Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

नवगावा माविका ८७ छात्रालाई साईकल

spot_img
spot_img

भिस्वा (पर्सा) । पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं. २ चेरगाहामा बुधबार एक कार्यक्रमको बिच छात्राहरुलाई साईकल वितरण गरिएको छ । ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत श्री नवगावा माध्यमिक बिद्यालय चेरगाहाका कक्षा ८ का ८७ जना छात्राहरुलाई साईकल वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य सिंघासन साह कलवारले प्रदेश २ मा शिक्षाको अवस्था धेरै कमजोर रहेको र त्यसमा पनि महिलाहरु शिक्षामा धेरै पछाडी रहेका कारण साईकल वितरण गरिएको वताए ।

प्रदेश २ को ग्रामिण भेगहरुको सबै गाउँहरुमा माध्यमिक विद्यालय नरहेका कारण छात्राहरुलाई उच्चा शिक्षाको लागि विद्यालय जान्न सहज हुने उद्देश्यका साथ साईकल वितरण गरिएको कलवारले वताए । उनले सामुदायिक विद्यालयका शिक्षकहरुलाई अध्यापनमा सुदृढ गर्न आग्रह गरे । उनले पोखरिया देखीको ग्रामिण भेगको भिस्वा सम्मको चांडै कालोपत्र गर्ने कार्य सुरु हुने समेत वताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्याम सुन्दर साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी पार्टी पर्साका नेता सुन्दर कुर्मी लगायतकाले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...