Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

नवगावा माविका ८७ छात्रालाई साईकल

spot_img
spot_img

भिस्वा (पर्सा) । पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं. २ चेरगाहामा बुधबार एक कार्यक्रमको बिच छात्राहरुलाई साईकल वितरण गरिएको छ । ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत श्री नवगावा माध्यमिक बिद्यालय चेरगाहाका कक्षा ८ का ८७ जना छात्राहरुलाई साईकल वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य सिंघासन साह कलवारले प्रदेश २ मा शिक्षाको अवस्था धेरै कमजोर रहेको र त्यसमा पनि महिलाहरु शिक्षामा धेरै पछाडी रहेका कारण साईकल वितरण गरिएको वताए ।

प्रदेश २ को ग्रामिण भेगहरुको सबै गाउँहरुमा माध्यमिक विद्यालय नरहेका कारण छात्राहरुलाई उच्चा शिक्षाको लागि विद्यालय जान्न सहज हुने उद्देश्यका साथ साईकल वितरण गरिएको कलवारले वताए । उनले सामुदायिक विद्यालयका शिक्षकहरुलाई अध्यापनमा सुदृढ गर्न आग्रह गरे । उनले पोखरिया देखीको ग्रामिण भेगको भिस्वा सम्मको चांडै कालोपत्र गर्ने कार्य सुरु हुने समेत वताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्याम सुन्दर साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी पार्टी पर्साका नेता सुन्दर कुर्मी लगायतकाले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...