Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

कालिका टाईम्सको एक वर्ष (प्रकाशकिय)

spot_img
spot_img

हाम्रो मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पछि सबै भन्दा बढी विकास संचारजगतले गरेको यर्थातलाई नर्कान सकिदैन, हुन त संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना पछि मात्रै नभई २०४६ सालमा आएको प्रजातन्त्र पछि नै क्रमीक रुपले संचार जगतले अन्य विभिन्न क्षेत्रभन्दा बढी विकास गरेको छ । संचारजगतको विकास क्रमस प्रिन्ट मिडिया पछि इलोक्ट्रोनिक मिडिया हुदै हाल अनलाइन मिडियले व्यापक महत्व अगोटेको छ । यसरी क्रमस प्रविधिका विकास सँगै मिडियको प्रकृतिमा परिर्वतन हुदै अनलाईन मिडियको जमानामा आफुलाई अरु भन्दा छुटै प्रस्तुत गर्ने प्रयासको एक वर्ष कालिका टाईम्सले पुरा गरेको छ । खास गरी प्रदेश नं २ को एक मात्रै महानगर विरगंजलाई व्यवस्थापकिय केन्द्र विन्दु बनाई सिंगो प्रदेशका भुभाग संग जुटने प्रयासमा समेत हाम्रो निरन्तरता रहेको छ ।

तिन दशकको भित्रमा मुलुकमा भएको विभिन्न राजनितिक परिर्वतनका बावजुद पनि जुन रुपले विकासले गती पाउनु पर्ने त्यस ढगंले गती नपाउनु सिंगो मुलुकको लागी दुभाग्र्यपूर्ण छ । यस अवस्थालाई मध्य नजरगरी बर्तमान राजनिति व्यवस्थाले शक्ती पृथिकीकरणका सिदान्तका तहद तिन तहमा अधिकार बाडफाड गर्दापनि आ–आफ्ना कार्यक्षेत्रमा इमान्दारीपूर्वक कार्य नहुदा जनताको चहना, आकान्क्षा र मुलभुत आवश्यकाता पुरा भएको दखिदैन यस प्रति कालिका टाईम्सको चिन्ता र चासो निरन्तर रहदै आएको छ र सदैव राखन प्रयासरत रहने छ । साथै प्रायाप्त साधन श्रोतको अपेक्षमा सदरमुकाम केन्द्रीत अर्थात सहरमुखि हुने परम्पराले अझै पनि निरन्तरता पाईरहेको बखत विकेन्द्री करणका सिदान्तका तहद राज्यको श्रोतसाधन ग्रमीण भेग सम्म पुरीयाई ति पिछडीएको भेगहरुलाई सुविधा सम्पन्न बनाई एकै ठाउँको विकास भन्दापनि अवश्यकता अनुसार सबै ठाउँको विकास हुनु पर्ने सवलामा पनि हाम्रो कलम चलदै आएको छ र यसलाई निरन्तरता दिने सवालमा समेत अलिक पनि चुक नगर्ने समेत प्रतिवद्ध छौ ।

तसर्थ समानता, पहिचान र न्यायका लागि संघर्षरत वर्ग दलित, महिला, आदिबासी जनजाती, मुस्लीम, मधेसी समुदाय आदिका मुद्दा अझै पनि हाम्रा प्राथमिकता रहने छ । हाम्रो यो एक वर्षको यात्रामा यहाँहरुको साथ, सहयोग र सहकार्यका लागि कृतज्ञ छौं । आउँदा दिनमा कालिका टाईम्सको प्रगति र सफलताका लागि पाठक, प्रबुद्धवर्ग र अन्य सम्बद्ध पक्षको निरन्तर सहयोगको अपेक्षा गर्दछौं ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...