Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
Home Blog Page 1070

चिल्डे«न पार्कमा फूड फेस्टीभल

वीरगंज, १० पुस ।
वीरगंजको आर्दशनगरमा रहेको हरीखेतान बहुमुखि क्याम्पस अगााडीको चिल्डे«न पार्कमा मंगलबार फूड फेस्टीभल सम्पन्न भएको छ । वीरगंजमा रहेको पेशागत महिलाहरुको समुह वुमन स्कील सेन्टरको आयोजनामा क्रिसमस डेको अवसरमा फूड फेस्टीभल आयोजना गरिएको थियो ।

फेस्टीभलको उद्घाटन वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रदेश २ का सांसद ओमप्रकाश शर्माले गरेका थिए । सेन्टरकी संयोजक अन्जु श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पर्साका प्रहरी नायब उपरीक्षक मानबहादुर राई, सेन्टरकी अध्यक्ष चन्चला दास लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

पार्कमा ३५ वटा विभिन्न समानको परीकार समाग्री बेच्नको लागि राखिएको थियो । कार्यक्रममा बालबालिका तथा स्थानीय कलाकारहरुले आफना प्रस्तुती राखेका थिए भने कार्यक्रमको सहजीकरण सबनम श्रेष्ठले गरेकी थिईन ।

वीपिसिको बार्षिक कार्यक्रम अन्तर्गत विभिन्न प्रतियोगिता सुरु

वीरगंज, १० पुस ।
वीरगंज पब्लिक क्लेज वीगंज पर्साको बार्षिक कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरु मंगलबार देखी सुरु भएको छ । बार्षिक कार्यक्रमको पहिलो दिन मिनी मैराथन, टिटी, क्यारेम बोर्ड र ड्रोइङ्ग प्रतियोगिता सम्पन्न भएको छ । मैराथनमा छात्र तर्फ कक्षा ११ का प्रदिप तिवारी प्रथम, १२ का विनय राउत द्वितिय, बिबिएस तेस्रो बर्षका श्रीराम प्रसाद कुशवाहा तृतिय भएका छन ।

यस्तै छात्रा तर्फ कक्षा १२ की श्रीयांका कुमारी प्रथम, ११ की उषा कुमारी साह द्वितिय र बिबिएस तेस्रो बर्षकी सलमा खातुन तृतिय भएका छन । वीरगंजको घण्टाघरबाट शुरु भएको मैराथन माईस्थान, बिर्ता मंन्दिर, घडिअवर्वा, कैलाश होटल, टाउनहाल हुदै आदर्श स्कुलमा पुगी सम्पन भएको थियो । मैराथन प्रतियोगिताको उदघाटन प्रदेश नं. २ का ट्राफिक प्रहरी प्रमुख किरण ब्रम्चार्यले गरेकी थिइन ।

bps game-kaliakatimesटेवल टेनिस प्रतियोगितामा विपेश श्रेष्ठ प्रथम, गारौ अर्गवाल द्वितिय, रोनिस अचार्य तृतिय भएका छन । कैरम वोर्ड प्रतियोगितामा अंशु सरार्फ प्रथम, किरण साह द्वितिय र रोमा चौरसिया तृतिय भएका छन । यस्तै डोरोइङ्ग प्रतियोगितामा निशा सरार्फ प्रथम, राजन कुमार महतो द्वितिय र आदर्श गुप्ता तृतिय भएको क्लेजका प्रोफेसर बासुदेव कर्णले जानकारी दिए ।

बार्षिक कार्यक्रम अन्तर्गत क्रिकेट प्रतियोगीता भोली कलैयाको सिद्धेश्वर माबिको ग्राउन्डमा हुने, फुटबाल परवानीपुरमा, सांगीतीक आईडल ३ आदर्शनगर स्कुल बिगंजमा एथेलेटिक्स, टिटी, कैरियर, आर्ट डा्रेईन्ग लगायतका कार्यक्रम हुने प्रोफेसर कर्णले बताए । बिपीसी रन फौर नो एसिडेन्ट, नो डैमेज र शिक्षा संग खेलकुद चौतर्फी विकास गर्ने उदेश्यका लागी कार्यक्रम गरिएको कर्णले बताए ।

जन्मदिनको अवसरमा आश्रमलाई दराज तथा भाडाकुडा सहयोग

वीरगंज, १० पुस ।
भन्सार एजेन्ट महासंघका केन्द्रिय सदस्य मनोज राउत कुर्मीले मंगलबार आफ्नो ४४ औं जन्मदिन मानव सेवा आश्रम वीरगंजमा मनाएका छन । कुर्मीले आश्रममा रहेका वृद्धवृद्धा तथा युवायुवतीहरुलाई विहानको खाना खवाउनुको साथै आश्रमलाई स्टील दराज र भाडाकुडा दिई जन्मदिन मनाएका हुन ।

विगतका बर्षमा घरमा नै जन्मदिन मनाउदै आएका कुर्मीले यस बर्ष आश्रममा मनाएकोल खुसी महसुस भएको वताए । जन्मदिन कार्यक्रम नेपाली कांग्रेसका महमद साहबुदिन, दिलिप राज कार्की, रिपोर्टस क्लबका कन्हैया गुप्ता लगायतका कुर्मीका परिवारका सदस्यहरुको सहभागिता रहेको थियो ।

जन्मदिन कै अवसरमा कुर्मीले आश्रमलाई रु ६ हजार नगर पनि सहयोग गरेका छन भने प्रत्य महिना एक हजार सहयोग गर्ने समेत प्रतिवद्धता जनाएका छन ।

बस दुर्घटनामा मृत्यु भएका विद्यार्थीहरूको सम्झनामा नेवि संघद्वारा दिप प्रजवलन

वीरगन्ज, ९ पुस ।
दाङमा भएको बस दुर्घटना परि मृत्यु भएका विद्यार्थीहरूको सम्झनामा सोमबार वीरगन्जमा दिप प्रजवलन गरिएको छ । नेवि संघ, पर्साको आयोजनामा वीरगंजको घण्टाघरमा दिप प्रजवलन गरिएको हो । मृत्यु भएका विद्यार्थीहरुको आत्माको चिर शान्तिका लागि दिप प्रजवलन गरिएको नेविसंघ पर्सा बिश्वास द्विवेदिले वताए ।

श्रद्धाञ्जली सभा तथा दिप प्रजवलन कार्यक्रममा नेपाली कांग्रेस पर्साका जिल्ला सचीव श्याम पटेल , महम्मद सहाबुदिन, नेवि संघका केन्द्रिय सदस्य शुधिर पटेल , बद्री तिवारी, विद्यार्थी नेता विश्वास द्विवेदी, वीरगन्ज महानगरपालिका कार्यसमितिका कोसाध्यक्ष सुशील खेतान, तरुण दल पर्साका उपाध्यक्ष कालू सिंह, जिल्ला सचीव विवेक चौरसिया , विद्यार्थी नेता रोशन सिंह , बिबेक गुप्ता , जितेन्द्र मिश्रा , मुन राज तिवारी , कृष्ण उपाध्याय , सन्जिव मिश्रा, इङ्रासन यादव, रुद्र हलदार, सुरेन्द्र लामिछाने लगायतकाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा एक मिनेट मौन धारण गरि सम्बेदना प्रकट समेत गरिएको थियो । गत शुक्रबार बान्केको दाङमा विद्यार्थीहरु पिकनिकबाट घर फर्किदा बस दुर्घटना भएको थियो ।

दुर्घटना न्यूनिकरणका लागि सडक सुरक्षा सप्ताह सुरु

पर्सा : सवारी दुर्घट्ना न्युनीकरण सम्बन्धी सडक सुरक्षा सप्ताह सोमबारदेखि वीरगंजमा सुरु भएको छ । सवारी साधनको पछाडीको भागमा रातमा टल्कीने (रिफ्लेक्टीभ) स्टीकर टाँसेर अभियानको औपचारीक सुरुवात गरिएको हो ।

ट्राफिक सचेतनाले मात्रै दुर्घटना न्यूनिकरण हुने भएकाले सडक सुरक्षा सप्ताह सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख राजकुमार सिंहले बताउनुभयो । अभियानको दोस्रो दिन मंगलबारबाट भने सवारी साधनमा हुस्सु लाग्दा आवश्यक पर्ने फग लाईटक र सवारीको यान्त्रीक अवस्था चेक गर्नुका साथै सवारी साधनको लाईसेन्स ब्लुबुक जाँच गर्ने कामलाई तिब्रता दिने उहाँले बताउनुभयो ।

यस्तै चारचक्के सवारी साधनको क्याबीन तथा वालहरुमा अनावश्यक रुपमा राखिएका लाईट, विभिन्न खाले उत्तेजक पोस्टर तथा फुलमाला पनि हटाउने सिंहले जानकारी दिनुभयो ।

यस्तै सवारी साधनको प्रेसर हर्नमा रोक लगाउने, बजारका विभिन्न स्थानमा ट्राफिक चिन्ह राख्ने, सवारी साधनमा तोकिएको आरक्षण सिटको प्रयोगमा व्यापकता ल्याउनुका साथै क्षमता भन्दा बढि यात्रु तथा मालसामान ओसार पसार गर्ने सवारीलाई कारवाहि गर्ने जस्ता कार्यक्रम गरिने उहाँले बताउनुभयो ।

साथै महानगरपालिकासँगको समन्वयमा आवश्यक पार्किङको व्यवस्था मिलाउनुका साथै पार्किङमा राखिने सवारी साधनलाई व्यवस्थीत गरिने तथा सडक र फुटपाथका अतिक्रमण हटाउने र सफा राख्ने काम पनि गरिने सिंहले प्रष्ट पार्नु भयो ।

पहिलो चरणमा ट्राफिक सम्बन्धी सचेतना कार्यक्रम गर्ने र त्यसबाट पनि सडक दुर्घटना न्यूनिकरण तथा सवारी आवागमनमा सुधार नभए ट्राफिक नियम अटेर गर्नेहलाई कारवाहिको प्रकृयामा लगिने ट्राफिक प्रमुख सिंहले चेतावनी दिनुभयो ।

यस्तै वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्म भुषालले यही पुस १७ गतेदेखि वीरगंजमा सवारी हर्न निषेध गर्न लागिएको जानकारी दिनुभयो । जथाभावि बजाइने हर्नले ध्वनी प्रदुषण बढ्ने तर हर्न बजाउँदैमा दुर्घट्नामा कमी नआउने भएकोले हर्नलाई पुर्ण रुपमा निषेध गर्न लागिएको उहाँले बताउनुभयो ।

कार्यक्रमको पहिलो दिन प्रदेश ट्राफिक कार्यालय पथलैया बाराका प्रहरी उपरिक्षक किरण बज्राचार्य, स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी तथा सम्बन्धित सरोकारवालाहरुले वीरगंजलाई व्यवस्थित बनाउन अभियानले सहयोग पुग्ने धारणा व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समिति सर्वसमत गठन

जितेन्द्र यादव /
छिपहरमाई, ९ पुस ।
पर्साको छिपरहमाई गाउँपालिकाको वडा नं. १ मा रहेको श्री ने.रा.प्रा.वि. देवी स्थान बघमरी, मिर्जापुरको विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।

विद्यालयका प्रअ कपिलेशवर उपाध्यायको अध्यक्षतामा र गाउँपालिकाका शिक्षा संयोजक मुक्ति प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा भएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।

रामबाबु प्रसाद गुप्ताको अध्यक्षतामा सर्वसमत गठन भएको समितिमा रिना देवी राम, मिनता देवी यादव रहेका छन । यस्तै अभिभावक शिक्षक संघको अध्यक्षमा मोतिलाल प्रसाद यादव चयन भएका छन

विद्यालय प्राङ्गमा आइतबार भएको अभिभावक भेलामा वडा अध्यक्ष राजबली राउतको समेत उपस्थिती रहेको थियोे ।

सिप प्रवद्धनका लागि पैरवी तथा क्षमता विकास ३ दिने कार्यशाला वीरगंजमा सुरु

पर्सा, ९ पुस ।
प्रारम्भिक कक्षाका बालबालिकाहरुको पठनपाठन सिप प्रवद्धनका लागि वीरगंजमा ३ दिने पैरवी तथा क्षमता विकास कार्यशाला सोमबार सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ, पर्साको आयोजनामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत भिस्वा होटल वीरगंजमा कार्यशाला सुरु भएको हो ।

कार्यशालाको जिल्ला समन्वय समिति, पर्साका सह संयोजक ठाकुर न्यौपाने उदघाटन गर्नु भएको थियो । उदघाटन समाहरोहमा वोल्दै सह संयोजक न्यौपानेले कार्यक्रमबाट बालबालिकाहरुको पठनपाठन सिप प्रवद्धन हुने वताए ।

शिक्षा विकास तथा समन्वय इकाइका संयोजक कृष्ण प्रसाद सिंगदेलको अध्यक्षतामा भएको कार्यशालाको उदघाटनमा वीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, ईजिआरपी केन्द्रिय कार्यालयका उदय कार्की, राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका जिम्मेवार व्यक्ति हरि प्रसाद कुर्मी लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यशालामा पर्साका स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृत, शिक्षा शाखा प्रमुख, गैसस महासंघका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।

अन्तराष्ट्रिय मैथिली सम्मेलनको निष्कर्ष : प्रदेश नं. २ को कामकाजी भाषा मैथिली हुनुपर्छ

जनकपुरधाम :  १६ औं अन्तराष्ट्रिय मैथिली सम्मेलनले १० बुँदै जनकपुर घोषणा–पत्र जारी गर्दै सकेको छ । प्रदेश १ र २ मा प्रदेश स्तरको र स्थानीय तहको सरकारी, अर्धसरकारी गैरसरकारी कार्यालयहरुमा मैथिलीलाई कामकाजी भाषा घोषणा गर्नुपर्नेसहितका १० बुंदे घोषणा पत्र जारी गरेको हो ।

नेपालको विद्यालयहरुमा पाठयक्रममा प्रारम्भिक वालशिक्षा केन्द्रदेखि लिएर कक्षा १२ (माध्यमिक तह)सम्म १ सय पुर्णाङ्कको एउटा पत्र मातृभाषा अनिवार्य राखियोस्, प्रारम्भिक बालशिक्षादेखि लिएर कक्षा ५ सम्म अनिवार्य रुपमा मातृभाषा माध्यमबाट शिक्षण र विद्यार्थी मुल्यांकन व्यवस्था गर्नुपर्ने, मैथिली भाषा संरक्षण र सम्वद्र्धनका लागि मैथिली एकेडमीक स्थापना गर्नुपर्ने घोषणा–पत्रमा उल्लेख छ ।

साथै मैथिली भाषामा पत्रकारिता गर्नेहरुलाई बृत्ति विकासको व्यवस्था गर्नुका साथै छापा तथा विद्युतिय संचार माध्यमहरुको राजकीय संरक्षण भेट्नुपर्ने आवाज पनि उठाएको छ । लोकसेवा आयोगसहित सबै सेवा आयोगमा परीक्षा माध्यममा मातृभाषा मैथिलीको मान्यता दिनुपर्ने, संविधानमा व्यवस्था गरिएको भाषा आयोगलाई पुर्णता दिएर मैथिली भाषाको विज्ञ समानुपातिक रुपमा समावेश गर्नुपर्ने, यस क्षेत्रको पर्यटकीय विकासका लागि मिथिला पर्यटन सर्किटको निर्माण गर्नुपर्ने र प्रदेश स्तरमा शोधकेन्द्रको स्थापना र मैथिली शोधवृत्तिको व्यवस्था हुनुपर्ने माग पनि गरिएको छ ।

यस्तै संविधानमा एउटा अनुसूची बनाएर नेपालको समृद्ध भाषाहरुको सूचिकृत गर्नुपर्ने माग पनि घोषणपत्र मार्फत गरेको छ ।सम्मेलनको अन्त्यमा साहित्यकार अशोक दत्तले उद्घाटन सत्रमा अभिव्यक्त विचार, विचार गोष्ठी सत्रमा प्रस्तुत कार्यपत्र र भएको टिकाटिप्पणीको आधारमा घोषणापत्र जारी गरेको बताए । घोषणपत्रमा साहित्यकार दत्त, हिमांशु चौधरी, देवेन्द्र मिश्र, सम्मेलन संयोजक रामभरोस कापडी र महासचिव वैद्यनाथ चौधरीको हस्ताक्षर छ । जनकपुरटुडे

मुश्लिम अगुवाहरुलाई शिक्षामा जोड दिन मुख्यमन्त्री राउतको आग्रह 

जनकपुरधाम, ९ पुष ।

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले मुश्लिम अगुवाहरुलाई बालबालिकाको शिक्षामा जोड दिन आग्रह गर्नु भएको छ । अलहुदा एजुकेशन एण्ड वेलफेयर सोसाइटीले आयोजन गरेको तीन दिवसीय प्रशिक्षण कार्यक्रमको समापन समारोहमा मुख्यमन्त्री राउतले मुस्लिम समुदायको समाजिक, राजनीति र आर्थिक उन्नयनका लागि बालबालिको शिक्षामा जोड दिनु पर्ने बताउनु भयो ।

उहाँले प्रदेश सरकार सबै जात समुदायको अधिकारको रक्षाको लागि प्रतिबद्ध रहेको उल्लेख गर्नु हुँदै राज्यले प्रदान गर्ने अधिकार प्राप्त गर्न समेत शिक्षा आवश्यक रहेको तर्फ अगुवाहरुलाई सचेत गराउनु भयो । प्रदेश सरकारले ल्याउन लागेको मदरसा बोर्डले इस्लामिक शिक्षाको साथै आधुनिक शिक्षाको पनि ज्ञारेन्टी गरेको हुँदा विधेयक पारित भए पछि मदरसामा अध्ययन गर्ने छात्र छात्राहरु समेत राज्यको मुलधारमा समाहित हुने उल्लेख गर्नु भयो ।

अब्दुला जोलमको अध्यक्षतामा भएको समापन समारोहमा पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारी लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए । योग्य शिक्षक उत्पादन गर्ने उद्देश्यले आयोजन गरिएको तालिममा मुलुकको विभिन्न मदरसामा अध्ययनरत ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

क्लेज जादै गरेकी किशोरी माथी छुरा प्रहार

पर्सा, ९ पुस ।
पर्साको पर्सागढी नगरपालिकामा एक किशोरी माथि छुरा प्रहार भएको छ । पर्सागढी नगरपालिकाको वडा नं. १, बागवानाकी सकुन्तला कुमारी चौधरी माथी सोमबार विहान क्लेज जाने क्रममा छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

पर्सागढी न.पा. २ मा रहेको श्री जनता उच्च मा.वि. बडनिहारमा कक्षा ११ मा अध्ययनरत छात्रा शकुन्तला माथी क्लेज जाने क्रममा भटनी गाउँका राजेश चौधरीका २० बर्षिय छोरा राजकिशोर चौधरीले छुरा प्रहार गरेका हुन । राजकिशोरले राखेको प्रेम प्रस्ताव अस्वीकार गरे पछि शकुन्तला माथी छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

राजकिशोर शकुन्तलालाई पटक पटक प्रेम प्रस्ताव स्वीकार गर्न दवाव दिदै आएका थिए । छुरा प्रहराले घाइते भएकी सकुन्तलाको नेशनल मेडिकल क्लेज शिक्षण अस्पताल वीरगंजमा उपचार भइरहेको छ । छुरा प्रहारले शकुन्तलाको शरिरको विभिन्न भागमा चोट लागेको छ ।

छुरा प्रहार गर्ने राजकिशोरलाई प्रहरीले पक्राउ गरिआवश्यक कर्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पठाएको छ । यता छुरा प्रहारको घटनामा संलग्नलाई हदै सम्मको कर्वाहीको माग गर्दै स्थनिय महिलाहरुले मानवा प्रहरी चौकी अगाडी प्रदर्शन गरेका छन । आक्रोशिक महिलाहरुले मनवा प्रहरी चौकीको कम्पाउण्ड वाल समेत भत्कादिएका छन ।