Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

वीरगंज प्रिमियर लिग २०७६ मंसिर १४ देखी हुने

spot_img
spot_img

वीरगंज । वीरगंजमा टि २० बि.पि.एल. २०७६ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । युनाईटेड क्रिकेट क्लब वीरगंजले आयोजना गर्न लागेको प्रतियोगिता बारे आज वीरगंजमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ ।

नारायणी रंगशाला वीरगंजमा मंसिर १४ देखी २१ गते सम्म प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

२० लाखको लागतमा आयोजना गर्न लागिएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक प्रफुल सागर प्रधानले वताए । उनले प्रतियोगिताका विजेतालाई रु २ लाख ५० हजार, उप विजेतालाई रु एक लाख ८० हजार पुरस्कार प्रदान गरिने जानकारी गराए ।

प्रतियोगिता मोफसलामा खेली रहेका खेलाडीहरुको लागि सुनौलो अवसर रहेको क्रिकेट एशोसियन प्रदेश २ का सदस्य मृत्युजा हवारीले वताए । मोफसलमा मात्र खेलाडीको खेल सिमित रहेका कारण यस प्रतियोगितामा सहभागि हुन सकिने उनले जानकारी गराए ।

वीरगंज स्थित रहेको नेपाल पत्रकार महासंघ पर्साको भवनमा भएको पत्रकार सम्मेलमा घनश्याम बाबु गुप्ता, हासिम अन्सारी, शतिश सिंह राजपुत, अजमत अली लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...