Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

नेपाली कांग्रेस क्षेत्र नं. २ को भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस क्षेत्र नं. २ पर्साले बुधबार वीरगंजमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा क्षेत्रिय भेला सम्पन्न भएको छ ।

वीरगंजको घडिअर्वा स्थित गोपाल मण्डलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले नेपालमा चिनियाँ कम्युनिस्ट शासन सत्ता ल्याउने षड्यन्त्र भइरहेको वताए । पूर्व मन्त्री समेत रहेका केन्द्रिय सदस्य चौरसियाले केही समय यता नेपालमा चिनियाँ कम्युनिस्ट नेताहरुको गतिविधी बढेको बताएका हुन् ।

‘चिनियाँ राष्ट्रपति सी आउनुअघि भएका अन्तक्रियामा चीनको जस्तै नेपालमा पनि निर्वाचन नगर्ने कम्युनिस्ट शासन सत्ता ल्याउने विषयमा छलफल भएको छ’, उनले भने,‘चिनियाँ सरकारको प्रभावमा परेर नेपाल सरकारले नेपाल र भारतबीचको खुल्ला सीमा बन्द गर्ने योजना पनि बनाइरहेको छ ।’

अहिलेको कम्युनिस्ट सरकार र नेकपा, लोकतान्त्रिक संविधानलाई संशोधन गरेर चीनको जस्तो कम्युनिस्ट संविधान बनाउने प्रयासमा लागि सकेको चौरसीयाले आरोप लगाए । ‘कम्युनिस्टहरुको यो मनशाय कांग्रेसले पुरा हुन दिँदैन’, उनले भने,‘त्यसका लागि कांग्रेस जस्तो सुकै बलिदानी दिन तयार छ, छठ लगत्तै आन्दोलनको तयारीमा कांग्रेस जुट्छ ।’

मधेसी जनतालाई मधेसी दलले धोका दिएको आरोप समेत उनले लगाए । मधेस र मधेसीको नाममा आन्दोलन गरेका दुई मधेसी दलले सत्तामा पुगेपछि भने मधेसको एजेण्डा बिर्सिएको चौरसीयाले आरोप लगाए ।

पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरीले नेपाली कांग्रेसको इतिहास बारे चर्चा गर्दै नेपाली कांग्रेसको विकल्प नरहेको वताए । नेकपा र समाजवादीको सरकारले गर्दा मुलुकमा भ्रष्टचार र हिंसाको घटनामा बृद्धि भएको वताए । नेकपाको नेताहरुको चरित्र बारेमा जनताले थाह पाइसकेको वताउदै नेता चौधरीले लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसको विकल्प नरहेको दावी गरे ।

प्रदेश सांसद राजेशवर साहले प्रदेश नं. २ को अवस्था ७ वटै प्रदेशमा खत्म अवस्था रहेको वताए । प्रदेश सरकारको स्वच्छता अभियानको नाममा अशुल भइरहेको कर सम्बन्धमा कार्यक्रमको सहभागिहरुले राखेको जिज्ञासा सम्बन्धमा वोल्दै सांसद साहले स्वच्छता अभियानको नाममा ०.५ प्रतिशत कर अशुली भइरहेको वताए । मालपोत कार्यालयहरुमा रजिष्टेशन पासको द्वारान प्रदेश सरकारको स्वच्छता अभियानको नाममा दिनहु करोडौ रुपया कर उठे पनि एउटा राम्रो शौचालय नहुनु दुःखद कुरा भएको वताए ।

गम्हीरा साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार रामरुप कुर्मी, रामनारायण कुर्मी, जिल्ला उप सभापति राजु प्रसाद गुप्ता, जिल्ला सचिव श्याम पटेल, महासमिति सदस्य अशोक गुप्ता, जिल्ला सदस्य महम्मद साहबुदिन, नविन सिंह, बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह, पर्सागढी नगरपालिकाकी उप मेयर अर्चना चौधरी लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...