Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

गोली हानी एक व्यवसायीको हत्या

spot_img
spot_img

धनुषा । जनकपुरमा एकजनाको गोली हानी हत्या भएको छ । जनकपुरधाम उपमहानगपालिका १ का अन्दाजी ४० बर्षीय मनोज साहको गोली हानी हत्या भएको हो ।

जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट प्रहार गरेको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन् । साहको शव जनकपुर अञ्‍चल अस्पतालमा राखिएको छ ।

उनीमाथि पैसा माग्न जाँदा चौधरीले गोली हानेको प्रहरीले जनाएको छ। यसैबीच चौधरीलाई प्रहरीले पेस्तोलसहित घरैबाट पक्राउ गरेको छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...