Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

श्रीमतीको दोहरो नागरिकताको फाइदा लुट्दै खण्डेलवाल, अकुत सम्पत्ति भारतमा

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिका – १० आदर्शनगर निवासी नामुद सुपारी तथा मटरकोशा तस्कर राजेश खण्डेलवाल आफ्नो श्रीमतीको दुई मुलुको नागरिकताको भरपुर फाइदा उठाई रहेका छन् । आदर्शनगर निवासी राजेश खण्डेलवाल झारखण्ड राज्य धनवाद जिल्ला कतरास निवासी शोभा खण्डेलवासँग विवाह गरि २०४६ सालमा खटेको नागरिक्ता टोलीमा नेपाल सरकारको वैैवाहिक अँगिकृत नेपाली नागरिकताको प्रमाणपत्र दिलाएका थिए ।

खण्डेलवालले आफ्नी श्रीमती शोभा खण्डेलवाललाई २०४६ साल असार २३ गते जिल्ला रौतहटबाट वैवाहिक अँगिकृत नागरिकता दिलाएका थिए । नेपाल सरकारबाट वैवाहिक अँगिकृत नागरिकता लिएकी शोभा खण्डेलवालको हालसम्म भारतीय मतदाता सूचना केन्द्रमा नामावली दर्ता रहेको छ । जसबाट प्रष्ट हुन्छ कि उनी अहिलेसम्म भारतीय नागरिकता परित्याग गरेकी छैनन् ।

भारतीय मतदाता सूचना केन्द्रमा नाम शोभा देवी, राज्य झारखण्ड, विधानसभा निर्वाचन क्षेत्र बाघामारा – ४३, संसदीय निर्वाचन क्षेत्र गिरिदिह, भाग संख्या २००, मतदाता क्रमाँक २२९, पहिचान पत्र क्रमाँक जे.एस.एच. १२९८८२७ रहेको छ । उनी भारत र नेपाल दुबै देशका नागरिकता लिएर नेपालमा बस्दै आएकी छिन् ।

विवाह पश्चात भारतको नागरिक्ता रद्द गराई नेपालको नागरिक्ता प्राप्त गर्नुपर्नेमा त्यसो नगरी दुबै देशको नागरिकता बोकी दुबै देशमा बसोबास गर्दै आएकी छिन् र यसको भरपुर फाइदा उठाई रहेका छन् उनका श्रीमान् राजेश खण्डेलवाल । राजेश वीरगन्जमा सुपारी तथा मटरकोशा आयात निर्यातको व्यापार गर्दै आएका छन् ।

नामुद सुपारी तथा मटर तस्करको रुपमा चिनिएका खण्डेलवाल नेपालबाट अकुत सम्पत्ति कमाएर आफ्ना श्रीमतीको नाममा भारतमा जम्मा गर्दै आएका छन् । दोहरो नागरिक्ता लिएर नेपाल बस्दै आएका नागरिकलाई मुलुकमा छानविनको प्रक्रिया कडाईका साथ अगाडि बढाई रहेको अवस्थामा खण्डेलवाल पैसाको दबदबामा आफ्नो द्वैध नागरिक श्रीमतीलाई कारवाहीबाट बचाउँदै आएका छन् ।

नेपाल भारत दुबै देशका नागरिकता लिएर वीरगन्ज आदर्शनगर – १० बस्दै आएकी राजेश खण्डेलवालकी श्रीमती विरुद्ध नागरिकता छानविन गर्नका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता भएको ३ महिना भन्दा बढि समय वित्न लाग्दा पनि प्रशासनले द्वैध नागरिकता बोकेकी शोभा खण्डेलवाललाई हालसम्म कारवाही गर्न सकेको छैन ।

निजका श्रीमान् राजेश खण्डेलवाल वीरगन्जका व्यापारी भएको र उनको प्रशासनसम्म पहुँच भएको कारण नै उनकी श्रीमतीको दोहरो नागरिकता विरुद्ध उजुरी परेको महिनौं वित्दा पनि प्रशासनले कारवाही गर्न आलटाल गरेको हो । शोभा खण्डेलवालको दोहरो नागरिकताबारे छानविनका लागि २०७६ साउन २ गते नै दर्ता नं. ८ मा जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता भएको हो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...