Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

कालिकामाईमा विभिन्न पार्टी परित्याग गरि एक सय २५ जनाद्वारा नेपाली काङ्ग्रेसमा प्रबेश

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. ४ प्रशुरामपुरमा शनिबार नेपाली काङ्ग्रेसको शुभकामना अदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेसको वडा समितिले हिन्दुहरुको महान चाड दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना अदान-प्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एक सय १२५ जना नेपाली काङ्ग्रेसमा प्रवेश समेत गरेका छ्न ।

नेपाल संघिय समाजवादी पार्टीका लक्षमण साह, नेकपाका सोनालाल दास तात्वा र मोलाजिम मियाँको नेतृत्वमा एक सय २५ जना नेपाली काङ्ग्रेसमा प्रबेश गरेको गाउँपालिका संयोजक राजेन्द्र प्रसाद कुर्मीले वताउनु भयो ।

नव प्रबेशिहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, अतिथी पुर्व मन्त्री तथा केन्द्रिय सदस्य अजय चौरसिया, पुर्व मन्त्री तथा नेता सुरेन्द्र चौधरी लगायतकाले फुलको माला र अबिरको टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।

वडा समितिका अध्यक्ष सिकेन्द्र देवानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि बृहस्पती श्रेष्ठ, क्षेत्रीय नं. ४ का सभापति रमेश पाण्डे, युवा नेता नवीन सिंह, गाउँपालीका संयोजक कुर्मी लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा स्वागत भाषण गाउँपालिका सह संयाेजक छठु साहले गरेका थिए भने कार्यक्रमको संचालन क्षेत्र नं. ४ का सचिव श्रीकान्त यादवले गरेका थिए । कार्यक्रममा स्थानिय पार्टी कार्यकर्ता तथा गाउँबासीको उल्लेखनिय उपस्तिथि रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...