Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
Home Blog Page 1082

१० के.जी. चाँदी सहित भारतिय नागरिक पक्राउ

वीरगंज, ६ मंसिर ।
तस्करीको १० के.जी. चाँदी सहित एक जना भारतिय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत, बिहार, पश्चिम चम्पारण, थाना चनपटिया, लखौरा टोल बस्ने नन्दु साह कानुको छोरा वर्ष ३० को गुलसन साह कानु रहेका छन ।

जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले वी.म.न.पा. वडा नं.२५, सिर्सिया खल्वाटोलामा चेकजाँच गर्ने क्रममा BR 22 AD 3520 नं. को मो.सा. मा वीरगंजबाट रक्सौल तर्फ जादै गरेको अवस्थामा कानुलाई पक्राउ गरेको हो ।

निजले मोटरसाईकलको एयरफिल्टर भित्र लुकाई छिपाई राखेको अवस्थामा दुई पोका चाँदीका दाना ९ बुनिया० प्रति पोका ५ के.जि.को दरले १० किलोग्राम फेला परे पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निज संग चाँदीको कागजात माग मर्दा पेश गर्न नसकेकोले उक्त मो.सा. तथा चाँदी बरामद गरी कानुलाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिई थप कारवाहीको लागि राजश्व अुनसन्धान विभाग, मध्य क्षेत्रिय कार्यालय पथलैया, बारा पठाउने कार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

घरमा कोही नभएको मौका छोपी पर्सामा फेरि एक युवतीको बलात्कार

पर्सा । सामुहिक बलात्कारको शिकार भएकी महिलाले न्याय नपाएको गुनासो आईरहेकै अवस्थामा पर्सामा फेरि एउटा बलात्कारको घटना सार्वजनिक भएको छ । पर्साको छिपहरमाई गाउँपालिका वडा नं १ मिर्जापुरकी २५ बर्षिया महिलाको बलात्कार भएको हो । महिलाले जिल्ला प्रहरी कार्यालय पर्सामा आफूमाथि बालात्कार भएको उजुरी दिएकी छन् ।

उनले लिखित जाहेरी दिँदै गाउँकै ३२ बर्षिय राजकुमार यादवले आफूमाथि जर्बजस्ती करणी गरेको दावी गरेकी हुन् । परिवारका कुनै पनि सदस्य घरमा नभएको मौका छोपी घरभित्र प्रवेश गरी यादवले मंसिर ४ गते दिउँसो मुख थुनेर जर्बजस्ती करणी गरेको महिलाले प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ । पिडित महिलाले बाहिर रहेको श्रीमानलाई फोन गरेर घटना बारे जानकारी गराए पछि घर आएका श्रीमानको सहयोगमा उजरी दिएकी हुन ।

महिलालाई स्वास्थ्य परीक्षणका लागि नारायणी उपक्षेत्रिय अस्पतालमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस अघि वीरगञ्ज महानगरपालिका वडा नं १६ सौराह टोलमा सामुहिक बलात्कारको शिकार भएकी पीडित महिलाले अझै न्याय नपाएको गुनासो गरिरहेकी छन् । राति शौच गर्न गएको समयमा कात्तिक ५ गते भएको घटनाबारे प्रहरीमा किटानी जाहेरी दिएको भएपनि पक्राउ पर्न सकेका छैनन् ।

जिल्ला स्तरिय सहकारी भेला सम्पन्न, आफ्नो विकास आफै गर्नु पर्ने : बराल

वीरगंज, ५ मंसिर ।
जिल्ला स्तरिय सहकारी भेला आज वीरगंजमा सम्पन्न भएको छ । दिगो विकास प्राप्तिको लागि सहकारी, सुखी नेपाली समृद्ध नेपाल नाराका साथ कृषि ज्ञान केन्द्र वीरगंजको सभा कक्षमा आयोजीत भेला सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै नेकपाका स्थाई समिती सदस्य केशव बरालले आफ्नो विकास आफै गर्नु पर्ने वताए । राष्ट्रिय सहकारी संघका नेपालका अध्यक्ष समेत रहेका बरालले जब सम्म अफै बढीदैन तब सम्म विकास नहुने वताए ।

भेलाका प्रमुख अतिथी बरालले सहकारीको काम आर्थिक विकास मात्र नभई समाजिक, सांस्कृतिक र बाताबरणको क्षेत्र पनि रहेको वताए । सहकारी श्रमजीवीको समूह भएको उनको भनाई थियो ।

नेकपा प्रगतिशील सहकारी संजाल प्रदेश नं. २ का अध्यक्ष बाबुराम घिमिरेको अध्यक्षतामा भएको भेलाले पर्सा जिल्ला सहकारी अभियान नेपाल कम्युनिस्ट पार्टिको संयोजकमा नरेश जयसवाललाई सर्वसहम्त चयन गरेको छ । भेलाले जयसवाललाई १५ सदस्यीय जिल्ला समिती पनि गठन गर्न जिम्मेवारी दिएको बताइएको छ ।

भेलाका बिशिस्ट अतिथी सांसद शेख चान्द तारा र राष्ट्रिय महासंघ एवं राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेल रहेका थिए भने कार्यक्रमको संचालन पनालाल महतो कोइरीले गरेका थिए ।

मैथली समुहले वीरगंजको रौयल पार्टी प्यालेसमा आयोजना गरेको कार्यक्रम

वीरगंज सखी–बहिनाप मैथली समुहले वीरगंजको रौयल पार्टी प्यालेसमा आयोजना गरेको कार्यक्रमको एक झलक । तस्बिर : जाकीर हुसेन

गैसस महांसघको केन्द्रिय महाधिबेशन प्रतिनिधि सर्वसहमत चयन

वीरगंज, ५ मंसिर ।
गैसस महासंघ नेपाल पर्सा शाखाको आज बैठक सम्पन्न भएको छ । बैठकले मंसिर १४ र १५ गते काठमाण्डौमा हुन गइरहेको महासंघको नवौ केन्द्रिय महाअधिवेशन तथा २४ औं वार्षिक साधारण सभा तथा राष्ट्रिय नागरिक सम्मेलनको लागि १० जना प्रतिनिधि सर्वसहमत चयन गरेको छ ।

महासंघ पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा वीरगंज ८, पानीटंकीमा बसेको बैठकले १० जना महाधिबेश प्रतिनिधि सर्वसहमत चयन गरेको हो । चयन भएका प्रतिनिधिहरुमा महासंघको प्रदेश सदस्य नरेश जयसवाल, पर्साका सचिव चन्देश चौहान, कोषाध्यक्ष मनोज कुमार यादव, सदस्य मनोज कुमार यादव, स्वेता सरित, रेनुका पाण्डे लगायतका रहेका छन ।

इजि.आर.पी.कार्यक्रम अन्तर्गत अभिभावकहरुलाई दौतरी तालिम

वीरगंज, ५ मंसिर ।
प्रारम्भीक कक्षा पढाई कार्यक्रम (इजि.आर.पी.) अन्तर्गत अभिभावकहरुलाई एक दिने दौतरी तालिम आज वीरगंजमा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण पाण्डेको अध्यक्षतामा भएको तालिममा वीरगंज महानागरपालिकाको वडा नं. १ का वडा अध्यक्ष मनोज कुमार साह, विद्यालयका प्र.अ. चन्देश चौहान लगायतका २० जना अभिभावकहरुको सहभागिता रहेको थियो ।

रामधेनी पंडित अधारभुत विद्यालय, बजार छपकैयामा भएको तालिममा इजि.आर.पी. का जिल्ला संयोजक भरत साह र अरविन्द साहले प्रशिक्षण दिएका थिए । नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा युएसआईडी नेपालको आर्थिक सहयोगमा र सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्साको आयोजनामा संचालित प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत भएको थियो ।

ई-रिक्सामा राखेर भारत तर्फ लैजादै गरेको अवस्थामा मरिच बरामद

वीरगञ्ज, ५ मंसिर । सशस्त्र प्रहरीको वीरगञ्ज भन्सार सुरक्षा गुल्मले वीरगज महानरपालिका-१६ शंकराचार्य गेटदेखि दक्षिण दशगजा क्षेत्रबाट फेरि १२५ किलो मरिच बरामद गरेको छ । ना १ ह ४९२९ नम्बरको ई-रिक्सामा राखेर भारततर्फ लैजादै गरेको अवस्थामा मरिच बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक बहादुर खड्काले जानकारी दिए ।

बरामद गरिएको मरिचको मुल्य ४३ हजार ७ सय ५० रुपैयाँ अनुमान गरिएको छ । सशस्त्र प्रहरीलाई देख्ने वित्तिकै ई-रिक्सा चालक भने फरार भएकोले नियन्त्रणमा लिन नसकिएको जनाइएको छ । ई-रिक्सासहितको मरिच आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल वीरगञ्ज भन्सार सुरक्षा गुल्मले जनाएको छ ।

भियतनाम लगायत तेस्रो मुलुकबाट मरिच ल्याएर भारततर्फ तस्करी गर्ने क्रम अझै रोकिएको छैन । नेपालमा भन्दा भारतमा मरिचको मुल्य बढी भएका कारण तस्करी नरोकिएको हो । वीरगञ्जमा ४/५ सय रुपैयाँ किलोमा पाइने मरिच भारतीय बजारमा त्यति नै भारतीय रुपैयाँमा बिक्रि हुने गरेको छ । त्यसले गर्दा पनि मरिच तस्करी नरोकिएको व्यापारीहरु बताउँछन् ।

अखिल नेपाल पिछिडा वर्ग महासंघको वीरगंज नगर समिति गठन

वीरगंज, ५ मंसिर ।
अखिल नेपाल पिछिडा वर्ग (ओ.बि.सि.) महासंघको वीरगंज नगर समिति आज गठन भएको छ । वीरगंजको ओउम् आश्रम स्थित रहेको महासंघको कार्यालयमा भएको एक भेलाले रोशन सरार्फको अध्यक्षतामा १३ सदस्यि नगर समिति गठन गरेको हो ।

जुन समितिको उपाध्यक्ष रितेश पटेल, रामकुमार पटेल, सचिव मनिष कुमार साह, सह सचिव राजु सरर्फा, कोषाध्यक्ष मुना सरार्फ रहेका छन । यस्तै सदस्यहरुमा रोहित सरार्फ, ओसीयर सरार्फ, आकाश सरार्फ, निशाल कुमार, रुपेश ठाकुर, लक्ष्मी देवी र अनु कुमारी चयन भएको राहुल साहले वताए ।

महासंघका पर्सा अध्यक्ष अकलेश साहको अध्यक्षतामा र पूर्व सांसद विचारी यादवको प्रमुख आतिथ्यतामा भएको भेलामा महासंघका केन्द्रिय महासचिव तेज प्रकाश निषाद, जिल्ला उपाध्यक्ष धमेन्द्र पटेल लगायतकाले मन्तव्य राखेका थिए ।

घाँस टाउकाेमा बाेकी महिलाहरू जादै

घाँस काटेर टाउकाेमा बाकी घर जाँदै महिलाहरू । तस्बिर : प्रणय साह

मुक्तिनाथ विकास बैंक वीरगन्ज शाखाबाट एक जना महिला सेवाग्राहीको पैसा गायब

हरिशंकर शर्मा/वीरगन्ज, ४ मंसिर । मुलुकले सम्पूर्ण सानो तथा ठूलो कारोबार बैंक मार्फत गर्न नियम कानून ल्याई रहेको अवस्थामा केही बैंकहरुमा देखिएको चरम लापरवाहीको कारण बैंकबाट सर्वसाधारणको विश्वास गुम्दै गइरहेको छ । आफूले ढुक्क साथ बैंकमा राखेको पैसा आफ्नो जानकारी विना नै अन्य व्यक्तिले निकाल्दा बैंकमाथि सर्वसाधारणको विश्वास कसरी रहन्छ त ? यस्तै घटना वीरगन्जमा पनि सार्वजनिक भएको छ ।

वीरगन्ज घण्टाघर लिंकरोड स्थित मुक्तिनाथ विकास बैंक वीरगन्ज शाखाबाट एक जना महिला सेवाग्राहीको पैसा गायब भएको घटना सार्वजनिक भएको छ । वीरगन्ज महानगरपालिका  ९ बस्ने सुनिता देवी कानुको नाममा रहेको ०३३२०६००२३७१२६०००००१ नम्बरको खाताबाट लगभग २० हजार रुपैया गायब भएको छ । २०१८ जनवरी २९ तारेखका दिन खाता संचालन गरेकी सुनिता देवीले पटक पटक तीन पटक गरि १९ हजार रुपैया जम्मा गरेकी थिइन् ।

२०७४ साल माघ १५ गते ६ हजार ५ सय, २०७४ फागुन ८ गते ७ हजार तथा २०७५ असोज ११ गते ५ हजार ५ सय रुपैया जम्मा गरेकी थिइन् । आफूले जम्मा गरेको पैसा झिक्न छोरालाई बैंक पठाउँदा बैंकको खातामा पैसा नरहेपछि यो घटना बाहिर आएको थियो । बैंकको रेकर्ड अनुसार सुनिता देवी नै नाम गरेकी अन्य एक महिलाले ए.टि.एम. कार्ड लिई पटक पटक गरि बैंकबाट पैसा निकालेको बैंकले दिएको स्टेटमेन्टमा उल्लेख गरिएको छ ।

खाताधनी सुनिता देवी कानुका अनुसार आफूले खाता खोल्दा ए.टि.एम. कार्डको माग गरेका थिए तर आफूले ए.टि.एम. कार्ड नलगेको उनको भनाई छ । बैंकको रेकर्ड अनुसार पनि खाताधनीले ए.टि.एम. कार्ड प्राप्त नगरेको देखिएको छ । २०७५ वैशाख १ गते सुनिता देवीकै नामले हस्ताक्षर गरि कुनै व्यक्तिले ए.टि.एम. कार्ड प्राप्त गरेको देखिन्छ र त्यही ए.टि.एम. कार्डबाट पटक पटक गरि पैसा निकालि सकेका छन् ।

तर त्यो व्यक्तिले ए.टि.एम. कार्ड प्राप्त गर्दा गरेको हस्ताक्षर र खातामा रहेको हस्ताक्षर मिल्दो जुल्दो छैन । जसबाट प्रष्ट हुन्छ कि बैंकको कर्मचारीको मिलोमतो अथवा बैंकको चरम लापरवाहीको कारण अन्य कुनै व्यक्तिले खाताधनीको ए.टि.एम. कार्ड प्राप्त गरि सकेका छन् । त ति व्यक्तिले ए.टि.एम. कार्ड कसरी प्राप्त गरे ? त्यो व्यक्ति को हुन र अरुको ए.टि.एम. कार्ड कसरी लगे ? बैंकले यसको जवाफ दिनैपर्छ ।

यसै प्रश्नलाई केलाउँदै बैंकका शाखा प्रवन्धक हरिकृष्ण पौडेलसँग बुझ्दा केही व्यक्तिहरुलाई बैंकमै बोलाएर वाद विवाद गर्नुको साथै धाकधम्की पनि दिन पछि हटेनन् । बैंकले गरेको गल्तीलाई स्वीकार नै नगरी उल्टै धाक धम्की दिएका बैंकका प्रवन्धक पौडेलसँग जे छ त्यही यथार्थ बताई दिन भन्दा बैंक हाता बाहिर जानुस् भनेर धाकधम्की दिएका थिए ।