पढने एक दर्जन बिधार्थीहरुलाई पुरस्कार समेत  बितरण गरिएको एसओडिसीका संयोजक नरेश गुप्ताले बताए ।

श्री रामजानकी प्राथमिक बिधालय ब्यवस्थापन समितीका अध्यक्ष मोहन साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय प्राम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत जिल्ला सदस्य छठु साह, श्री सुकई साह माध्यमिक बिधालय ब्यवस्थापन समितीका अध्यक्ष शिवपुजन साह, कालिकामाई गाउँपालिका वडा नंं. २ का वडा सदस्य रामजी साह कानु, समाजसेवी अर्जुन राम, प्रध्यानाध्यापक रामबचन प्रसाद चौरसिया लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...