Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

तोड्नु हुन्न भन्नेहरु दलाल हुन, केही नेताको स्वार्थका कारण पार्टी बदनाम : नेता चौधरी

spot_img
spot_img

वीरगंजको मुख्य सडक बिस्तार अहिले चर्चाको बिषय बन्नेको छ । सडक बिस्तार गर्ने र नगर्ने पक्ष विपक्षमा यहांका राजनितिक दलको मतान्तर देखिएको छ । छठ पछि वीरगंजको घण्टाघर देखी शंकराचार्य सम्मको मुख्य सडक २५/२५ मिटर बिस्तार गर्न सडक डिभिजन कार्यालयले तयारी गरे पछि सडक बिस्तार कार्यलाई नेकपा, कांग्रेस र राजपाका जिल्ला स्तरका केही नेता सहितको जम्बोटोली काठमाण्डौ स्थित भौतिक पूर्वधार मन्त्री रघुबिर महासेठ कहां पुगेको थियो । त्यस लग्तै देखी वीरगंजका युवाहरु संघर्ष समिति नै गठन गरी आन्दोलित भएका छन् । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको दामेचौर हँदै बीरगंजको शंकराचार्य सम्मको मुख्य सडक चौंडा गर्ने सुचना जारी भए देखी मुख्य सडकमा घर भएका घरधनीहरु आफ्नो घर जोगाउन वीरगंज बचाउ संघर्ष समिति नै गठन गरी सडक बिस्तार रोकन तर्फ लागेका छन । त्यसैले छठ पछि सडक बिस्तार हुने कि नहुने अन्योलता सबैमा छायको छ ।
यसै सन्दर्भमा हाम्रा समाचार सम्पादक शम्भु कुमार सुमन सहकर्मी प्रणय साहको साथमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता जिल्ला कमिटीका मनोज चौधरी संग गर्नु भएको कुराकानी जस्ताको त्यस्तै ।

वीरगंजको मुख्य सडक बिस्तार गर्ने पक्षमा कि विपक्षमा तपाईको पार्टी हो ?
नेकपा हाम्रो पार्टी अहिले सरकारमा छ, सडक २५/२५ मिटर गरी ५० मिटर बिस्तार गर्नु पर्छ । सडक बिस्तार गर्नु हुदैन भने सरकार र हाम्रो पार्टीले कहि कतै भनेको छैन । कुनै किसिमको हस्तक्षेप पनि गरेको छैन । अहिल सडक बिस्तारलाई लिएर वीरगंजमा दुईटा आन्दोलन चलिरहेको छ, जुन दुबै आन्दोलनको कुनै औचित्य नै छैन । किन छैन भने बिकास गर्ने र बिकासको योजनामा हस्तक्षेप गर्ने आन्दोलन चलिरहेको छ । हाम्रो पार्टी र सरकार बिकास बिरोधी होइन, किनभने यो त्रिभुवन राजपथको जमिन हो, कसैको व्यक्तिगत जमिन होइन । आन्दोन सरकार संग भएकोले सडक बिस्तार गर्ने सरकारको योजना रहेकोले यसको कुनै औचित्य छैन ।

यसै बिचमा म तपाईलाई रोक्न चाहे, तपाई भन्दै हुनुहुन्छ म र मेरो पार्टी बिकास बिरोधी होइन, हामी तोडनु हुदैन कहिले भनेका छैनौं तर वीरगंजको मुख्य सडक बिस्तार गर्नु हुदैन भने काठमाण्डौ गएको जम्बो टोलीमा तपाई कै पार्टीका बढी नेताहरु थिए, तपाई पनि हुनुहुन्थ्यो, यो के हो ?
सब भन्दा त्यो टोलीमा गएकाहरु के भन्यो, मन्त्री ज्यु समक्ष के कुरा राख्यो त्यो बुझनु पर्छ । टोलीमा भएका केही नेताहरु २५÷२५ मिटर तोड्नु पर्छ पनि भेनका हुन, केही दलाल प्रवृतिका नताहरु मात्र २५÷२५ मिटर तोड्नु हुदैन भनेका हुन । मेरो त्यहां पुग्नु अकाशमात मात्र हो, तपाईलाई थाह छ म प्राय काठमाण्डौ मै बसिरहन्छु । मलाई फोन गरेर बोलाईयोको हो, मलाई बिषयबस्तुको बारेमा थाह थिएन । म त्यहाँ पुगे पछि मात्र थाह पाएको हो र बुझेको हो । केही व्यक्तिहरु दलाली गर्न मात्र बसेका छन, तिनिहरुको कमाई खाने कार्य नै हो । ति व्यक्तिलाई आरोप लगाउदा हुन्छ तर सबैलाई आरोप लगाउन अलि मिल्दैन । सडक बिस्तार गर्ने सरकारको निर्णय हो । जुन कानुन सम्वत छ, त्यो गर्ने पर्छ । कसैले भनेर केही हुदैन र फरक पनि पर्नेवाला छैनन् । टोलीमा गएकाहरु के के बोल्यो, कसैले जनताको पक्षमा वोल्यो, कसैले घर धनीहरुको पक्षमा वोल्यो । कसैले त मुअबजा दिएर १०० मिटर तोड्दा हुन्छ पनि भने । तपाई भन्नुस मेची देखी महाकाली सम्म २५/२५ मिटर टुटेको छ, कहि कसैले मुअब्जा पाएको छैन । वीरगंजमा आएर मुअबजाको बखेडा किन ? त्यही सडक सिमरा र जितपुरमा बिस्तार हुदै कसैले बोलेन तर वीरगंज हुदा बखेडा किन ? यी सबै बखेडा नर्गेहरु दलाल हुन र वीरगंजको बिकास बिरोधीहरु हुन ।

जम्बो टोलीमा तपाई कै पार्टीको केन्द्र देखी जिल्ला स्तरको थुप्रै नेताहरु सहभागि थिए । तपाई जिल्ला कमिटीका सदस्य पनि हुनुहुन्छ, के यस सम्बन्धमा पार्टी भित्र छलफल भएको छ ?
पार्टी भित्र कुनै पनि छलफल भएको छैन । जिल्ला कमिटीको बैठक बस्न नसकेर छलफल नभएको होला तर पार्टी अगुवा नेताहरु नै सहभागि भए पछि पार्टी नै बदनाम हुने हो । तर आफु माथी लागेको आरोपको खण्डन गर्न सक्नु पर्छ ।

तपाई कै पार्टी नेकपाको सरकार छ, त्यसमा पनि भौतिक पूर्वाधारमन्त्री तपाई कै पार्टीको रघुबिर महासेठ हुनुहुन्छ । त्यसका कारण तपाई कै पार्टीको नेताहरुको पहलको प्रवाह परी हाल्छ नी ?
पार्टी ओटी केही होइन, सब भन्दा पहिला मन्त्री महासेठ आउने बेलामा सरकारलाई आउनै नदिने खालको आन्दोलन गर्नु राम्रो होइन । हस्ताक्षर अभियान गर्नु राम्रो कुरा गर्नु राम्रो हो र आन्दोलनले गर्दा सरकारलाई आउनै नदिनु राम्रो होइन । डेलिगेशन गएका बेला मन्त्री महासेठले आफु स्थलगत अवलोकन गरी कुनै निर्णय लिने वताए अनुसार उनी बेलामा आन्दोलन गर्नु सरकारलाई आउनै नदिनु आन्दोलन गर्नुको नियत मैले बुझन सकेको छैन । मैले जाने अनुसार मन्त्री महासेठ आन्दोलरतलाई बर्ताको लागि पनि बोलाउनु भएको छ । यो अब गएर के गर्छन आफुलाई थाह भएन । तर सरकारको निर्णय हो, जुन राजपतमा समेत प्रकाशन भइसकेको छ त्यसैले सडक बिस्ता हुन्छ कुनै हाल्तमा यो रुकलेवाला छैन । आन्दोलन नै गर्नु छ भने जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन बुझाउने, केही दिनको अलटिमेटम दिदम भई हालथियो नी । म यति पनि भनेको छु कसैको पसल अगाडी पार्कीङ छ भने त्यो देखादियोस र त्यस पछि नतोडने कुरा गरौंला ।

यस्ता पनि आरोप लाग्दै छ नि, तपाईको पार्टीका केही नेताहरुको घर सडकमा परेका कारण तपाईको पार्टी नेकपा सडक बिस्ताक्षरमा छैन ?
म पनि मुअबजा लिने मान्छे र दिने मान्छे परे । तपाईलाई थाह छ अलौंमा एक करोड कठाको जग्गा छ, जुन त्रिभुवन राजपथको आव गुठीको जग्गा थिएन । जुन सबैको लालपुर्जा छ त्यहाँ सडक बिस्तार रुकन सकेन, कसैले मुअबजा पाएन । त्यहाँको सयौं विगहा जग्गालाई आईसिपी बनायो त्यहां कसैले रोकेन अहिले पनि श्रीसियाको जग्गालाई किनबेच सरकारले रोक लगाएको छ । सरकारको निर्णय कार्यन्वयको वाधकहरु बिकास विरोधी हुन । २/४ हजार भोटको लागि जुन नेताहरु विकासको बाधक बन्दैछन । त्यस्तो म कहिले बन्न सक्दैनन्, मलाई २÷३ हजार भोट चाहिदैन । म पहिला पनि २५/२५ मिटर कै पक्ष मै थिए अहिले पनि त्यस कै पक्षमा छु ।

नेकपा पर्सा बिकास बिरोधी पार्टीको रुपमा आलोचना भइरहेको छ नि ?
कम्युनिष्ट पार्टी कहिले बिकास विरोधी हुन सक्दैन । म मनोज चौधरी हु र वोल्दै छु । मैले केही वोल्दैमा पार्टी वोल्ने होईन तर पार्टीको नेतृत्वले नै त्यस्तौ गर्दैमा पार्टीको आलोचना हुने स्वभाविक हो । पार्टी भित्र केही व्यक्तिहरु त्यस्ता छन, जसका कारण पार्टी बदनाम हुदै छ त्यसलाई हामीले सुधार गर्नु पर्छ । जो व्यक्ति विकासको बाधक हुन्छ त्यो पार्टीको एकदम घेरा र निगरानी भित्र पर्छ ।

एउटा कुराई बताईदिनु मन्त्री ज्यु कहां डेलिगेशन जाने टोलीमा तपाई पनि हुनुहुन्थ्यो । वास्तवमा मन्त्री ज्युको कुरा के थियो ?
मन्त्री ज्युको कुरा प्रष्ट थियो, बिकास कसैले रोक छ भने त्यो रुकदैन । जे सरकारले निर्णय गरे छ त्यस अनुसार सडक बिस्तार हुन्छ । जलेशवर जस्तो ठाउँमा मनत्री ज्यूले तोडेर देखाउनु भयो यहाँ टुटछ, कुनै पनि हाल्तमा रुकन सक्दैन ।

तपाईको पार्टी भित्र थुप्रै गुट छ, कहि गुटबन्दीको अवसर बिकासमा पनि त परेको होइन नी ?
गुटबन्दीको सिकार त पक्कै भएको होइन, केही व्यक्तिहरु तिसमार खाने भएका मात्र हुन । जुन मन्त्री संग नजदिक भएकाले जम्बो टोली काठमाण्डौ लगि पार्टीलाई बदनाम गराएका हुन ।

हामी कालिका टाईम्स सम्वादको अन्तिम अन्तिममा छौं, अन्तिम अन्तिममा म केही पार्टीको कुरालाई जोडन चाहे, तपाईको पार्टीको अवस्था जिल्ला र प्रदेशको के छ अलि बताई दिनु न ?
दुईटा पार्टी मिलेर अहिले एउटा पार्टी भएको छ । दुईटा पार्टी एक भए पनि विचार मिलेको छैन, दुई जना बिचको अहिले सहमती भएको छैन । धार नै फरक फरक भएकाहरु मिले पछि विचार मिल्न हअलि समय लाग्छ ।
दुईटा पार्टी मिलेर बनेको नेकपा झन बलियो भएको हो की कमजोर भएको हो ?
केही नतृत्व गर्ने व्यक्तिका कारण पार्टी कमजोर देखिएको हो । तर पार्टी कमजोर भएको होइन, नेतृत्व गर्नेले पार्टी भित्र असन्तुष्टी बाहिर ल्याएका कारण र असन्तुष्टि सम्बोधन नगरेका कारण यस्तो अवस्था आएको हो । म हिन्दुहरुको महान चाड दिपावली तथा छठ पर्वको शुभकामना दिन्न चाहन्छु की ति नतृत्वलाई छठिमाइले सदबुद्धि दिउन सबैलाई मिलाएर पार्टी एक ढिका बनाई अगाडी बढुन सब ठिक भएर जान्छन ।
हस्त धन्यावाद यती व्यस्तताको बाहजुद पनि कार्यालय सम्म आएर समय उपलब्ध गराई दिनु भएकोमा ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...