Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

कालिका टाईम्स प्रथम बर्ष पुरा गरी दोस्रो बर्षमा प्रबेश

spot_img
spot_img

वीरगंज । कालिका टाईम्स प्रा.लि. वीरगंजद्वारा संचालित अनलाईन मिडिया कालिका टाईम्स डट कम (kalikatimes.com) एक बर्ष पुरा गरी दोस्रो बर्षमा प्रबेश गरेको छ । सो अवसरमा वीरगंजको पानीटंकी स्थित रहेको कालिका टाईम्सको कार्यालयमा एक कार्यक्रम बिच बार्षिकोत्सव मनाइएको छ ।

कालिका टाईम्सको निर्देशक छठु साहको अध्यक्षतामा भएको कार्यक्रममा कालिका टाइम्स संग आवद्ध भएकाहरु केक काटेर बार्षिकोत्सव मनाएका हुन ।

कार्यक्रममा वोल्दै निर्देशक छठु साहले विभिन्न बाद्धा र अडचनका साथ हामीले कालिका टाईम्स एक बर्ष पुरा गरेको वताउदै सहयोग गरेकोमा सबैलाई धन्यावाद ज्ञापन गरे । उनले अगामी दिनमा अझै प्रकाशसन समाग्री सदृढ गर्दै तथ्यको अधारमा प्रभावकारी ढंगले प्रकाशन गर्ने प्रतिबद्धता जनाए ।

kalika times team

कालिका टाईम्सका सम्पादक बृजलाल पासवानले कालिका टाईम्स एक बर्षको द्वारानमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको वताए । अरु संचार माध्यम भन्दा फरक ढंगले कालिका टाईम्सले समाचार प्रसारण गर्ने गरेको उनको दावी थियो ।

कार्यक्रममा कालिका टाईम्स संग आवद्धहरुको मात्र सहभागिता रहेको थियो भने नजिकदै गरेको हिन्दुहरुको महान चाड दिपावली तथा छठ पर्वको सुभकान अदान प्रदान समेत गरिएको थियो । कार्यक्रमको सहजिकरण कालिका टाईम्स डट कम समाचार सम्पादक शम्भु कुमार सुमनले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...